समाचार

दुई तिहाई खोज्नु गम्भिर विषय – पौडेल
पोखरा, ३० फागुन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले दुई तिहाई बहुमत लिन खोजेको विषय गम्भिर भएको बताएका छन् । सुविधाजनक बहुमत हुँदाहुँदै दुई तिहाई बहुमत खोज्नु गम्भीर विषय भएकोभन्दै त्यसल सरकारको नियतमाथि आशंका उब्जाएको उनको भनाइ छ। पार्टीका प्रतिनिधिसभा र प्रदेशसभा सांसदका लागि आयोजित अभिमुखीकरणमा उनले जिम्मेबार ढंगबाट प्रस्तुत हुन सांसदहरुलाई आग्रह...
कास्की सेवा समाज स्पेनको दोस्रो अधिवेशन ,अध्यक्षमा ढुंगाना
बार्सिलोना/ कास्की सेवा समाज स्पेनको पहिलो अधिवेशनले केदारनाथ ढुंगानाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत चयन गरेको छ। कास्की जिल्ला स्थायी घर भई स्पेनमा बसोबास गर्दै आएका नेपालीहरुले गठन गरेको समाजले ढुंगानाको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो।  कार्यसमितिको उपाध्यक्षहरुमा कुमार गुरुङ्,वल बहादुर कार्की,महासचिव गोविन्द तिमिल्सिना, सचिवमा सुरेश भण्डारी र कोषाध्यक्षमा एकराज भण्डारी चयन भएका छन्।...
विमान दुर्घटना बारे घाइते र प्रत्यक्षदर्शी यसो भन्छन्
पोखरा, २८ फागुन। त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको धावनमार्गमा भएको विमान दुर्घटनामा परी ठुलो मानवीय क्षति भएको घटनाले सवैलाई दुखित् बनाएको छ । यो समाचार तयार पार्दा  घटनामा अहिलेसम्म ४९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । यो घटनाको सत्यतथ्य खोजी विज्ञ सहितको टोलीले गर्ने छ। तर घटनालाई लिएर विभिन्न टिकाटिप्पणी शुरु भएको छ भने घटनाका बारेमा...
प्रोफेसनल एजुकेशन फेयर सोमबार
पोखरा, २६ फागुन । प्रोफेसनल एजुकेशन कन्सल्टेन्सीको आयोजनामा पोखरामा ‘अष्ट्रेलियन एजुकेशन फेयर’ हुने भएको छ । फागुन २८ गते सोमबार होटल पोखरा ग्राण्डमा फेयर आयोजना गरिएको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । फेयरमा अष्ट्रेलियाका १५ वटा युनिभर्सिटी तथा कलेजका प्रतिनिधि सहभागी हुने प्रोफेसनल एजुकेशन कन्सल्टेन्सी पोखराका प्रवन्ध निर्देशक किशोर परियारले जानकारी दिए । ‘उच्च...
कस्मेटिक व्यवसायी संघको अभिमुखिकरण
पोखरा, २६ फागुन । कस्मेटिक व्यवसायी संघ कास्कीले पोखरामा शनिवार अभिमुखिकरण कार्यक्रम गरेको छ। व्यवसाय व्यवस्थापन एवं विक्रयकला सम्वधी क्षमता अभिवृद्वि गर्ने उदेश्यले आयोजित कार्यक्रममा संघमा आवद्व ७० जना व्यवसायी सहभागि भएको कोषाध्यक्ष हेमराज बरालले जानकारी दिए । कार्यक्रममा औद्योगिक विकास प्रतिष्ठान पोखराका कार्यालय प्रमुख रामप्रसाद तिवारीले सहजीकरण गरेका थिए । कार्यक्रमको उद्घाटन कुष्ठरोग निवारण...
अलि मियाँ लोकवाङ्मय पुरस्कार साहित्यकार, संस्कृतिविद् कार्कीलाई
पोखरा, २६ फागुन । अलि मियाँ लोकवाङ्मय पुरस्कारबाट पोखरामा बरिष्ठ साहित्यकार, संस्कृतिविद् एवं चलचित्र निर्देशक चेतन कार्कीलाई पुरस्कृत गरिएको छ । लोककवि अलि मियाँ शतक जन्म जयन्तीका अवसरमा अलि मियाँ लोकवाङ्मय प्रतिष्ठानले उनलाई सो पुरस्कार प्रदान गरेको हो । विगत पाँच दशकभन्दा अघिदेखि नेपाली साहित्य, संस्कृति र चलचित्रको क्षेत्रमा पु¥याएको योगदानको कदरगर्दै उनलाई पुरस्कृत गरिएको...
