पत्रपत्रिका

तनहुँको ‘कर्णाली’: न बिजुली, न मोवाइल नेटवर्क !
सुवास पण्डित ११ मंसिर, तनहुँ । ‘सधैं जनतालाई झुक्याउने, चुनाव आउँदा मात्रै यसो गरिदिन्छु, उसो गरिदिन्छु भनेर भोट माग्न आउँछन् तर चुनाव सकिएपछि एकपटक पनि फर्किएर आउँदैनन्’ तनहुँको देवघाट गाउँपालिका-३ का स्थानीय युवा सुकबहादुर गुरूङ, आफ्नो ठाँउमा भोट माग्न पुगेका उम्मेदवारमाथि आक्रोश पोख्दै थिए । तनहुँको दमौलीबाट घुमाउने जाने वुद्धसिंह मार्गमा पर्ने सराङघाटमा जान एक...
नौ जिल्लामा बम आतंक
मंसिर १०, २०७४-गृह मन्त्रालयले शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न भएको जनाएको छ । निर्वाचन पूर्व देशैभरी नेत्रबिक्रम चन्द विप्लब समूहले उम्मेदवार केन्द्रित श्रृंखलाबद्ध विस्फोटका घटना बढाएपछि गृहले निर्वाचन सुरक्षाको व्यवस्था कडा गरेको थियो । गृह मन्त्रालयले सुरक्षाका कारण कतैपनि मतदान प्रभावित नभएको, उम्मेदवार र मतदातामाथि सांघातिक आक्रमण नभएको जनाएको छ । गृहका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले प्रभावकारी...
भयानक आतंककारी हमला, कम्तिमा २३५ को मृत्यू
इजिप्ट—उत्तरी इजिप्टको सियानी क्षेत्रको एउटा सुफी मस्जिदमा भएको आक्रमणमा कम्तिमा २३५ जनाको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय मिडियाका अनुसार घटनामा १०९ भन्दा बढी घाइते भएका छन्। इजिप्टको भूमिमा भएको यो नै अहिलेसम्मको सबैभन्दा भयानक आतंककारी हमला भएको स्थानीय मिडियाले उल्लेख गरेका छन्। मस्जिदभित्र शुक्रबारको प्रार्थना भइरहँदा पहिला दुई वटा ठूला बम विस्फोट भएका थिए। त्यसपछि हतियारधारीले फायरिङ...
डेढ वर्षभित्र फेवातालदेखि सराङकोटसम्म केवलकार निर्माणको सम्झाैता
अमृत सुवेदी ६ मंसिर, पोखरा । फेवाताल किनार सेदी बगरदेखि सराङकोटसम्म केबलकार निर्माणका लागि मंगलबार निर्माण सम्झौता भएको छ । आवश्यक प्रक्रिया सकिएर बुधबार निर्माण सम्झौता भएको हो । अन्नपूर्ण केबलकार प्रालिका अध्यक्ष कालु गुरुङ र केबलकार निर्माणको जिम्मा पाएको चितवन कोइ कम्पनीका राजेशबाबु श्रेष्ठले निर्माण सम्झौतामा हस्ताक्षर गरेका छन् । अब डेढ वर्षभित्र सबै...
हृदयाघात के हो ? किन हुन्छ जवानीमै हृदयाघात ?
काठमाडौं – शहीद गंगालाल हृदय केन्द्रमा हृदयाघात (हर्ट अट्याक)का बिरामी दिनहुँजसो आउँछन्। अधिकांश ४० वर्षमाथिका हुन्छन्। तर, करिब सात महिनाअघि अस्पतालको इमर्जेन्सीमा २० वर्षका एक युवालाई ल्याइयो। हृदयाघात भएरै ल्याइएका उनको केन्द्रका सिनियर कन्सलटेन्ट कार्डियोलोजिष्ट डा यादवदेव भट्टले सफल शल्यक्रिया गरे। ‘डाक्टरी पेशाका क्रममा मैले हजारौँ हृदयाघातका बिरामीको उपचार गरें’, डा. भट्टले भने, ‘तर त्यो सबैभन्दा कम...
पाँच तहमा तोकिन्छ तरकारीको मूल्य
राजु चौधरी मंसिर ६, २०७४-कृषकबाट उपभोक्तासम्म आइपुग्दा तरकारीको मूल्य पाँच तहमा तोकिने गरेको भेटिएको छ ।  आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले तयार पारेको ‘मूल्य विश्लेषण प्रतिवेदन’ मा यस्तो पाँच तह पहिल्याइएको हो । प्रतिवेदनअनुसार उत्पादक, स्थानीय मध्यस्थकर्ता, ठूला थोक बिक्रेता, साना थोक बिक्रेता र खुद्रा बिक्रेता गरी पाँच तहमा मूल्य निर्धारण हुँदै उपभोक्तासम्म...
