समाचार

दानवीरको दया पायो उदय माविले
पोखरा, ३ मंसिर । भूकम्पले जीर्ण थियो भवन । वर्षामा टिनबाट कक्षाकोठामै पानी चुहिन्थ्यो । तर अब विद्यालय भवनको मुहार फेरिएको छ । विद्यार्थी भूकम्प प्रतिरोधात्मक भवनभित्र बसेर पढेका छन् । शिक्षकलाई पनि आकास हेरेर पठन पाठन गराउनुपर्ने बाध्यता दीर्घरुपमा हटेको छ । व्यक्तिविशेषले निर्माण गरेको भवन बनाउन विदेशी र स्थानीयबासिन्दाले सहयोग जुटाए । २०१६...
साउदी अरबको भेट उद्योगसम्म
पोखरा, २ मंसिर। वैदेशिक रोजगारबाट फर्केका चार जना युवाको समूहले गार्मेन्ट उद्योग संचालन गरेका छन्। पोखरा लेखनाथ महानगरपालिका वडा नं ५ पस्र्याङका केशव शर्मा सापकोटा, उदयपुर बसाही नगरपालिका वडा नं ८ का राजकुमार मगर, काठमाण्डौ महानगरपालिका वडा नं १३ का निराजन कार्की र चितवन भरतपूरका राजु ज्ञवालीले उद्योग संचालन गरेका हुन्। उनीहरुले चन्द्रगिरी नगरपालिका वडा...
हाम्रो परिवर्तन नेपालको सहकार्यमा स्वास्थ्य शिविर
पोखरा, २ मंसिर। पोखरा लेखनाथ महानगरपालिका वडा नं १७ स्थित शितलपथ टोल विकास संस्थाले शनिवार निःशुल्क स्वास्थ्य शिविर गरेको छ। हाम्रो परिवर्तन नेपाल विद्यार्थी कमिटीको सहकार्यमा आयोजित शिविरमा एक सय ५२ जनाको स्वास्थ्य परिक्षण गरिएको कमिटीका अध्यक्ष शैलेसबाबु बरालले जानकारी दिए। शिविरमा ईसिजि जाच, प्रयोगशाला, मेडिकल, सर्जिकल, बालरोग, स्त्री तथा प्रसुती र हाडजोर्नी सम्वन्धि सेवा...
बरिष्ठ नेता पौडलमाथि बम प्रहार, अवस्था सकुशल
पोखरा, २ मंसिर। निर्वाचन नजिकिदै गर्दा राजनीतिक दलका नेताहरुलाई लक्षित गरी आक्रमण गर्ने क्रम बढेर गएको छ। काँग्रेस नेता डा. रामशरण महत माथि आक्रमण भएको एक दिन नबित्दै पुन काँग्रेसकै अर्का नेतामाथि आक्रमण भएको छ। अज्ञात समूहले काँग्रककै वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि शनिवार आक्रमण गरेको छ। बरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी तनहुँको भानु नगरपालिका...
एमाले र माओवादी छाडेका रानाभाटले भने – ‘राम्रो पार्टी भनेकै काँग्रेस’
पोखरा, २ मंसिर। विभिन्न पार्टी परित्याग गरी काँग्रेस प्रवेश गर्ने क्रम देशभर जारी छ। यसैक्रममा पोखरा लेखनाथ महानगरपालिका वडा नं १३ मा कृष्णबहादुर रानाभाटले एमाले र हरिबहादुर रानाभाटले एमाओवादी परित्याग गरे। काँग्रेस प्रवेश गर्ने दुवैले सवैभन्दा राम्रो पार्टी काँग्रेस भएकोभन्दै काँग्रेसलाई बलियो र शशक्त बनाउन भुमिका निर्वाह गर्ने उल्लेख गरे। राम्रो पार्टी भनेकै काँग्रेस रहेछ...
‘अमेरिकाको भिसा लागेपनि जान्न’
पोखरा,२ मंसिर। दैनिक सैयौ युवा विदेशिएका छन्। विदेशमा गई श्रम गरी पैसा कमाउने युवाहरुको सपना छ। विदेशकै कुरा गर्दा धेरै नेपालीको सपना अमेरिका हुने गरेको छ। अमेरिकामा जाने कमाउँने र उत्तै जिवन बिताउन चाहनेको संख्या भनिसाध्य छैन। तर काठमाण्डौ महानगरपालिका वडा नं १३ ताहाचलका युवा निराजन काकी भने अमेरिकाको भिसा लागेपनि नजाने अठोटका साथ व्यवसायमा...
