समाचार

मगर विद्यार्थी संघ जनप्रियको अध्यक्षमा रसेल
पोखरा,२५ भदौ । नेपाल मगर विद्यार्थी संघ जनप्रिय बहुुमुखी क्याम्पसमा सम्पन्न अधिवेशनले रसेल राना मगरको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा प्रकाश घर्ति मगर, सचिवमा प्रिती मगर, सह–सचिवमा इशान पुनमगर र कोषाध्यक्षमा सुनिता आले मगर चयन हुनु भएको नेपाल मगर विद्यार्थी संघ गण्डकी प्रदेशका सदस्य डेक पुन मगरले जानकारी दिनुभयो। समितिको...
वीपी जयन्तीमा हेमजामा दिप प्रज्वलन
पोखरा, २४ भदौं । १०९ औं वीपी जयन्ती र ‘जनताको साथमा काँग्रेस’ अभियान अन्तर्गत शुक्रबार दिप प्रज्वलन गरिएको छ । नेपाली काँग्रेस कास्की प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं ३(क)ले पोखरा २५ हेमजास्थित पार्टी कार्यालयमा दिप प्रज्वलन कार्यक्रम गरेको हो । कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले प्रजातन्त्रलाई बल पुग्ने गरी काम गर्न...
मानव–वन्यजन्तुको द्वन्द्व बढ्दै
राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर, २३ भदौ(रासस) : शुक्लाफाँटा नगरपालिका–८ चुरेफेदीको गाउँ पिलरीफाँटाका हरपाल चौधरीले तीन वर्षदेखि बर्खे बाली भित्र्याउन पाउनुभएको छैन । जङ्गली जनावरले खेतबारीमा पसेर धान, मकैलगायतको बाली खाइदिन थालेपछि परिवार पाल्न अन्यत्र मजदुरी गर्न जानुपरेको छ । वन संरक्षणमा जोड दिइएपछि बिरलै देखिने वन्यजन्तु हाल खेतवारीमा देखिन थालेका छन् । एक विघा जग्गामा लगाएको...
कास्कीमा ‘जनताको साथमा काँग्रेस’ अभियान वडा केन्द्रीत
पोखरा, २१ भदौ । नेपाली काँग्रेसले शुरु गरेको प्रथम चरणको कार्यक्रम अन्र्तगत ‘जनताको साथमा काँग्रेस’ अभियानलाई कास्की काँग्रेसले वडा इकाइ केन्द्रित गरेको छ । कास्कीका ७२ वडा इकाइहरुमा केन्द्रित गरी एकै साथ अभियान शुरु गरिएको छ । वडा इकाइहरुमा मंगलवार छुट्टाछुट्टै कार्यक्रम गरी वडास्तरमा अभियान शुभारम्भ गरिएको हो । कार्यक्रमहरुमा जिल्ला, क्षेत्र, प्रदेश सभा, महानगरपालिका...
मङ्गलबार जिम्मेवारी टुङ्ग्याउने गरी सकियो कार्यदलको बैठक
काठमाडौँ, २० भदौ (रासस) :पाँच दलीय सत्तागठबन्धनको कार्यदलले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका लागि आफूलाई प्राप्त कार्यादेश मङ्गलबार टुङ्ग्याउने भएको छ । कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो १ बजेदेखि करिब पाँच घण्टा चलेको थियो । बैठकले चुनावी तालमेल र सिट बाँडफाँटका सम्बन्धमा आफ्नो काम मङ्गलबारसम्म टुङ्ग्याउने गरी...
भारतमा भएको बस दुर्घटनामा चार नेपालीको मृत्यु, १४ घाइते
खजुरा, १८ भदौ (रासस) :भारतको उत्तर प्रदेश बाराबङ्कीमा आज बिहान भएको सडक दुर्घटनामा चार नेपालीको मृत्यु हुनाका साथै १४ जना घाइते भएका छन् । नेपालगञ्ज सीमावर्ती बजार रुपैडियाबाट गोवा जान लागेको युपि३२पिटी ३९४४ नंको यात्रुवाहक बसलाई तीव्रगति आएको ट्रकले ठक्कर दिँदा सो घटना भएको हो । भारतीय प्रहरीका अनुसार डवलडेकरको बस बारबङ्की नजिकै टायर पञ्चर...
