समाचार

केहिबेर अघि तातोपानी तताउँदा‘‘‘
पोखरा । पोखराको मुख्य बजार सभागृहमा रहेको ओम सुनचाँदी पसलमा आगलागी भएको छ। प्रहरीका अनुसार, बिजुलीमा तातोपानी तताउदा विद्युत सर्ट भई आगलागी भएको हो। आगलागीका कारण एक लाख ५० हजारभन्दा बढी क्षति भएको अनुमान गरिएको छ। घटनापछि त्यसक्षेत्रका भिड लागेको थियो। प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको छ। सुन तथा चाँदिका गहनामा कुनै क्षति नभएपनि पसलको...
तरुण दलले जिल्ला अध्यक्षहरुको भेला गर्ने
पोखरा, ८ माघ। नेपाल तरुण दलले माघ २८ र २९ गते जिल्ला अध्यक्षहरुको भेला गर्ने भएको छ। तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीका अनुसार, जिल्ला अध्यक्षहरुसँग छलफल तथा प्रशिक्षणका लागि भेला गर्न लागिएको हो। भेला भक्तपूरको नगरकोटमा हुनेछ। भेलामा स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको चुनावपछिको अवस्थाका बारेमा समीक्षा गरिने छ। त्यस्तै, समसामयिक राजनीति, संगठन सुदृढिकरण र...
मिस तामाङको उपाधि रामेछापकी कवितालाई
पोखरा, ८ माघ । बैदाम तामाङ्ग सेवा समाजले आयोजना गरेको पाँचौँ मिस तामाङको उपाधि रामेछापकी कविता तामाङले जितेकी छन् । २८५४ औं सोनाम ल्होसारको अवसरमा पोखरा सभागृहमा भएको ग्राण्ड फिनालीमा १५ जना प्रतिष्पर्धीलाई पछिपार्दै तामाङ उपाधि जित्न सफल भएकी हुन् । उनले उपाधि सहित नगद ३० हजारको साथमा क्राउन, ट्रफी प्राप्त गरेकी छिन् । कविताले...
पोखराका होटल व्यवसायीको सुझाव, के छ त ?
पोखरा, ५ माघ ः होटलको अकुपेन्सी दर उत्साहप्रद हुन नसकेको र पर्यटन क्षेत्रले दिनप्रतिदिन विविध चुनौतिहरुको सामना गर्दै आउनुपरेको जनाउँदै पश्चिमाञ्चल होटल संघ पोखराले  होटल संचालकहरुसँग छलफल गरेको छ । होटल व्यवसायमा अवसर, चुनौति र समाधान विषयक छलफलमा व्यवसायीहरुले हवाई र स्थल मार्गबाट पोखरा सम्मको सहज पहुँच र उनीहरुको बसाई लम्ब्उने विषयमा ध्यान दिनुपर्ने सुझाव...
दाङ र धनकुटा बन्द, यस्तो छ अवस्था
पोखरा, ३ माघ। बन्दका कारण दाङ र धनकुटाको जनजीवन प्रभावित बनेको छ। पाँच नम्बर प्रदेशको राजधानीको माग गर्दै दाङमा लगातार आज दोश्रो दिन पनि बन्द भएको हो। दाङलाई राजधानी नतोक्दासम्म अनिश्चितकालिन आमहड्तालको आह्वान गरिएको छ। प्रादेशिक राजधानीको माग राख्दै आन्दोलनमा उत्रिएका धनकुटाबासीले आज आकस्मिक बन्द आह्वान गरेका हुन्। दाङमा यातायात, उद्योग, व्यवसाय, शैक्षिक संस्था सबै...
को बन्ला मिस तामाङ्ग ?
पोखरा, २ माघ। सोनाम ल्होसारको अवसरमा पोखरामा हुने मिस तामाङ्ग पोखराको तयारी तिव्र पारिएको छ । बैदाम तामाङ्ग समाजले हरेक बर्ष ल्होसारको अवसरमा ल्होसार म्युजिकल फेष्टिभल तथा मिस तामाङ्ग गर्दै आएको छ । कार्यक्रम ६ गते पोखरा सभागृहमा हुनेछ । प्रतियोगितामा पोखरा, काठमाण्डौं लगायत देशका बिभिन्न भागबाट तामाङ्ग समुदायका १५ जना सहभागिहरु प्रतिस्पर्धा गर्दैछन ।...
