समाचार

गिरीको नेतृत्वमा टेवानको नयाँ कार्यसमिति
पोखरा, १२ पुस । पर्यटन व्यवसायी महिला संघ नेपाल(टेवान) को पाँचौं साधारणसभा एवम् तेस्रो अधिवेशनले आगामी कार्यकालका लागि कमला गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा प्रभा सुवेदी, महासचिवमा अनिता खड्का भट्टराई, सचिवमा शोभा अधिकारी पौडेल, कोषाध्यक्षमा कमला गुरुङ रहनुभएको छ । समितिका सदस्यहरूमा ईश्वरी पौडेल, शान्ता तिमल्सिना, सरिता बराल क्षेत्री, शारदा...
गौरी गुरुङको एकल साँझ
पोखरा, १० पुस। पाँच दशक भन्दा बढी नेपाली लोक साँस्कृतिक क्षेत्रमा निरन्तर क्रियाशील ६५ वर्षीय वरिष्ठ नृत्य निर्देशक बुद्धिप्रसाद गुरुङ(गौरी)को शनिवार पोखरा सभागृहमा गौरी गुरुङ एकल साँझ भएको छ। नेपाली लोक सँस्कृति बचाऔं भन्ने मूल नाराका साथ क्रियाशील हिमाली साँस्कृतिक परिवारको रजत जयन्ती वर्षको सन्दर्भमा संस्थाका वरिष्ठ सल्लाहकार गुरुङको एकल साँझ भएको हो । आठ...
जनप्रिय बहुमुखी क्याम्पसमा पदस्थापना
पोखरा, ७ पुस । पोखराको जनप्रिय बहुमुखी क्याम्पसको नवौं अधिवेशनबाट निर्वाचित कार्यसमितिको बिहिबार पदस्थापना गरिएको छ । क्याम्पस सञ्चालक समितिको अध्यक्षमा निर्वाचित वीरेन्द्रनारायण बिजुक्छे सहित ११ जना सदस्यहरूमा अर्जुन श्रेष्ठ, रंगिला आचार्य, ध्रुवराज चालिसे, युवराज पराजुली, गणेशबहादुर अधिकारी, इन्द्रप्रसाद पौडेल, शोभामोहन पौडेल, नम्रता बराल, राजेन्द्र पहारी, विजयराज आचार्य र कृष्णप्रसाद पराजुलीको पदस्थापन गरिएको हो ।...
विद्यालय व्यवस्थापन समितिको उत्कृष्ट अध्यक्षका रुपमा पौडेल सम्मानित
पोखरा, २ पुस । पोखरा महानगरपालिका वडा नं ३२ निवासी समाजसेवी, शिक्षासेवी मेघराज पौडेल विद्यालय व्यवस्थापन समितिको उत्कृष्ट अध्यक्षका रुपमा सम्मानित हुनुभएको छ । कास्की जिल्लाभरबाट उहाँ उत्कृष्ट हुँदै सम्मानित हुनुभएको हो । उहाँ पोखरा ३२ स्थित गोगन माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष हुनुहुन्छ । माध्यमिक विद्यालय शैक्षिक कल्याणकारी कोषको ११ औ वार्षिक साधारण सभाको...
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल उडानयोग्य
–सिबी अधिकारी काठमाडौँ, १ पुस (रासस) ः पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडानयोग्य भएको छ । विमानस्थलमा हालै गरिएको यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ को प्रतिवेदन सकारात्मक आएसँगै सो विमानस्थल अन्तर्राष्ट्रिय उडानयोग्य भएको हो । अब विमानस्थल सञ्चालनका लागि अन्तिम तयारी समेत गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता जगन्नाथ निरौलाले यान्त्रिक परीक्षण...
जाजरकोटमा जीप दुर्घटना हुँदा नौ जनाको मृत्यु
–हेमन्त केसी जाजरकोट, २६ मङ्सिर(रासस) जाजरकोटमा आज जीप दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा नं ३ जेवाबाट वडा नं ४ को लेवातर्फ जाँदै गर्दा दशेराको बीचमा पर्ने भिरपाटी सडकबाट खस्दा नौ जनाको मृत्यु भएको स्थानीय रेशम खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार सो...
