समाचार

काँग्रेसद्वारा निर्वाचन अनुगमन समिति गठन
पोखरा, ९ मंसिर । कास्की क्षेत्र नं २ मा हुने उपनिर्वाचनको अनुगमनका लागि नेपाली काँग्रेस कास्कीले अनुगमन समिति गठन गरेको छ । काँग्रेस केन्द्रीय अनुगमन समितिको मातहत रहेर निर्वाचनको अनुगमनका लागि जिल्लादेखि वडास्तरसम्म समिति गठन गरिएको छ । राजेन्द्रनिधि कोइरालाको संयोजकत्वमा जिल्लास्तरीय अनुगमन समिति गठन गरिएको हो । समितिको सदस्यमा कास्की काँग्रेसका सचिव सुदिपमोहन भट्टराई,...
जनतालाई सही व्यक्ति छान्ने अवसर छ ः डा. रिजाल
पोखरा, ८ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कास्कीका चुनावी कमाण्डर डा. मिनेन्द्र रिजालले जनतालाई सही व्यक्ति रोज्ने अवसर आएको बताएका छन् । पोखरा महानगरपालिका–२१, ठूलीस्वाँरामा भएको चुनावी कोणसभालाई सम्बोधन गर्दै नेता रिजालले खेमराज पौडेल जत्तिको निष्ठावान व्यक्तित्व नेपाली राजनीतिमा कहिल्यै नपाइने बताए । ‘एकतिर ६० बर्षको राजनितिमा निष्ठापूर्वक बसेका खेमराज पौडेल खडा हुनुहुन्छ...
फिस्टेल एकेडेमी अन्तर्राष्ट्रियस्तरको बन्दै
पोखरा, ३० कात्तिक । पोखरा १७ पार्दीमा रहेको फिस्टेल एकेडेमी अन्तर्राष्ट्रियस्तरको विद्यालय बन्ने भएको छ । विद्यालयलाई अन्तर्राष्ट्रियस्तरको बनाउन अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको विद्यालय भवन निर्माण गर्ने भएको छ । पोखरा १७ घारीपाटनमा १८ रोपनी क्षेत्रफलमा विद्यालय भवन निर्माण गर्न शुरु गरिएको हो । यो भवन निर्माण भएसँगै फिस्टेल पोखराको पहिलो अन्तर्राष्ट्रियस्तरको विद्यालय बन्ने छ ।...
‘त्यागी नेता खेमराज पौडेललाई जिताएर देशैभर सन्देश दिऔं’
पोखरा, २६ कात्तिक । नेपाली कांग्रेसका नेता डा. मिलेन्द्र रिजालले कम्युनिष्ट शासनले मुलुकलाई उल्टो बाटोमा लगेको बताएका छन् । कास्की–२ को उपनिर्वाचनमा पार्टीको चुनावी कमाण्डर बनेर पोखरा आएका नेता रिजालले सरकार संविधानलाई भत्काउने, दक्षिणपंथी र उत्तर वामपंथीको उर्वरभूमि बनाउन उद्धत रहेको आरोप लगाए । चुनाव प्रचार कार्यक्रम अन्तर्गत मंगलबार पोखरा–१७ मा घरदैलो अभियानमासहभागी नेता रिजालले...
पोखरा १३ र याङ्जाकोटमा काँग्रेस जागरण, दोषारोपण नगरौं, जिम्मेवारी वहन गरौ – शर्मा
पोखरा, ५ असोज । नेपाली काँग्रेस जागरण अभियान अन्तर्गत दोस्रो चरणमा क्षेत्र नं १(ख) कास्कीका विभिन्न स्थानमा जागरणसभा भएको छ । त्यसक्षेत्र अन्तर्गत पोखरा १३ र मादी गाउँपालिकाको याङ्जाकोटमा छुट्टाछुट्टै जागरणसभा भएको जिल्ला सदस्य एवं प्रचार संयोजक नवीन सिग्देलले जानकारी दिए । पोखरा १३ मा आयोजित जागरणसभासँगै वडा कार्यसमिति पोखरा १३ समायोजन गरिएको छ ।...
स्वास्थ्यकर्मी संघद्वारा गोरखा घोषणापत्र जारी
पोखरा, १९ साउन । नेपाल स्वास्थ्यकर्मी संघ गण्डकीले स्वास्थ्य सेवा र स्वास्थ्यकर्मीका समस्या समाधान गर्न माग गर्दै ३ बुँदे गोरखा घोषणापत्र जारी गरेको छ । संघका केन्द्रीय अध्यक्ष रामजी घिमिरेको उपस्थितिमा गोरखामा बसेको बैठकले घोषणापत्र जारी गरेको हो । घोषणापत्रमा जनताको स्वास्थ्यमा खेलवाड नहुने र स्वास्थ्यकर्मीको मनोबलमा असर नपुग्ने गरी समायोजन गर्न, तहगत रुपमा समायोजन...
