समाचार

निर्माणाधीन घरको छतबाट खस्दा मृत्यु
मध्यपुरथिमि, २० असार (रासस) । मध्यपुरथिमि नगरपालिका –१ लोकन्थली रमाइलो चोकमा रहेको राजु श्रेष्ठको चार तले निर्माणाधीन घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । राति घरका छतमा सुत्न जाने क्रममा रेलिङ नभएको भ¥याङबाट लडेर खस्दा सोही घरमा परिवारसहित काम गर्न बसेकी मजदुर ३० वर्षीया लीला सदाको घटनास्थलमा मृत्यु भएको हो । सिन्धुली दुधौली...
नारायणगढ–मुग्लिन सडकमा तीन दिन देखि पहिरै पहिरा
चितवन, १९ असार(रासस) । निरन्तरको वर्षासँगै पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड तीन दिनदेखि अवरुद्ध हुँदै आएको छ । बिहिबार र शुक्रबार केही समय सडक खुलाउन सकिएपनि अन्य समय पहिराले सडक अवरुद्ध रहेको हो । डिभिजन सडक कार्यालय चितवनका सूचना अधिकारी इञ्जिनीयर शिव खनालका अनुसार सडकको सेती दोभान, चारकिलो र पाँचकिलोमा ठूलो पहिरो खसेको छ ।...
पृथ्वी राजमार्गमा ठाउँठाउँमा पहिरो, राजमार्ग अवरुद्ध
तनहुँ, १७ असार (रासस) ।मङ्गलबार साँझदेखि परेको अविरल वर्षापछि गएको पहिरोले ठाउँठाउँमा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । तनहुँको पूर्वी नाका आँबुखैरेनीदेखि पश्चिम नाका कोत्रेसम्मको करिब ७२ किलोमिटर दूरी पर्ने राजमार्गको ठाउँठाउँमा पहिरो जाँदा अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार शुक्लागण्डकी नगरपालिका–७ कुम्लेखोला नजिक पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ...
युआरएल हस्पिटलचोकमा सुगर जाँच सित्तैमा, अन्यमा ३० प्रतिशत छुट
पोखरा, १६ असार । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)को हस्पिटलचोक शाखाले असार महिनाभर सुगर सित्तैमा जाँच गर्ने भएको छ । गण्डकी प्रदेशकै पहिलो र अग्रणी रेफरेन्स ल्याब युआरएलले हस्पिटलचोकमा शाखा सुरुआत भएको अवसरमा भिटामिन, होलबडी, क्यान्सर, थाइराइड लगायत सबै रगत जाँचमा ३० प्रतिशत छुट दिएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी...
नेलम्बोद्वारा शुक्रराज माविलाई सहयोग
पोखरा, १५ असार । पोखरा गैहपाटनस्थित नेलम्बो नेपालले पोखरा २२ पुम्दीभुम्दीस्थित शुक्रराज माविलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । विद्यालयलाई डिस्पोजेवल माक्स, फेस शिल्ड, केएन ९५ माक्स, सेनिटाइजर, हेण्ड फ्रि सेनिटाइजर स्ट्याण्ड, थर्मल गन, हात धुने साबुन, स्प्रे बोतल र कोभिड १९ सम्बन्धी सचेतनामूलक ब्रोसर गरी २७ हजार एक सय ६० रुपैया बराबरको स्वास्थ्य सामाग्री...
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा चौथो दिनको सुनुवाइ शुरु
काठमाडौँ, १३ असार (रासस) । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा आज चोथो दिन सुनुवाइ शुरु भएको छ । रिट निवेदक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ निवर्तमान सांसदले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ शुरु भएको हो । देउवा पक्षका कानून व्यवसायी वरिष्ठ अधिवक्ता सविता भण्डारीले बहस शुरु गर्दैै प्रतिनिधिसभा विघटन असंवैधानिक भएको तर्क राख्नुभयो...