जिउँदोमा मात्र हैन मरेपछि पनि काँग्रेसले हेर्ने, मृत्यु संस्कारमा १० हजार दिने प्रतिवद्धता
काठमाडौं। नेपाली काँग्रेसले जन्मिनु अघि कोखमा रहेको बेलादेखि मृत्युसम्मका संस्कारमा राज्यको अनुभुति दिलाउने एकिकृत सामाजिक सुरक्षा अवधारणा अघी सारेको छ। यो अवधारणालाई काँग्रेसले कोखदेखि शोकसम्मको नाम दिएको छ। नेपाली काँग्रेसले आफ्नो घोषणापत्रको सारसंक्षेप यसलाई प्राथमिकताका साथ सार्वजनिक गरेको छ। काँग्रेस प्रचार प्रसार उपसमितिका संयोजक गगन थापाले यसको बारेमा काँग्रेसको तर्फबाट भिडियो समेत जारी गरेका छन्।...
प्रमुख निर्वाचन आयुक्तले भने – ‘विद्यार्थी प्रयोग गरे कारबाही’
काठमाडौं, १ मंसिर। प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले विद्यार्थीलाई कुनैपनि दलको आमसभा र कार्यक्रममा प्रयोग नगर्न दलहरुलाई आग्रह गर्दै यस्तो गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएका छन्। विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावकलगायतले कुनैपनि दलको झन्डा नबोक्न विद्यार्थीलाई सम्झाउनुपर्ने उनको भनाई छ। राजनीतिक दल र उम्मेदवारहरुलाई विद्यालय शान्ति क्षेत्र हुन् भन्ने भावनाको पालना गर्न दबाब दिने...
काँग्रेस कास्कीको चुनावी प्रचार
पोखरा, ३० कात्तिक ।चुनावी माहौल गरमागरम बन्दै गएको छ । जताततै चुनावले छपक्कै छोपेको छ । खेतबारीमा धमाधम काम गर्नुपर्ने बेला भएपनि चुनावी चटारोले मानिसलाई बढि धपेडी छ । चियापसलदेखि खेतबारीसम्म चुनाव लागेको छ । चुनावी यो माहौलमा नेपाली काँग्रेसले कास्कीमा प्रचारलाई तीव्र पारिरहेको छ । मतदाताहरुको घरदैलोमा उम्मेदवारहरु पुगेका छन् । उनीहरुले आफ्नो पक्षमा...
हालीमुहाली गर्न गठबन्धन ः गुरुङ
पोखरा,२९ कात्तिक । संघीय समाजवादी फोरम नेपालका राजनीतिक समितिका सदस्य तथा तमुवान इञ्चार्ज गणेशमान गुरुङले सत्ता कब्जा गरी हालीमुहाली गर्न गठबन्धनहरुको बनेको बताएका छन्। संघीय समाजवादी फोरम कास्की क्षेत्र नं. ३ को चुनावी प्रचारप्रसारकै क्रममा अन्नपुर्ण गाउपालिका वडा नं. १ नाउँडाडाचोक आयोजित कोणसभामा बोल्दै नेता गुरुङले बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन सत्ता कब्जा गरी हाली...
सुत्केरीको मृत्युपछि आक्रोशित आफन्तले नयाँबजारमा सवारी बन्द गर्दा प्रहरी हस्तक्षेप (भिडियो)
रञ्जन अधिकारी पोखरा, १८ कार्तिक / पोखराको पृथ्वीचोक नजिकै नयाँबजार क्षेत्रमा शनिबार मध्यान्ह सवारी चल्न सकेनन् । प्रहरीले आफ्नै भ्यानले पेलेर प्रदर्शनकारीलाई बलजफ्ती तितरवितर पारेपछि मात्र सवारी आवागमन खुल्ला भयो । सुत्केरीको ज्यान गएपछि आक्रोशित आफन्तले अस्पताल अगाडि प्रदर्शन गरेका थिए । शुक्रबारदेखि नै आन्दोलित उनीहरु शनिबार मध्यान्ह नयाँबजार सडक नै बन्द गरी टायर बालेर...
अर्बौं रुपैयाँको लगानीमा खुलेको पोखराको फाईभ स्टार ‘फुलबारी रिसोर्ट’ यसरी बन्द भयो
आश्विन २०७४-‘वान अफ दी ग्रेटेस्ट होटल ईन द वर्ल्ड’ लेखिएको बोर्ड लवी नजिकै झुन्ड्याइएको छ । हुनपनि पोखराको पाँचतारे होटल दि फुलबारी रिसोर्ट एन्ड स्पा नेपालमा मात्र नभएर दक्षिण एसियाकै ‘नमूना’ थियो । पाँचतारे प्लस डिलक्ससमेत रहेको रिसोर्ट खर्चालु अर्थात् महंगो पर्यटकका लागि एउटा गतिलो गन्तव्य थियो । यतिबेला रिसोर्टको परिवेश फेरिएको छ । मजदुर...