ज्यान मार्ने उद्योगमा दिपक मनाङेलाई ५ वर्ष जेल सजाय
काठमाडौं, २ माघ। सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दिपक मनाङेलाई ५ वर्षको जेल सजाय सुनाएको छ। न्यायाधीशहरु दिपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले मनाङेलाई पाँच वर्ष जेल सजाय सुनाएको हो । तत्कालीन पुनरावेदन अदालतको फैसला सदर गर्दै पाँच वर्षको जेल सजाय सुनाएको बताइएको छ। मनाङे प्रदेशसभा चुनावमा मनाङ(ख) बाट प्रदेशसभा सदस्यमा विजयी भएका थिए...
कक्षा ११ को नतिजा सार्वजनिक
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११को नियमिततर्फको नतिजा सार्वजनिक गरेको छ । शनिबार बेलुकी एक सूचना जारी गर्दै बोर्डले परीक्षाको नतजिा सार्वजनिक भएको जनाएको छ ।परीक्षाको नतिजा  http://neb.ntc.net.np मा हेर्न सकिने बोर्डले जनाएको छ । नतिजा ग्रेडिङ प्रणालीमा सार्वजनिक भएको हो । बोर्डले असार १ गतेदेखि परीक्षा सञ्चालन गरेको थियो । परीक्षामा ३ लाख...
पुस्तकालय स्थापनापछि ….., ‘अव त पुस्तकालय बिना विद्यार्थी नै बाच्दैनन् कि जस्तो पो भएको छ।’
सरला भण्डारी पहिला विद्यार्थी आकर्षित हुदैन कि भने लागेपनि अहिले अवस्था सोचेभन्दा बेग्लै भएको छ नरोदय मावि स्रोत केन्द्रका स्रोत व्यक्ति हिमलाल न्यौपानेले भने– ‘अव त पुस्तकालय बिना विद्यार्थी नै बाच्दैनन् कि जस्तो पो भएको छ।’ पोखरा, २७ पुस। सामुदायिक विद्यालयहरुमा संचालित पुस्तकालयप्रति आकर्षण बढ्दै गएको छ। पुस्तकालयबाट शैक्षिकसँगै अतिरिक्त ज्ञान समेत पाउन थालेपछि विद्यार्थी,...
आज फेरि के होला ? यसो भन्छन् प्रहरी र व्यवसायी
रञ्जन अधिकारी पोखरा, २७ पुस । पोखरामा ट्याक्सी मिटरमा गुड्दैनन् । धेरै प्रयास भयो मिटर प्रणाली लागू गर्ने तर कार्यान्वयनमा आउन सकेको छैन । ट्याक्सीले आफूखुशी भाडा असुलेको यात्रुको गुनासो छ भने मिटरमा गुड्ने सडक नै नभएको र मिटर समायोजन व्यवस्था प्रभावकारी नभएको ट्याक्सी चालक/व्यवसायीको आफ्नै तर्क छ । कास्की प्रहरीले मंगलबारदेखि मिटरमा नचल्नेमाथि कारवाही गर्न...
चीनको नानिंग महानगर र पोखरा लेखनाथ महानगर बीच भगिनी सम्बन्ध कायम
एमबी आस्था मगर नानिंग चीन २६ पुस । चीनको नानिंग महानगर र पोखरा लेखनाथ महानगर बीच भगिनी सम्बन्ध कायम भएको छ । चीन भ्रमणमा रहेका पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जिसी र नानिंग महानगरका मेयर जोउ होङबो बीच भगिनी सम्बन्धको सम्झौता पत्रमा हस्ताक्षर गरी दुइ महानगरपालिका बीच भगिनी सम्बन्ध कायम गरेका हुन । सम्झौता...
सडक छेकेर आन्दोलनमा
पोखरा, २६ पुस। पोखराका ट्याक्सी व्यवसायीहरु सडक छेकेर आन्दोलनमा उत्रेका छन्। व्यवसायीले पोखराको पृथ्वीचोक आसपासका सडकमा ट्याक्सी तेसारेर आन्दोलनमा उत्रदा सवारी आवागमनमा अवरोध भएको छ। ट्याक्सी चालकलाई नियमविपरित प्रहरीले समातेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन्। मङ्गलबार मिटरमा नचलेका ट्याक्सी नियन्त्रणमा लिई चालकलाई थुनेपछि त्यसको विरोधगर्दै अहिले उनीहरुले पोखरामा प्रहरी विरुद्व नाराबाजीगर्दै प्रदर्शन गरिरहेका छन्।