सकियो सराङकोटको तीज मेला
पोखरा, १६ भदौं । पोखरा – १८ सराङकोट आयोजित तीज मेला – २०७९ सकिएको छ । अन्नपूर्ण सामुदायिक विकास मञ्चले ‘लोक कला संस्कृतिको संरक्षण र पर्यटन प्रवद्र्वनमा हाम्रो अभियान’ भन्ने मूल नाराका साथ मेला आयोजना गरेको हो। । अन्नपूर्ण सामुदायिक मञ्चको प्राङ्गणमा भदौ १२ देखि १४ गतेसम्म चलेको मेला करिब चार हजार दर्शकले सहभागिता जनाएको...
चट्याङको आवाजले अझै झस्काइरहन्छ
रञ्जिता अधिकारी देउखुरी, १६ भदौ (रासस)ः तीजको रौनक जताततै थियो । तीजमा माइतीको घर आएका तथा गाउँकै रहेका महिला दिदीबहिनी जम्मा भएर दिउँसो गाउँको सालडाँडामा पुगेर नाचगान गरेर बेलुकी घर फकिँदै गर्दा चट्याङले दुई किशोरीलाई एकै चिहान बनायो । यही भदौ १३ गते मङ्गलबार (तीजको दिन) बेलुका घोराही–१२ गुरौँगाउँका १२ महिला, बालबालिका चट्याङमा परेका थिए...
सरस्वती कली र लोकतन्त्र कलीले बच्चा जन्माइन्
काठमाडौँ, १३ भदौ (रासस): पछिल्लो समय हात्ती संरक्षणमा चुनौती बढ्दै गएको अवस्थामा हात्ती संरक्षण र समग्र प्रकृति संरक्षणमा चासो राख्नेहरुका लागि खुशीको खबर छ । आइतबार एकै दिन दुई वटा हात्तीले एक/एक बच्चा जन्माएका छन् ।कोशी टप्पु वन्यजन्तु आरक्षमा रहेको सरस्वती कली नाम गरेको हात्तीले भाले र चितवन राष्ट्रिय निकुञ्जमा रहेको लोकतन्त्र कली नामक हात्तीले...
क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गर्ने पक्राउ
काठमाडौँ, १० भदौ (रासस) ःनेपाल प्रहरीले क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आकर्षक तलबमा क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गर्ने धनकुटा चौबिसे गाउँपालिका–५ घर भई हाल काठमाडौँको भीमसेनगोला बस्ने ३८ वर्षीय शान्तकुमार देवानलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । कार्यालयका सूचना अधिकृत...
साहसी आमा : जसले चितुवाको मुखबाट छोरा खोसिन्…
तनहुँ, ८ भदौ (रासस) :तनहुँको बन्दीपुर गाउँपालिका–१ बानियाटारमा बुधबार साँझ सुवास परियारका तीन वर्षीय छोरा सुलभ परियारलाई चितुवाले आक्रमण गरी सख्त घाइते बनाएको छ । साँझ करिब ५ बजेको समयमा सोही ठाउँका हेमबहादुर रानाको खसीलाई चितुवाले आक्रमण गरेर घाइते बनाएपछि बालक परियारलाई समेत चितुवाले आक्रमण गरेको थियो । रानाले होहल्ला गरेपछि भागेको चितुवाले पुनः गाउँमा...
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
काठमाडौँ, ५ भदौ (रासस):नेपाली कांग्रेसले आज केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान १०ः३० बजे बस्ने बैठकमा पार्टी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनमा शोक प्रस्ताव पारित गर्ने बताइएको छ । समाजवादी चिन्तक गिरीको ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा क्यान्सर रोगको उपचारका क्रममा शनिबार राति ९.३० बजे निधन भएको...