भारतमा इच्छा मृत्युलाई स्वीकृति
नयाँदिल्ली – भारतमा इच्छा मृत्युलाई स्वीकृत दिइएको छ। शुक्रबार यहाँको सर्वोच्च अदालतले इच्छा मरणलाई सशर्त मान्यता दिने फैसला सुनाएको हो। आफ्नो उपचार नगराउन पाउने र आफ्नो उपचार कसरी गराउने भन्ने अधिकार विरामीको भएकाले इच्छामरण गर्न पाउने फैसला सुनाएको भारतीय सञ्चारमाध्यमले जनाएको छ। अदालतको फैसलामा स्थायी रुपमै निस्क्रिय हुने र केही बताउन नसक्ने अवस्थाको विरामीले इच्छामरणका लागि...
कास्की काँग्रेसका नेता तथा कार्यकर्ताले भने – ‘पार्टीलाई गुटबन्दी, चाकडी र चाप्लुसीबाट मुक्त गरौं’
पोखरा, २५ फागुन । नेपाली काँग्रेसलाई गुटबन्दी, चाकडी र चाप्लुसीबाट मुक्त गर्न माग गरिएको छ। पार्टीभित्र गुटबन्दी, चाकडी र चाप्लुसी मौलाएको प्रति चिन्ता व्यक्तगर्दै कास्कीका नेता तथा कार्यकर्ताले त्यस्तो माग गरेका हुन्् । उनीहरुले क्रियाशीलता, जेष्ठता र अनुशासनलाई विशेष महत्व दिएर पार्टीलाई सुसंगठित बनाउनुपर्नेमा जोड दिए । नेपाली काँग्रेस पोखरा लेखनाथ महानगर समितिले पोखरामा आयोजना...
भुजेल गाउँमा विद्यार्थी र सुत्केरी महिलालाई सहयोग
पोखरा, २५ फागुन । १०८ औं अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा विभिन्न संघसंस्थाले बिहीबार तनहुँको बन्दिपूर – ५ भुजेल गाउँमा सहयोग गरेका छन्। गुरुङ कला साहित्य परिषद् नेपाल र फोष्टन युके नेपलिज सोसाईटीले सहयोग गरेका हुन् । ती संस्थाले भुजेल गाउँमा रहेको आँदीबाराही प्राविका एक सय नौ विद्यार्थीलाई झोला र कापी, कलम तथा गाउँका ६० जना...
काउनको नयाँ कार्यसमिति, कसले कति मत पाएर जिते ?
पोखरा, २३ फागुन । नेपाल निर्माण तथा सम्बद्व श्रमिक संघ (काउन) को पोखरामा सम्पन्न तेस्रो केन्द्रीय महाधिवेशनबाट अध्यक्षमा झपटबहादुर गुरुङ (जेबि गुरुङ) विजयी भएका छन्। अध्यक्षका प्रतिस्पर्धी हरिशरण नेपालीलाई पराजित गर्दै उनी अध्यक्षमा विजयी भएका हुन्। गुरुङले एक सय ८८ र नेपाली एक सय २३ मत पाएका थिए। गुरुङको यो दोस्रो कार्यकाल हो । बरिष्ठ...
‘महिला अधिकारको आन्दोलन जारी राखौं’
पोखरा, २३ फागुन । महिला अधिकारको आन्दोलनलाई अझै जारी राख्नुपर्नेमा पोखरामा बुधबार आयोजित एक कार्यक्रममा जोड दिइएको छ । १०८ औं अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा नेपाल महिला संघ कास्कीले गरेको अन्र्तक्रियामा बोल्ने बत्ताहरुले सो कुरामा जोड दिएका हुन् । पार्टीका हरेक निकायमा महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित गरौं भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा कास्कीका...
गुरुङ दम्पतीद्वारा बृद्वाश्रमलाई सहयोग
पोखरा, २३ फागुन । पोखरा लेखनाथ महानगरपालिका वडा नं १२ शितलादेवीका गुरुङ दम्पतीले बुधबार पोखरा लेखनाथ महानगरपालिका वडा नं १७ सितापाइलास्थित पोखरा बृद्वाश्रमलाई सहयोग गरेका छन् । ८४ वर्षिय समाजसेवी तुलबहादुर गुरुङ र उनकी श्रीमती मुवा गुरुङले बृद्वाश्रमलाई २६ हजार तीन सय आर्थिक सहयोग गरेका हुन् । उनीहरुले बृद्वाश्रममा रहेका ६२ जना बृद्वाबृद्वालाई बुधबार बिहानको...