समाचार

काँग्रेससहित चार दल पोखरा महानगरपालिकामा, पार्किङ शुल्क रोक्न माग
पोखरा, २१ माघ । कास्कीका विभिन्न चार राजनीतिक पार्टीले पोखरा महानगरपालिकाको ध्यानाकर्षण गराएका छन् । नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीका पोखरा नगर स्तरीय समितिले ध्यानाकर्षण गराएका हुन् । काँग्रेस सभापति बजिरमान श्रेष्ठ,सहसभापति राजेन्द्रमणि लामिछाने, जसपाका टिकाराम पौडेल, जनमोर्चाका विष्णु पुरी, राप्रपाका मोतिमान शाक्यले पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई ज्ञापनपत्र...
पोखरा भाँडा व्यवसायी संघमा नयाँ कार्यसमिति, अध्यक्षमा आचार्य
पोखरा, १८ माघ । पोखरा भाँडा व्यवसायी संघको शनिवार सम्पन्न १४ औं साधारण सभा र सातौं अधिवेशनले आगामि २ वर्षका लागि नरेन्द्रप्रसाद आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको निवर्तमान अध्यक्ष वलराम तिमिल्सिना, उपाध्यक्ष कविन्द्रमान पालिखे, सचिव लक्ष्मीप्रसाद अधिकारी, कोषाध्यक्ष ओमकुमार श्रेष्ठ र सहसचिव सुनकुमारी गुरुङ छन् । सदस्यमा रञ्जना मानन्धर, दिलमाया प्रजापति,...
काँग्रेस सभापति देउवा पर्वत जादंै, शहिद हरिदत्त स्मृति भवन उद्घाटन गर्ने
पोखरा, २८ पुस । शहिद हरिदत्त तिवारीको १८ औं स्मृति दिवसमा उनको स्मृतिमा निर्माण गरिएको भवन उद्घाटन गरिने भएको छ । उनको स्मृतिमा शहिद हरिदत्त स्मृति प्रतिष्ठानले पर्वतको फलेवास नगरपालिका ३ शंकरपोखरीमा दुई तले भवन निर्माण गरेको हो । भवन माघ १ गते उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । भवन उद्घाटन नेपाली काँग्रेसका सभापति...
पुस १३ गते कास्कीका तीन वटै निर्वाचन क्षेत्रमा काँग्रेसको प्रदर्शन
पोखरा, १० पुस । सरकारले संसद विघटन गरेको विरोधमा नेपाली काँग्रेसले पुस १३ गते कास्कीका तीन वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने भएको छ । कास्की काँग्रेसको समन्वयमा क्षेत्रीय समितिको आयोजनामा निर्वाचन क्षेत्रमा प्रदर्शन गर्न लागिएको हो । कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा शुक्रबार पार्टीका जिल्ला पदाधिकारी, क्षेत्र र प्रदेश सभापतिसहितको बैठकले प्रदर्शनलाई प्रभावकारी र...
आयो बाघ पाईला
पोखरा, ३० मंसिर । प्राकृतिक सम्पदाले सिंगारिएको पर्बतको फलेबास कार्किनेटाबाट बाघ पाईला साप्ताहिक प्रकाशन शुरु गरिएको छ । बाघ पाईला साप्ताहिकका प्रकाशक तथा प्रधान सम्पादक पदम श्रेष्ठले विकासको प्रसस्त संभावना बोकेर पनि ओझेलमा पारिएका क्षेत्रको पहिचान गर्दै विकास र समृद्धिको ढोका खोल्ने उद्देश्यले पत्रिकाको प्रकाशन शुरु गरिएको बताए । पत्रिकाले हरेक क्षेत्रमा हुने सकारात्मक कामलाई...
लायन्स क्लबको रक्तदान
पोखरा, २७ मंसिर । लायन्स क्लब अफ पोखरा पिस प्याराडाइज र लायन्स क्लब अफ पोखरा पिस होमले संयुक्त रुपमा पोखरामा खुल्ला रक्तदान गरेको छ । पोखराको नयाँ बजारमा आयोजित रक्तदानमा  ५३ जनाले रक्तदान गरेको लायन्स क्लब अफ पोखरा पिस होमकी अध्यक्ष लक्ष्मी बास्तोलाले जानकारी दिइन् । कोरोना महामारीसँगै रगत अभाव सृजना भइरहेका बेला रगत अभाव...