अचार बिक्रीबाट मनग्य आम्दानी
म्याङ्लुङ, २५ मङ्सिर (रासस) :सानो घर । सानै परिवार । आर्थिक अवस्था भने कमजोर । बिहान–बेलुकी हातमुख जोड्न ज्याला मजदुरीकै भर । घरमा उब्जाइएको कमाइले तीन महिना पनि धान्न मुस्किल । यी र यस्तै परिवारमा रहेकी तेह्रथुम छथर गाउँपालिका–५ ओख्रेकी वासुकला विश्वकर्माको पारिवार । विगत लामो समयसम्म गरिबीको पीडामा पिल्सिएको सो परिवारको राम्रो आम्दानीको स्रोत...
समानुपातिकतर्फको सिट बाँडफाँटसहित दलहरूलाई पत्र
काठमाडौँ, २१ मङ्सिर (रासस) :यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ सबै मतगणना सकिएपछि निर्वाचन आयोगले प्राप्त मत र भारका आधारमा प्राप्त गर्ने स्थान (सिट) सङ्ख्या निर्धारण गरी सम्बन्धित राजनीतिक दललाई आज पत्र पठाएइको छ । दलहरूलाई जवाफ पठाउन तीन दिनको समय दिइएको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका...
बेपत्ता दुईको शव फेला
नेपालगञ्ज, १८ मङ्सिर (रासस):बाँकेको राप्ती नदीमा बगेर बेपत्ता भएका दुई जनाको शव आज फेला परेको छ । बयर खान जङ्गल गएका दुवैजना राप्ती नदी तर्ने क्रममा शनिबारदेखि बेपत्ता थिए । राप्तीसोनारी गाउँपालिका–६ खल्लाटपरीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक रामबहादुर घर्तीले जानकारी दिनुभयो । मृत फेला पर्नेमा राप्तीसोनारी–६ डाँडाटपरीकी २२ वर्षीया...
हराएको बुद्धको मूर्ति ४८ वर्ष पछि भेटियो
धुलिखेल, ९ मङ्सिर (रासस) :काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ बाट २०३१ सालमा हराएको शाक्यमुनि बुद्धको मूर्ति राष्ट्रिय सङ्ग्रहालय छाउनीमा फेला परेको छ । हराएको उक्त मूर्ति अष्ठधातुबाट निर्मित भएको बही ज्ञानमाला भजन खलका अध्यक्ष नरेन्द्रनाथ श्रेष्ठले बताउनुभएको छ । बहिटोलबाट हराएको उक्त बुद्धमूर्ति आगामी बुधबार बाजागाजासहित स्थानियवासी र नगरपालिकाको संयुक्त पहलमा सोही स्थानमा प्रतिस्थापन गरिने बनेपा नगरपालिकाका...
जित्नेमा ढुक्क छु – किशोर
पोखरा, १ मंसिर । कास्की क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य उम्मेद्बार किशोरदत्त बरालले आफू निर्वाचन जित्नेमा ढुक्क भएको बताउनु भएको छ । ‘गठबन्धनको लहर बढेको छ, मतदाताले मलाई र मेरो वीचारलाई मन पराएको पाएँ उहाँले भन्नुभयो – त्यसैले निर्वाचन जित्नेमा म ढुक्क छु ।’ निर्वाचन क्षेत्रका मतदाताले उत्साह थपिदिएको र विजय गराउने आश्वासन...
उम्मेद्बार बरालको घरदैलो तथा मतदाता भेटघाट जारी
पोखरा, २६ कात्तिक । कास्की क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य उम्मेद्बार किशोरदत्त बरालले शनिवार घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई जारी राख्नु भएको छ । उहाँले शनिवार पोखरा १२ मा घरदैलो तथा मतदाता भेटघाट गर्नुभएको छ । उहाँले आइतबार पोखरा २७ मा घरदैलो तथा मतदाता भेटघाट गर्नु हुनेछ । ‘आफूप्रति मतदाता सकारात्मक भएको पाएँ,...