समाचार

एक वर्षमा १३२ दुर्घटना, ४६ ले ज्यान गुमाए
कावासोती, ८ साउन (रासस) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी ४६ जनाले ज्यान गुमाएका छन् । गत आर्थिक वर्ष २०७७/७८ मा भएको १३२ सवारी दुर्घटनामा परेर उक्त सङ्ख्यामा ज्यान गुमाएका हुन् । ज्यान गुमाउनेमा सबैभन्दा बढी पुरुष ४० जना रहेका छन् भने महिला चार र ज्यान गुमाउने बालकको सङ्ख्या दुई...
एसइईको नतिजाअगावै भर्ना नलिन आग्रह
काठमाडौँ, ४ आउन (रासस) । काठमाडौँ महानगरपालिकाले एसइईको परीक्षा नतिजा प्रकाशन हुनुभन्दा पहिले नै कक्षा ११ को भर्ना नलिन सम्बन्धित सबैलार्ई आग्रह गरेको छ । महानगरपालिका शिक्षा विभागले सूचना जारी गर्दै विद्यालय शिक्षा व्यवस्थापन निमावाली २०७४ को नियम ४८ (६) मा भएको व्यवस्थाविपरीत कतिपय माध्यमिक विद्यालय र कलेजले शैक्षिकसत्र २०७७ को एसइईको परीक्षा नतिजा प्रकाशन...
काँग्रेस संसदीय दलको बैठक आइतबार
काठमाडौँ, २ साउन (रासस) ।नेपाली काँग्रेस संसदीय दलको बैठक साउन ३ गते दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएको छ । पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुभएपछि दलको पहिलोपटक बैठक बस्न लागेको हो । सांसद डिला सङ्ग्रौलाले संसदीय दलको बैठक आइतबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्न लागेको राससलाई जानकारी...
आज सार्वजनिक बिदा
कर्णाली, १ साउन (रासस) ।  प्रदेश सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा प्रदेशका सबै जिल्लामा लागू हुने गरी बिदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता तुल खड्काले आज प्रदेशका सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय...
सेनाका सिपाहीले बाँया कन्चटमा गोली हानी आत्महत्या
जलेश्वर, ३० असार (रासस) । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–९ प्रकौलीमा अवस्थित नेपाली सेनाको रणभीम गण (ब्यारेक)मा आज बिहान नेपाली सेनाका एक सिपालीले आफैँलाई गोली हानी आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका–५ घर भएका सोमबहादुर तामाङका छोरा २३ वर्षीय सिपाही अम्बिर...
फैसलाको टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो – ‘खेल खेल्ने खेलाडीले हो, रेफ्रीले खेल्दा समस्या’
काठमाडौँ, २९ असार (रासस) । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वाेच्च अदालतले अत्यधिक न्यायिक सक्रियतासहित राजनीतिक विषयमा हात हालेर दलीय व्यवस्थामाथि धक्का दिन खोजेको टिप्पणी गर्नुभएको छ । देशवासीका नाममा आज सम्बोधनका क्रममा उहाँले कहिलेकाँही मागै नभएका विषयमा पनि हात हालेर गन्तव्यमा पुग्न नसकिने जनाउँदै भन्नुभयो, ‘खेल खेल्ने जिम्मेवारी खेलाडीहरुको हो तर रेफ्री आफैँले खेल खेल्ने...
विद्युत् र इन्टरनेट नहुँदा गाउँपालिकाको सेवा ठप्प
म्याग्दी, २८ असार (रासस) । विद्युत् र इन्टरनेट नहुँदा जिल्लाको धवलागिरि गाउँपालिकाको सेवा ठप्प बनेको छ । आर्थिक वर्षको अन्तिममा गाउँपालिकाको केन्द्र मुनामा विद्युत्, मोवाइल फोन र इन्टरनेट ठप्प हुँदा सेवाग्राहीलाई समस्या भएको छ भने जनप्रतिनिधि र कर्मचारीलाई काम गर्न अप्ठ्यारो भएको छ । बर्सातसँगैको पहिरोले विद्युत्को पोल, लाइन र इन्टरनेटको फाइबर चुँडाएपछि प्रशासनिक, आर्थिक...
हिरासतको ग्रिल काटेर थुनुवा फरार
लहान, २६ असार (रासस) । इलाका प्रहरी कार्यालय लहानको हिरासतमा रहेका एक थुनुवा आज फरार भएका छन् । लागुऔषध मुद्दामा गत जेठ २० गते पक्राउ परेका सिरहाको नवराजपुर गाउँपालिका–१ निवासी ३५ वर्षीय पशुपति यादव बिहान २ः०० बजेतिर हिरासतको ग्रिल काटेर फरार भएका हुन् । प्रहरीको आँखा छलेर हिरासतको ग्रिल काटेर फरार भएका यादवको खोजी भइरहेको...
रेबिजबाट एकै गाउँका तीन जनाको मृत्यु
राजकुमार पराजुली काभ्रेपलाञ्चोक, २५ असार (रासस)। प्राणघातक रोग रेबिजबाट काभ्रेपलाञ्चोकमा तीन जनाको मृत्यु भएको छ । एक महीनाको अवधिमा जिल्लाको एकै गाउँका आठ वर्षीय बालकसहित तीनको मृत्यु भएको हो । मृत्यु हुनेमा चौँरीदेउराली गाउँपालिका–६ का आठ वर्षीय सुशन पहरी, ४४ वर्षीय सुब्बा लामा र ८० वर्षीय तेजप्रसाद पन्त रहेका छन् । पहरीको गत वैशाख १०...
यस्तो छ एमालेभित्रको तयारी
काठमाडौँ, २४ असार (रासस) । नेकपा (एमाले) कार्यदलले विवाद समाधान खाका तयार गरिसकेकाले पार्टी एकताबद्ध भएको घोषणा हुने भएको छ । कार्यदलको आज दिउँसो सिंहदरबारमा भएको छलफलमा पार्टीभित्रको विवादलाई सहमतिका आधारमा अन्तिम रूप दिने तयारी भएको हो । एमाले नेता सुवास नेम्वाङले आज साँझ पुनः कार्यदलको बैठक बसी पार्टीभित्रका सबै समस्या समाधान गरिने बताउनुभयो ।...
लायन्स क्लब लालिगँुरासद्धारा जनप्रियमा छात्रावृत्ति अक्षयकोष
पोखरा, २३ असार । लायन्स क्लब अफ पोखरा लालिगुँरासले पोखरामा रहेको जनप्रिय माविमा अक्षयकोष स्थापना गरेको छ । लायन्स क्लब अफ पोखरा लालिगुँरास वर्ष २०२१–२२ का अध्यक्ष कपिलदेव शर्माले क्लबले सञ्चालन गर्ने गरी अक्षयकोष स्थापना गर्नुभएको हो । क्लबको माइनुट हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब डिष्ट्रिक ३२५ वी १ का एलसिआईएफ डिष्ट्रिक कोर्डिनेटर मोतिराज...