समाचार

भरतपोखरीमा ल्याण्डलाइन टेलिफोन माग
पोखरा, १२ मंसिर । पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीमा ल्याण्डलाइन टेलिफोन सेवा माग गरिएको छ । नेपाल टेलिकम पोखरामा गएर माग बारे जानकारी गराउँदा समेत वेवास्ता गरिएको भन्दै मङ्गलबार प्रतिनिधि टोली नै गएर कार्यालयको ध्यानाकर्षण गराएको छ । राष्ट्रियसभा सदस्य बृन्दादेवी राना मगरको नेतृत्वमा भोजराज आचार्य, कृष्णप्रसाद पौडेल, माधवप्रसाद चापागाई लगायतको १२ सदस्यीय टोली...
दोस्रो विष्णु तिमिल्सिना स्मृति सेभेन ए साइड फुटबल प्रतियोगिता हुने
पोखरा, ९ मंसीर । विष्णुपादुका क्लब हेमजाको आयोजनामा दोस्रो विष्णु तिमिल्सिना स्मृति सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । विष्णु पादुका फुटबल एकेडेमीको सहयोगार्थमा हुने उक्त प्रतियोगिता पुस ७ देखि १४ गते सम्म सञ्चालन हुने छ । प्रतियोगिता सफल बनाउनका लागि हेमजामा भएको एक भेलाले विष्णुपादुका क्लबका सल्लाहकार जगतबहादुर थापाको संयोजकत्वमा मुल आयोजक...
चेलिबेटी बेचविखन बिरुद्ध एनआरएनए जापानद्धारा माइती नेपालसँग सहकार्य
पोखरा, २७ कात्तिक । गैरआवासीय नेपाली संघ जापानले महिला तथा किशोरीहरूमा हुने हिंसा र चेलिबेटी बेचबिखन बिरुद्ध माइती नेपालसँग सहकार्य गर्ने भएको छ । गैरआवासीय नेपाली संघ एनआरएनए जापानले महिला तथा किशोरीहरूमा हुने हिंसा बिरूद्ध नयाँ अभियान शुरू गरेसँगै त्यस्ता हिंसाको जोखिम न्युनिकरणका लागि काम गर्ने भएको हो । उक्त अभियानका लागि एनआरएनए जापानले तत्काल...
आज बिहानै
आज असोज २९ गते सोमबार मर्निङवाकका लागि पोखरा–१३ विजयपुरहँुदै माथि डाँडा उक्लने सोच्दै थिए । तर विजयपुर पुग्नेबित्तिकै नजिकै केही कराएझंै आवाज आएपछि मेरो ध्यान त्यतातिर मोडियो । दाहिनेतर्फ गाईको बाच्छी देखियो, नजिक पुग्नेबित्तिकै बाच्छीले सिधँै मेरो आँखामा हे¥यो। अशक्त र शरीरको केही अंगमा कीरा समेत परेको बाच्छीको हेराइले सहयोग, सहाराको याचना गरेको पाएँ। त्यसपछि...
पोखराको ट्राफिक व्यवस्थापन गर्ने काममा प्रजू प्यानलको प्राथमिकता
पोखरा, ३१ भदौ । आसन्न पोखरा उद्योग वाणिज्य संघको महाधिवेशनको लागि उमेद्वारी दिएको रवीन्द्रबहादुर प्रजूको प्याननले पोखराको अस्तव्यस्त ट्राफिक व्यवस्थापन गर्ने काम आफ्नो प्राथमिकता रहेको बताएको छ । पोखराको जल्पारोड, नदीपुर, चाउथे, छिनेडाँडा लगायतका ठाँउमा रहेका मतदातासँग मत माग्ने क्रममा आइतबार यस प्यानलले पार्किङ र ट्राफिक व्यवस्थापनले गर्दा बजार क्षेत्रका व्यवसायीको व्यवसायमा असर पर्दै गइरहेकोले...
हेमजाका तिमिल्सिना सर्वोत्कृष्ट कृषक
पोखरा, ३२ असार। पोखरा महानगरपालिका वडा २५, हेमजाका घनश्याम तिमिल्सिना गण्डकी प्रदेशको सर्वोत्कृष्ट कृषक बन्न सफल भएका छन्। हेमजा गाई फार्म संचालन गर्दै आएका तिमिल्सिनालाई पोखरामा सोमबार ‘सर्वोत्कृष्ट कृषि उद्यमी’ बाट सम्मान गरिएको हो। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेशले उनलाई नगद ५० हजार, सम्मानपत्र र दोसल्लाले सम्मान गरेको हो। गण्डकी प्रदेशका प्रमुख...
