समाचार

चट्याङ प¥यो, एक जनाको मृत्यु
इनरुवा, १८ वैशाख(रासस) ।सुनसरी, गढी गाउँपालिका– २ औरावनीका एक जनाको चट्याङ लागेर आज मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षीय रघुनाथ यादव छन् । सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले भैँसी चराउन खेततर्फ गएका बेला चट्याङमा परेर यादवको मृत्यु भएको जानकारी दिनुभयो ।
झा दम्पतीलाई बेपत्ता पारी हत्याको आरोपमा सात जना कारागार चलान
जलेश्वर, १७ वैशाख (रासस) । एक दम्पतीको हत्या प्रकरणमा पक्राउ परेका सात जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । घरमा सुतिरहेका अवस्थामा महोत्तरीको पिपरा गाउँपालिका–५ का ६५ वर्षीय मुसाफिर झा र उनकी ५८ वर्षीया पत्नी गीतादेवीलाई गत फागुन १० गते राति ओछ्यानसहित बेपत्ता पारी हत्या गरेको आरोपमा जिल्ला अदालत महोत्तरीेले पक्राउ परेका सात जनालाई...
कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स
काठमाडौँ, १५ वैशाख (रासस) । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ । पछिल्लो समय काररोना भाइरसका बिरामीको सङ्ख्या बढ्दै गएकाले यसको न्यूनीकरण, रोकथाम र नियन्त्रणका लागि छलफल गर्न कामपाको मङ्गलबार बसेको विशेष कार्यपालिका बैठकमा यस किसिमको निर्णय भएको हो । “हामीले...
पोखरा–४ का अध्यक्ष बास्तोलालाई पोखरा बहुमुखी क्याम्पसको आजिवन सदस्यता
पोखरा, ९ वैशाख । पोखरा बहुमुखी क्याम्पसले पोखरा महानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष शंकर प्रसाद बास्तोलालाई आजिवन सदस्यताको प्रमाण–पत्र प्रदान गरेको छ । पोखरा महानगरपालिका वडा नं.९ नयाँबजार स्थित उक्त क्याम्पसको समग्र विकासमा योगदान पु¥याएको भन्दै क्याम्पसले अध्यक्ष बास्तोलालाई सम्मान गरेको हो । बुधबार वडा नम्बर चारको कार्यालयमा पुगेर अध्यक्षको कार्यकक्षमा नै क्याम्पसले...
कांग्रेस केन्द्रीय समिति बैठक स्थगित
काठमाडौँ, ३० चैत (रासस)। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज दिउँसो २ बजे बोलाइएको बैठक स्थगित भएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलका माइला भाइ गोविन्दराज पौडेलको आज बिहान चितवनको रत्ननगरमा निधन भएपछि बैठक स्थगन गरिएको पार्टी कार्यालयले जनाएको छ । बैठकमा आसन्न १४औँ महाधिवेशन तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्ने कार्यसूची तय भएको थियो...
पोखरा २१ मा विवेकशील साझा पार्टी
पोखरा, २२ चैत । विवेकशील साझा पार्टीले पोखरा २१ मा छबे कामीको संयोजकत्वमा १९ सदस्यीय वडा समिति गठन गरेको छ । समितिको सहसंयोजकमा मनबहादुर सुनार, सचिवमा अर्जुन सुनार, सहसचिवमा युवराज पौडेल र कोषाध्यक्षमा महेन्द्र सुनार छन् । भेलामा बोल्दै विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य रजनी केसीले विवेकशील साझा पार्टी गाउँ÷गाउँमा पुग्ने बताइन् । कार्यक्रममा विवेकशील...
बढ्यो सुनको मूल्य
काठमाडौँ, १ चैत (रासस) । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु ४०० ले उकालो लागेको छ । चैत महिनाको पहिलो दिन नै छापवाला सुन तोलामा रु ८६ हजार ६०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । फागुन २८ गते अर्थात् शुक्रबार छापवाला सुन तोलामा रु ८६ हजार २०० मा कारोवार भएको...
कास्कीमा विद्युत आपुर्ति अवरुद्व हुने
पोखरा, २२ फागुन । कास्की जिल्लामा आज विद्युत आपुर्ति अवरुद्व हुने भएको छ । शनिवार बिहान १० देखि दिउँसो १ बजेसम्म विद्युत आपुर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले जनाएको छ । लेखनाथ शब स्टेशनमा १३२ के.भी लाईन बे एक्सटेन्सन कार्यका लागि कास्कीमा विद्युत आपुर्ति अवरुद्व हुने भएको हो ।
जिम्मेवारीपूर्वक काम नगर्ने चिकित्सकसँग दोस्रो पटक स्पष्टिकरण माग
वाग्मती, २० फागुन (रासस)। वाग्मती प्रदेश राजधानी मकवानपुरको हेटौँडामा अवस्थित हेटौँडा अस्पतालमा कार्यरत दुई चिकित्सकलाई दोस्रो पटक स्पष्टीकरण सोधिएको छ । दुवै चिकित्सकले आफ्नो कार्यालय समयमा जिम्मेवारीपूर्वक भूमिका निर्वाह नगरेको पाइएकाले डा बुद्धीराज पाण्डे र डा साजित अन्सारीलाई अस्पतालका निमित्त प्रमुख सुपरिटेन्डेन्ट डा प्रवीण श्रेष्ठले २४ घण्टे स्पष्टीकरण सोधेका हुन् । अन्सारी ड्युटीको समयमा पनि...
सधै जसो कृषि तथा वन विज्ञान विश्वविद्यालयमा  तालाबन्दी
चितवन, १५ फागुन (रासस)। ताला खुल्न नसकेपछि यहाँको कृषि तथा वन विज्ञान विश्वविद्यालय अस्तव्यस्त बनेको छ । आर्थिक वर्षको सात महिना कटिसक्दा पनि विश्वविद्यालय सभा हुन सकेको छैन । विश्वविद्यालयभित्र राजनीतिक खिचातानी र गुटगत झगडाका कारण विश्वविद्यालय अस्तव्यस्त बन्दै गएको हो । विश्वविद्यालयको उपकुलपति, रजिष्ट्रार, डीनलगायतका महत्वपूर्ण पदमा नियुक्ति भई सके पनि निर्देशक, परीक्षा नियन्त्रक,...
पोखराको पार्किङ बारे व्यवसायीले के भने ?
पोखरा, ७ फागुन । पोखरा उद्योग वाणिज्य संघले पोखराको पार्किङ समस्या सुल्झाउनको लागि उद्योगी÷व्यवसायीबाट सुझाव संकलन सुरु गरेको छ । संघको फुटपाथ तथा बजार व्यवस्थापन उपसमितिको आयोजनामा बिहीबार भएको कार्यक्रममा बोल्दै संघका अध्यक्ष नारायण कोइरालाले बजार क्षेत्रमा देखिएको पार्किङ समस्या समाधानको उपाय खोज्ने उद्देश्यले सुझाव संकलन थालिएको बताए । उनले व्यवसायीले दिएका सुझावहरुको आधारमा संघले...