पत्रपत्रिका

युवा बेरोजगार भत्ता माग गर्दै नेविसंघ
काठमाडौं – युवा बेरोजगार भत्ता व्यवस्थाको माग गर्दै नेपाल विद्यार्थी संघले प्रधानमन्त्री शेरबहादुर देउवासामु आठ बुँदे ज्ञापन पत्र बुझाएका छन् । सोमबार नेविसंघका अध्यक्ष नैनसिंह महरको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर संविधान–२०७२ को भाग ३ को धारा ३५ ले व्यवस्था गरेको मौलिक हकअन्तर्गत नियमित विद्यार्थीलाई निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गर्न माग गरेको हो...
कसरी वित्छ प्रथम राष्ट्रपतिको दैनिकी ?
अमृत सुवेदी १९ पुस, पोखरा । गणतन्त्र नेपालको प्रथम राष्ट्रपति बन्ने सौभाग्य पाएका डा. रामवरण यादवलाई न यहाँसम्म आउन गरेका दुःखको सुस्केरा काढेर बस्नु छ, न राजनीतिक जीवनका उकाली ओराली सम्झेर आलापित हुनु छ ।असजिलो गरी बितेका बाल्यकाल, दुःख र संघर्षले डाक्टरी पढ्दाको समय र राजनीतिमा हाम फाल्दाको बखतले नोस्टाल्जिक त बनाउँछ । तर, त्यही...
कांग्रेसले वाम गठबन्धनलाई भन्योः गैरसंवैधानिक काम गर्न निर्वाचन आयोगलाई दबाब नदेऊ
सत्तारुढ नेपाली कांग्रेसले गैरसंवैधानिक काम गर्न निर्वाचन आयोगलाई दबाब नदिन वाम गठबन्धनलाई आग्रह गरेको छ । मंगलबार बसेको कांग्रेस शीर्ष नेताहरुको बैठकले राष्ट्रियसभा गठनपछि मात्र प्रतिनिधिसभाले पूर्णता पाउने ठहर गरेको छ । ‘हामीले प्रधानमन्त्री एवं पार्टी सभापतिलाई राष्ट्रिय दलका शीर्ष नेताहरुसँग परामर्श गर्नुस् र राष्ट्रियसभा निर्वाचन अविलम्ब तोक्नुस् भनेका छौं’ कांग्रेस नेता बालकृष्ण खाँडले अनलाइनखबरसग...
नयाँ वर्ष मनाउने अचम्मको तरीका, पढ्दा सवै दंग
नयाँ वर्ष आ-आफ्नो समय तथा संस्कार अनुसार पूरै विश्वभर एक उत्सव तथा पर्वको रुपमा मनाइन्छ । विश्वका देशहरुले आ आफ्नो तिथिमिति तथा परम्परा अनुसार नयाँ पर्वलाई उत्सवको रुपमा मनाउँछन् । नयाँ वर्ष मनाउने केही संस्कार निकै अनौठा छन् । इटालीमा एउटा भनाई निकै प्रचलित छ, ‘आउट विथ दी गोल्ड’ अर्थात् बाहिर फ्याँक्नुभन्दा राम्रो केही छैन...
आतंकवाद र गोलाबारी नरोकिएसम्म पाकिस्तानसँग क्रिकेट नखेल्ने भारतको घोषणा
नयाँ दिल्ली – भारतले सीमापार आतंकवाद र गोलाबारी नरोकिएसम्म पाकिस्तानसँग क्रिकेट नखेल्ने घोषणा गरेको छ। सोमबार संसदीय प्यानलको बैठकमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले भारतविरुद्ध आतंक फैलाउने र सैनिकमाथिको फायरिंग बन्द नगरेसम्म दुई देशबीच क्रिकेट सिरिजको कुनै सम्भावना नभएको जानकारी दिइन्। उनले भारत–पाकिस्तानबाहेक अन्य देशमा पनि भारतले नखेल्ने स्पष्ट पारिन्। ‘जबसम्म पाकिस्तान आतंकवादीको सफाया र सीमापार...
मध्यरातमा धम्क्याएर बलात्कार ,तीन पक्राउ
आरपी सुवेदी १७ पुस, नेपालगञ्ज । नयाँ वर्ष मनाउन साथीसँग होटलमा पुगेकी एक युवती बलात्कृत भएकी छन् । यो विवादमा सीता एयर नेपालगञ्जका स्टेशन म्यानेजर मनोज गिरी भारती पनि मुछिएका छन् । सुर्खेत घर भएका मनोज लामो समयदेखि सुर्खेतरोडस्थित होटल सिग्नेटमा बस्दै आएका थिए । उनले बेलाबेला एयरलाइन्सका कर्मचारीलाई पनि होटलमा राख्ने गरेका थिए ।...
