समाचार

नेपालमा १० जनामा कालो ढुसीको संक्रमण ,धनगढीमा एकको मृत्यु
काठमाडौँ, २० जेठ (रासस) । नेपालमा पनि कालो ढुसी (ब्ल्याक फङ्गस)का बिरामी भेटिएका छन् । नेपालमा अहिलेसम्म १० जनामा कालो ढुसीका बिरामी पुष्टि भएको जनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले पुष्टि भएकामध्ये आठ जना मन्त्रालयको सम्पर्कमा र अन्य दुई सम्पर्कमा नआएको बताउनुभयो । उहाँका अनुसार कालो ढुसीका बिरामी नेपालगञ्ज, वीरगञ्ज...
पर्खाल भत्कँदा दुईको मृत्यु, दुई घाइते
काठमाडौँ, १९ जेठ (रासस) । काठमाडौँको चन्द्रागिरि नगरपालिका–१३ पुरानो नैकाप नजीकै रहेको कङ्कालीमा ढुङ्गाको पर्खाल भत्किँदा आज दुईजनाको मृत्यु भएको हो । महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रमुख, प्रहरी निरीक्षक गणेशचन्द्र कोइरालाले जग्गामा लगाइएको पर्खाल भत्किएर किच्दा दुईको मृत्यु र अन्य दुईजना घाइते भएको जानकारी दिनुभयो । मृत्यु हुनेमा उदयपुरका ३५ वर्षीया सीता राई र मकवानपुरका...
बढ्यो सेती (भिडियोसहित)
पोखरा, १४ जेठ । चक्रवातका कारण बिहीबारदेखि देशभर वर्षा भइरहेको छ । वर्षाका कारण खोला र नदीमा पानिको बहाव बढ्दै गइरहेको छ । वर्षाका कारण बाढीपहिरो जस्ता घटना हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ । पोखरामा पनि सेती नदीको वहाब बढेको छ ।
पोउवा संघका पूर्व अध्यक्ष कर्माचार्यको निधन
पोखरा, १३ जेठ । पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष, मानार्थ सदस्य तथा सल्लाहकार रमेश कर्माचार्यकोे निधन भएको छ । जेठ १३ गते बिहीबार बिहान ३ः२० बजे काठमाडौंको निदान अस्पतालमा उहाँको निधन भएको हो । २०१३ साल असोज २१ गते पोखराको रानीपौवामा जन्मनु भएका कर्माचार्य संघको साधारण सदस्य, २०४७ सालमा कार्यसमिति सदस्य, २०५३–२०५५मा उपमहासचिव, २०५७–२०५९मा...
खाना पकाउने ग्यास चुहिँदा आगलागी
पाँचथर, ७ जेठ (रासस) । कुम्मायक गाउँपालिकाको एक घरमा आगलागी हुँदा रू १९ लाख ४६ हजारको क्षति भएको छ । प्रहरीका अनुसार वडा नं ४ यासोक बजारका प्रकाश काफ्लेको चार तल्ले घरको चौथो तल्लामा आज बिहान आगलागी हुँदा काठ, जस्ता र प्लाईले बनेको चौथो तला जलेर नष्ठ हुँदा उक्त क्षति भएको हो । खाना पकाउने...
तमोर करिडोरमा लडेर एक मजदुरको मृत्यु
फुङ्लिङ, ६ जेठ (रासस)। तमोर करिडोरअन्तर्गत निर्माणाधीन मोटरेबल रानीपुलमा कार्यारत एक मजदुरको लडेर मृत्यु भएको छ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका—६ तामोर नदीमाथि मोटरेबल पुल निमार्णका क्रममा बुधबार रातको समयमा लडेर बारा जिल्लाको सिमरा क्षेत्रका २६ वर्षीय श्यामसुन्दर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । चौधरीको बुधबार साँझ ७ बजे लडेर घटनास्थलमै मृत्यु...
सीता उत्पत्ति दिवस (जयन्ती) मनाइँदै
काठमाडौँ, ६ जेठ (रासस) । प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै छ । त्रेता युगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा रामायणलगायत वैदिक दर्शनका धर्मग्रन्थ एवं पुराणमा वर्णन गरिएको छ । भगवान् विष्णुको...
विवाहभोज खाएपछि सङ्क्रमण, एकै घरका तीनको मृत्यु
बलेवा, ३१ वैशाख (रासस) । बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो । बडिगाड–४ को जलजलामा दुई हप्ताअघि विवाहभोज खाएकाहरू नै सङ्क्रमित भएका थिए । मृत्यु हुनेमा पनि विवाहभोजमा गएका नै रहेको स्थानीयवासीले बताएका छन् । स्वास्थ्य कार्यालयका अनुसार मृत्यु हुनेमा एकै घरका...
घर बाहिर ननिस्कन आदेश
सुरुङ्गा (झापा) ३१ वैशाख (रासस) । झापामा थप एक साताका लागि निषेधाज्ञा लम्बिएको छ । जिल्ला प्रशासन कार्यालय झापामा बसेको जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र डीसीसीएमसीको बैठकले आगामी जेठ ७ गते मध्याराति १२ बजेसम्मका लागि निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो । झापामा यस अघि वैशाख १९ गतेदेखि पहिलो चरणका लागि निषेधाज्ञा लगाइएको थियो । पहिलो...
कोरोना नियन्त्रणमा हेमजावासीको सक्रियता
पोखरा, २७ वैशाख। पोखरा २५ हेमजावासीले कोरोनाको संक्रमण नियन्त्रणका लागि सक्रिय भएका छन् । उनीहरुले जुममार्फत् भेला गरी वडा कार्यालयलाई कोरोनो नियन्त्रणका लागि सहयोग र समन्वय गर्नका लागि समिति गठन गरेका छन् । जागरण अभियान नेपाल हेमजा र राष्ट्रिय परोपकार महासंघ हेमजाको पहलमा गरिएको भेलामा स्थानीय संघसंसथा, बुद्विजीवी र सामाजिक अभियन्ताको सहभागिता रहेको थियो। भेलाले...
गोरुको टाउँकोसहित दुई पक्राउ
पोखरा, २२ वैशाख । पोखरामा बुधबार गोरु काटेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले पोखरा महानगरपालिका वडा नं.१८ लामागाँउ बस्ने वर्ष ८४ का विर बहादुर तामाङ र धारापानी बस्ने वर्ष ५० का गंगा बहादुर गुरुङलाई पक्राउ गरेको हो । गोेरु काटेको भन्ने सूचनामा आधारमा पुगेको प्रहरीले टोलीले गोरुको टाउँको, मासु र मासु...
वैशाखमै पहिराको वितण्डा
ओखलढुङ्गा, १९ वैशाख (रासस) । ओखलढुङ्गामा पहिराले वितण्डा मच्चाएको छ । सामान्यतया असार÷साउन महिनामा पहिराले क्षति गर्ने भए पनि ओखलढुङ्गाको चम्पादेवीमा यस वर्ष वैशाखमै पहिरो गएको हो । शनिबार साँझ भएको वर्षापछि आएको पहिराले चम्पादेवी गाउँपालिका–३ सिल्खुबेँसीमा सात चौपाय पुरिएर मरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक शिव कट्टेलले जानकारी दिनुभयो । प्रहरीका अनुसार सिल्खुबेँसीका...