विद्रोही दाहाल–भट्टराईको त्यो काठमाडौं उडान
प्रशान्त लामिछाने  प्रधानमन्त्री निवास वालुवाटारमा २०६३ असार २ गते अन्य दिनभन्दा छुट्टै चहल पहल र उत्सुकता थियो । प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला दुई विद्रोही नेताको तिब्र प्रतिक्षमा बसेका थिए। जनआन्दोलन ०६२–०६३ को सफलतापछि विद्रोही माओवादीसँग शान्ति प्रक्रिया सुरु हुँदैथियो । शान्ति प्रक्रियाबारे छलफल गर्न तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता डा. बाबुराम भट्टराई...
गौचनको हत्यामा आपराधिक सञ्जालको हात
काठमाडौं, २८ कात्तिक । राजधानीको मुटु नयाँ बानेश्वरमा करिब एक महिनाअघि भएको निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको सनसनीपूर्ण हत्यामा संगठित आपराधिक सञ्जालको संलग्न रहेको प्रहरीले फेला पारेको छ । व्यवसायीबाट पैसा असुल्ने उद्देश्य पूरा नभएपछि हत्याको योजना बनाएको र हत्या योजनाकार नेपाल बाहिर रहेको पनि प्रहरीले खुलासा गरेको छ । हत्या योजना कार्यान्वयन गर्न...
रिले अनशन : ‘पृथ्वीचोकमा शालिक राख्नै परेमा पृथ्वीनारायण शाहको राख’
पोखरा, १६ कार्तिक / पृथ्वीनारायण शाहको शालिक पुनस्र्थापना संघर्ष समितिको आयोजनामा बुधबारदेखि रिले अनशन सुरु भएको छ । पृथ्वीचोकमा लखन थापाको शालिक स्थापना गरिएकोमा त्यसो नगर्न भन्दै महानगर कार्यालयको गेटै नजिक बिहान ९ नै बजेदेखि अनशन सुरु गरेका हुन् । पृथ्वीनारायण शाहको शालिक पुनस्र्थापना संघर्ष समितिका प्रतिनिधि, विश्व हिन्दू महासंघ कास्की, स्थानीय आमा समूहका प्रतिनिधि तथा...
पोखराको पालिखे चोक चौडा पार्ने कसरत : चुनावअघि नै महानगरले निकास खोज्ने, जग्गाधनी सर्न तयार
पोखरा, १५ कार्तिक / बाटा र चौबाटा चौडा पार्ने अभियानमा लागेको पोखरा महानगरपालिकाले पालिखेचोक(साँघुको मुख)फराकिलो पार्ने कसरत जारी राखेको छ । यसका लागि सरोकारवाला घरजग्गाधनीसँग निरन्तर संवाद भइरहेको महानगरपालिकाको तर्फबाट संयोजनसहित निकास पहिल्याउने जिम्मेवारी पाएका वडा नम्बर ४का अध्यक्ष शंकरप्राद बास्तोलाले बताए । उनका अनुसार प्रदेश र संघीय चुनावअघि नै समस्या समाधान गर्नेगरी महानगर लागिपरेको...
कास्कीमा काँग्रेसबाट कसले पाए टिकट ? एमाले र माओवादीले उम्मेदवार टुंग्याए
पोखरा, कार्तिक १५ । आगामी मंसिर २१ गते हुने दोश्रो चरण अन्तर्गतको चुनावका लागि कास्कीमा उम्मेदवार टुंगो अन्तिम चरणमा पुगेको छ । नेपाली काँग्रेसले मंगलबार क्षेत्र नम्बर १ को मात्रै उम्मेदवार टुंग्याएको छ । प्रतिनिधीसभामा कानुन मन्त्री समेत रहेका सांसद यज्ञ बहादुर थापा उम्मेदवार बनेका छन् । दुवै संविधानसभामा उम्मेदवार बनेका थापा २०६४ मा पराजीत बनेका...
अनैतिक कार्यपछि भाइ हत्या आरोपी किशोरीको हिरासतभित्र हत्या कि आत्महत्या ? पैताला र जिउमा कसरी निलडाम ?
 ‘प्रियङ्काको शवको पैतालामा रातो डामहरु पायौँ। शरीरमा पनि डामेका दागहरु छन्।’ सिरहामा प्रहरी हिरासतमा बालिकाले झुण्डिए आत्महत्या गरेको घटनाले राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण भएको छ । आयोगको टोलीले सोमबार घटनाबारे मृत शरिर, इलाका प्रहरी कार्यालय विष्णुपुर कार्यालयको हिरासत अनुगमन गरेको छ । प्रहरी नायब निरीक्षक शिब नारायण यादवले आफ्नै कार्यालय भित्र भएको घटनाबारे समेत...