बन्चरो प्रहार गरी श्रीमतीको हत्या
देउखुरी, ४ असार (रासस) । घोराहीमा बञ्चरो प्रहार गरी श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका–३ बेलुवा निवासी ५७ वर्षीय मुकुन्दलाल चौधरीले बञ्चरो प्रहार गरी ४६ वर्षीया स्यानाकुमारी चौधरीको हत्या गरेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो । सामान्य घरायसी विवादका कारण बुधबार बेलुका पौने ६ बजेतिर मुकुन्दलालले टाउकामा...
कालीगण्डकी उर्लिएपछि पर्वतको सेतीवेणीबजार डुबानमा
पर्वत, १ असार (रासस) । लगातार परेको अविरल वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला र त्यस क्षेत्रका बजार डुबानमा परेको छ । पर्वत, स्याङजा र गूल्मीको सिमानामा पर्ने पर्वतको विहादी गाउँपालिका–६ सेतीवेणीमा रहेको स्याङ्जातर्फको बजार डुबानमा परेको हो । कालीगण्डकीमा पानीको सतह २८ वर्ष यताकै उच्च विन्दुमा पुगेपछि शिला र बजार पूर्णरूपमा डुबानमा परेको स्थानीय...
उद्योगमा विष्फोट, एक मजदूरको मृत्यु
राँझा, ३० जेठ (रासस)। बाँकेको पार्वतीपुर औद्योगिक करिडोरमा रहेको एक प्लाइउड उद्योगमा विष्फोट हुँदा एक मजदूरको मृत्यु भएको छ । कोहलपुर नगरपालिका—१४ स्थित पार्वतीपुरमा रहेको गणपति डोर एण्ड प्लाई बोर्ड इन्डस्ट्रिज प्रालिमा रहेको स्टिम बोइलर मेसिन अचानक विष्फोट हुँदा बारबर्दिया नगरपालिका वडा नं. ९ बर्दिया निवासी खुशीराम थारुको मृत्यु भएको थियो । इलाका प्रहरी कार्यालय...
कालोपत्रे गरेको महिना दिन नपुग्दै उप्किएपछि विरोध
प्रकाश मिश्र धनगढी, २८ जेठ (रासस) ।कैलालीको बर्दगोरिया गाउँपालिका– ५ मा काम सम्पन्न भएको महिना दिन नपुग्दै सडकको कालोपत्रे उप्किन थालेपछि स्थानीयवासीले मापदण्ड अनुसार काम नभएको भन्दै विरोध गरेका छन् । सडकको निर्माणको ठेक्का पाएको बस्नेत बिल्डर्स, कञ्चनपुरबाट गुणस्तरीय काम नगरेको भन्दै स्थानीयवासीले विरोध गरेका हुन् । गाउँपालिकाको २ हजार ७ सय ४० मिटर सडक...
भेडासँग जीवन बिताएका मनबहादुरको अमेरिका जाने मन
रमेश केसी बझाङ, २६ जेठ (रासस) । हुम्ला जिल्लाको सिमकोट सेमन्या घर भई करिब ४० वर्षदेखि बझाङको साईपाल गाउँपालिकामा बस्दै आएका मनबहादुर महत अहिले उमेरले ७६ वर्ष पुगे । हातमा चुरोट सल्काउँदै ४० वर्ष अगाडि बझाङ सदरमुकाम चैनपुर सम्झदै उनले भने, “चैनपुरमा औँलामा गन्ने घरहरु थिए । चैनपुरमा पाठा लिएर आउँदा, पाठा देउ जग्गा लेउ...
के होला शैक्षिकसत्र ?
–प्रकाश सिलवाल काठमाडौँ, २३ जेठ (रासस) ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले आउँदो असार १ गतेदेखि वैकल्पिक माध्यमबाट नयाँ शैक्षिकसत्र शुरु निर्देशन दिनुभएको छ भने विद्यालय शिक्षाको एक मुख्य पक्ष शिक्षक समुदायले हतार नगर्न आग्रह गरेको छ । शिक्षामन्त्री श्रेष्ठले असार १ गतेबाट नयाँ भर्ना प्रक्रिया र कक्षा सञ्चालन गर्न आग्रह गर्दै त्यसका लागि कार्यक्रम...