लायन्स क्लबद्वारा अपाङ्गता भएकालाई व्हिल चेयर सहयोग
पोखरा, १७ असार । लायन्स क्लब अफ पोखरा सुन्दर नगरी र लायन्स क्लब अफ पोखरा दर्शनले पोखरामा आइतबार अपाङ्गता भएका चार जनालाई व्हिल चेयर प्रदान गरेका छन् । ती दुई क्लबले अपाङ्गता भएका वीरबहादुर गुरुङ, दीर्घसिंह घले, डोलप्रसाद ढकाल र जीवन गिरीलाई व्हिल चेयर प्रदान गरेका हुन् । उनीहरुलाई ३० हजार मूल्य बराबरको व्हिल चेयर...
ठुलाखेतको सिद्धबराह मन्दिरलाई गण्डकी फाउन्डेसनले सहयोग गर्ने
पोखरा, ५ असार । गण्डकी फाउन्डेसन प्रालिले पोखरा २३ ठुलाखेतमा रहेको सिद्ध बराह तपोवन सन्यास आश्रम माझथुमलाई सहयोग गर्ने भएको छ । मन्दिर परिषरमा भएको कार्यक्रममा प्रालिले मन्दिर मर्मतका लागि आवश्यक पर्ने रकम र संरक्षणमा सहयोग गर्ने प्रतिबद्धता गरेको हो । कार्यक्रममा प्रालिका सल्लाहकार राजेश गुरुङले मन्दिरको संरक्षणमा पूर्ण सहयोग गर्ने बताए । गुरुङले यस...
गृह मन्त्रालयको सूचनाप्रति नागरिक संगठनको ध्यानाकर्षण
पोखरा, ३ असार । नागरिक संस्थाहरुको मौलिक स्वतन्त्रतालाई संकुचन गर्ने प्रकृतिको सूचना जारी भएको भन्दै नागरिक संगठनहरुले शुक्रबार प्रमुख जिल्ला अधिकारीमार्फत गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र पठाएका छन् । देशभरका सबै जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्रालयमा ज्ञापनपत्र पठाउने कार्यक्रम अन्र्तगत कास्कीबाट पनि ज्ञापनपत्र पठाइएको हो । गैर सरकारी संस्था महासंघका केन्द्रीय सचिव रामप्रसाद सुवेदी र कास्कीका अध्यक्ष...
फेवातालमा डुंगा डुब्यो
पोखरा, १३ जेठ । हावाहुरीका कारण पोखराको फेवातालमा आइतबार दिउँसो डुंगा डुबेको छ । घटनामा एक जना बेपत्ता भएका छन् भने चार जनाको सकुशल उद्वार गरिएको छ । घटना लगत्तै पुगेको वडा प्रहरी कार्यालय बैदाम, शशस्त्र प्रहरी गणको रेस्क्यू टोली र नेपाली सेनाको सामुहिक प्रयासमा डुबेकाको उद्वार गरिएको थियो । प्लसटुको पढाइ सकेर पोखरा घुम्न...
पैसाको राजनीतिले पार्टीलाइ धराशयी बनायो – वरिष्ठ नेता
कालिकोट, १ जेठ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पैसाको राजनीतिले पार्टीलाई धराशयी बनाउँदै लगेको बताएका छन् । पैसा प्रवृत्तिबाट मुक्त गरेर संघर्ष, त्याग, सिद्धान्त र योगदानका आधारमा काँग्रेस जस्तो लोकतान्त्रिक पार्टीलाई नयाँ जीवन र उर्जा दिनुपर्ने उनको भनाइ छ । उनले युवा पुस्ता र आधुनिक समयको जनताको चाहना अनुसारका कार्यक्रम र नीति पार्टीले...
आधुनिक कतार निर्माणमा नेपालीको योगदान महत्वपूर्ण – राजदुत युसुफ
पोखरा, २४ वैशाख । नेपाल स्थित कतारका राजदुत युसुफ बिन महमद अल–हेलले आधुनिक कतारको निर्माणमा नेपाली नागरिकको योगदान महत्वपूर्ण रहेको बताएका छन् । कास्की माछापुच्छ«े गाँउपालिका ६ भिडाबारी स्थित बराह माविद्वारा सोमबार आयोजित सम्मान कार्यक्रममा राजदुत युसुफले नेपाली नागरिकले कतारलाई पुर्याएको योगदान कहिल्यै पनि बिर्सन नसकिने बताए । उनले नेपाली नागरिकको योगदानको कारणले नै नेपाल...