इपिएल फाइनलमा दर्शक खचाखच
काठमाडौँ – एभरेष्ट प्रिमियर लिग(इपिएल)को फाइनल खेल हेर्न किर्तिपुरस्थित त्रिवि मैदानमा दर्शकको घुइचो लागेको छ। विराटनर वारियर्स र भैरहवा ग्लाडियट्रर्सको खेल हेर्न  देशभरबाट धेरै मानिसहरूको उपस्थिति रहेको छ । खेलको पहिलो इनिङ सकिँदा विराटनगरले भैरहवालाई १५० रनको चुनौति दिएको छ। टस जितेर पहिले ब्याटिङमा उत्रेको विराटनगरले ७ विकेटको क्षतिमा १४९ रनको योगफल तयार पार्‍यो। अहिले...
सफल बन्न मन छ किन छैन ? छ भने यसो गरौं
यस्तो छ सफलताको सूत्र, जसले पुर्याउछ तपाईलाई लक्ष्यमा । जीवन बाँच्नका लागि रोटी, कपडा र घर आवश्यक हुन्छ तर एउटा अर्को कुरा पनि जरूरी हुन्छ। के होला त्यो ? सफलता नै त्यो आवश्यक चीज हो जसले जीवनलाई पूर्णता दिन्छ । तपाईं सफल भएर नै आफ्नो फरक लक्ष्य बनाउन सक्नुहुन्छ । संसारमा दुईथरी मानिस छन् : सफल...
चुनावी समीक्षा गर्न छिट्टै बैठक : प्रधानमन्त्री
पुस १४, २०७४ – नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावी समीक्षा गर्न छिट्टै केन्द्रीय समिति बैठक बोलाउने बताउनुभएको छ । प्रदेशसभातर्फ समानुपातिक सदस्यको नाम टुङगो लगाउन आज बसेको केन्द्रीय कार्यसम्पादन समित बैठकलाई सम्बोधन गर्दै उहाँले प्रतिनिधि र प्रदेशसभा निर्वाचनबारे छिटै बैठक बोलाएर गम्भीर छलफल गर्ने आश्वासन दिनुभएको थियो । बैठकमा नेताहरुले निर्वाचनमा पार्टीले...
‘ब्ल्याक मनी’बाट लोकतन्त्रलाई खतरा : नेता चौधरी
रितेश त्रिपाठी वीरगन्ज – नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री सुरेन्द्र प्रसाद चौधरीले लोकतन्त्रलाई अबको खतरा भनेको ‘ब्ल्याक मनी’ (अबैध पुँजी)बाट भएको टिप्पणी गरेका छन् । काँग्रेसका पूर्व केन्द्रीय सदस्य, पूर्व पर्सा जिल्ला सभापति समेत रहेका उनी जिल्लाबाट ३ पटक सांसद बनिसकेका छन्। यसपालीको निर्वाचनमा निर्माण व्यवसायी हरिनारायण रौनियारबाट पराजित भएपछि कुनै पनि प्रतिक्रिया नदिएका चौधरीले...
प्रहरीले नै लगाए आफ्नै कार्यालयमा आगो
केपी ढुंगाना काठमाडौं – सशस्त्र प्रहरी बलको हेडक्वाटरमा भएको आगलागी भ्रष्टाचार सम्बन्धी कागजपत्र नष्ट गर्न सशस्त्रको कर्मचारीले गराएको प्रहरी अनुसन्धानमा खुलेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको अनुसन्धानमा सशस्त्रको ढुवानी सम्बन्धी कागजपत्र जलाउन सशस्त्र प्रहरी हवल्दार रामकृष्ण श्रेष्ठले मट्टितेल छर्किएर आगो लगाएको खुलेको हो । महाशाखा प्रमुख एसएसपी दिवस लोहनीका अनुसार अनुसन्धानमा श्रेष्ठ आफैंले जानजान...
निमित्तको भरमा स्वास्थ्य मन्त्रालय, अझै कहिलेसम्म पत्तो छैन
दीपक दाहाल काठमाडौं- सामान्य प्रशासन मन्त्रालयले प्रक्रिया नथाल्दा तीन सातादेखि स्वास्थ्य मन्त्रालय सचिवविहीन छ । सचिव नियुक्ति हुन नसक्दा दैनिक प्रशासनिक कामबाहेक मन्त्रालयको महत्वपूर्ण निर्णयसमेत प्रभावित बनेको छ । स्वास्थ्य सचिव डा. किरण रेग्मीले मंसिर १८ देखि अनिवार्य अवकाश पाएकी हुन् । त्यसपछि मन्त्रालयमा कार्यरत चिकित्सकमध्येबाट डा. पुष्पा चौधरीले निमित्त सचिवको जिम्मेवारी पाएकी छन् ।...