कास्की काँग्रेस प्रदर्शनको तयारीमा
पोखरा, २१ मंसिर । नेपाली काँग्रेस कास्कीले पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गत पोखरामा प्रदर्शन गर्ने भएको छ । पार्टीको मंशिर २९ गतेको देशव्यापी प्रदर्शन अन्तर्गत कास्की काँग्रेसले पनि प्रदर्शनका लागि तयारी शुरु गरेको छ । नेपाली काँग्रेस कास्कीका पदाधिकारी, क्षेत्रीय सभापति, पोखरा नगर पदाधिकारी, प्रदेश सभापति र गाउँपालिका सभापतिको आइतबार बसेको संयुक्त बैठकले प्रदर्शनको तयारीमा जुट्ने...
माछापुच्छ«े गाउँपालिकालाई खबरदारी गर्दै काँग्रेस
पोखरा, १६ मंसिर । माछापुच्छ्रे गाँउपालिकाले मनोमानी ढंगले काम गरेको भन्दैे खवरदारी गर्न नेपाली काँग्रेस गाउँपालिका पुगेको छ । गाउँपालिकाका पछिल्ला गतिविधिप्रति खबरदारी गर्दै नेपाली काँग्रेस माछापुच्छ्रे गाँउपालिकाले ९ बुँदे ज्ञापनपत्र बुझाएको छ । काँग्रेस माछापुच्छ्रे गाउँपालिका सभापति मधुसुुदन अधिकारी र स्थानीय तह समन्वय विभाग केन्द्रीय सदस्य टेकनशोभा गुरुङले गाँउपालिका अध्यक्ष कर्णबहादुर गुरुङलाई ज्ञापनपत्र बुझाएको...
काँग्रेस प्रदेश १(ख) कास्कीको अगुवा नेता तथा कार्यकर्ता बैठक
पोखरा, १५ मंसिर । नेपाली काँग्रेस प्रदेश १(ख) कास्कीले अगुवा नेता तथा कार्यकर्ता बैठक गरेको छ । बैठकमा प्रदेश अन्तर्गत पोखरा महानगरपालिकाका पाँच वटा र मादी गाउँपालिकाका १२ वटा वडाका अगुवा नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । बैठकले इकाइबाट नवीकरण भई आएका सदस्यतालाई सर्वसम्मत क्षेत्रमा पठाउने र मंसिर २० गतेसम्म नयाँ सदस्यता वितरण कार्य...
कास्की काँग्रेसमा भूपू सैनिक, सरकारसँग आक्रोश
पोखरा, ९ मंसिर । सरकारले ज्येष्ठ नागरिकलाई दिदै आएको भत्ता भूपू सैनिकलाई नदिइ कटौती गरी अन्याय गरेको भन्दै कास्कीका भूपू सैनिकहरुले आन्दोलन गर्ने चेतावनी दिएका छन् । नेपाल भूपू सैनिक संघ कास्कीको पहलमा पोखराको चिप्लेढुङ्गास्थित नेपाली काँग्रेस कास्कीको पार्टी कार्यालयमा भेला भएका भूपू सैनिकहरुले त्यस्तो चेतावनी दिएका हुन् । कास्की काँग्रेसका सभापति कृष्ण केसी समेत...
काँग्रेसद्वारा डा. पौडेल सम्मानित
पोखरा, ३ कात्तिक । नेपाली काँग्रेस कालावाङ घडेरी टोल इकाइ समिति पोखरा २२ ले पिएचडी गर्न सफल डा. कृष्णप्रसाद पौडेललाई सम्मान गरेको छ । पोखरा २२ पुम्दीभुम्दीका जन्मेका पौडेलले नलेज मेनेजमेण्टमा पिएचडी गरी पुम्दीभुम्दीको गौरव बढाएको भन्दै उनलाई सम्मान गरिएको हो । पौडेल नेपाली काँग्रेस शिक्षा विभागका सचिव समेत हुन् । नेपाली काँग्रेसका अग्रज नेता...
कास्की काँग्रेसद्वारा शुभकामना,  सरकारले चाडपर्वमा महंगी नियन्त्रण गर्न नसकेकोमा चिन्ता व्यक्त
पोखरा, १ कात्तिक । नेपाली काँग्रेस कास्कीले विजया दशमी, दिपावली, छठ, नेपाल सम्वत् र इदको अवसरमा शुभकामना व्यक्त गरेको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीले विज्ञप्ति प्रकाशित गरी सम्पूर्ण नेपालीमा सुख, शान्ति र सम्वृद्विको शुभकामना व्यक्त गरेका हुन् । कोरोनाका कारण यसपटक विगतमा जस्तो चाडपर्व मनाउन सहज अवस्था नरहेपनि आवश्यक सावधानी र सतर्कता अपनाउदै...