नेवि संघ जनप्रियको रक्तदान
पोखरा, ३१ असार । नेवि संघ जनप्रिय बहुमुखि क्याम्पस इकाइ समितिले सोमवार गरेको रक्तदानबाट ७८ युनिट रगत संकलन भएको छ । कार्यक्रम उद्घाटन गर्दै क्याम्पस संचालक समितिका अध्यक्ष इन्द्र कुँवरले नेवि संघका यस्ता क्रियाकलापले समाजमा सकारात्मक सन्देश जाने बताए । नेवि संघ कास्की नेता पशुपति भट्टराईले नेवि संघका विद्यार्थी बाढीपहिरो प्रभावित क्षेत्र तराईका नागरिकलाई राहत...
हज यात्रीलाई आर्थिक सहयोग
पोखरा, ३१ असार । हज यात्री पोखरा–१३ मियाँपाटनका सकुरद्दिन मियाँलाई आर्थिक सहयोग गरिएको छ । हाल लण्डन निवासी टिना थापाले धर्म भाइ नेपाल मुस्लिम युवा क्लबका अध्यक्ष अफजल अलि मियाँलाई हज यात्राका लागि पठाएको रकम अफजलले सकुरद्दिनलाई सहयोग गरेका हुन् । उनलाई तीन लाख आर्थिक सहयोग गरिएको हो ।सकुरद्दिनभारी बोकेर जीवन निर्वाह गर्दै आइरहेका थिए...
पोखरा महानगरपालिकामा आन्दोलन जारी
पोखरा, १३ असार । पोखरा महानगरपालिकाले बजेट विनियोजनमा विभेद गरेको भन्दै काँग्रेसबाट निर्वाचित वडाध्यक्षले गरेको आन्दोलन जारी रहेको छ । विभेदको बिरोधमा काँग्रेसतर्फका वडाध्यक्षले बिहीबार दिनभर महानगर गेट बाहिर धर्ना र नाराबाजी गरेका थिए । आजपनि आन्दोलनलाई निरन्तरता दिइदै छ । आन्दोलन रहर नभएर बाध्यता हो, यसबाट नगरबासिलाई पर्न जाने असुविधाप्रति क्षमा माग्छौ, विज्ञप्तिमा भनिएको...
हेम्जा वोर्डिङको जुरेसमा अनिष
पोखरा, ३ जेठ । हेम्जा वोर्डिङ स्कूल पोखरा– २५ हेमजामा जुनियर युवा रेडक्रस सर्कल पुनर्गठन भएको छ । पुनर्गठित समितिको अध्यक्षमा अनिष दहाल, उपाध्यक्षमा संचिता त्रिपाठी, सचिवमा स्वस्तिका पोख्रेल, सहसचिवमा रश्मिता थापा, कोषाध्यक्षमा समिक्षा गायक चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा अनिषा दाहाल, आयुषा पौडेल, प्रविना सापकोटा, रविन दाहाल, आयुष पौडेल तथा आमन्त्रित सदस्यहरुमा उषा...
नेपाल प्रेस युनियन आन्दोलनमा
काठमाडौं । नेपाल प्रेस युनियनले मिडियालाई नियन्त्रण गर्ने नियत राखी केपी ओली नेतृत्वको सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक विरुद्ध विभिन्न आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ । सो विधेयक र संसदमा ल्याउने तयारी गरिरहेको आम सञ्चार लगायतका विधेयकका बिरुद्ध नेपाल प्रेस युनियनले सञ्चार मन्त्रीको कार्यक्रम बहिस्कार सहितका कार्यक्रमहरु सार्वजनिक गरेको हो । प्रेस तथा...
जिआईएस तालिम सकियो
पोखरा, २९ मंसिर। पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय, गण्डकी प्रदेशले आयोजना गरेको जिआईएससम्बन्धी तालिम शनिवार सकिएको छ। तालिममा निर्देशनालयका तालिम केन्द्र, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्की तनहुँ, गोरखा लमजुङ, स्याङ्जा, वागलुङ र म्याग्दी मत्स्य विकास केन्द्र मिर्मी लगायतबाट १८ जना सहभागी थिए। एक सातासम्म चलेको तालिममा पशुपक्षीको तथ्यांक संकलन गर्ने र डिजिटाइड...