समाचार

‘कास्कीकोटलाई अगाडि ल्याऔं’
पोखरा, १३ कात्तिक । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र पोख्रेल नेपालीले कास्कीकोट ऐतिहासिक स्थल भएकाले त्यसलाई अगाडि ल्याउनुपर्ने बताउनु भएको छ । कास्कीकोट पोखरा सम्पर्क समितिले पोखरामा शनिवार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले ऐतिहासिक स्थलको महत्व हराउन दिन नहुने उल्लेख गर्नुभयो । उहाँले समाजसेवामा लाग्नेहरुलाई सम्मान गर्नुपर्ने बताउनुभयो। ‘समाज सेवामा लाग्नेहरुले आफ्नै स्रोत साधन...
छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु
मलङ्गवा, ७ कात्तिक (रासस) । सर्लाहीमा शनिबार बेग्लाबेग्लै दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । करेन्ट लागेर दुई जनाको र एक बालकलाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ईश्वरपुर नगरपालिका–१५ सुकनाहामा ट्य्बेलमा पानी चलाउने क्रममा अचानक करेन्ट लाग्दा ब्रहम्पुरी गाउँपालिका–७ मोहनगङ्जका २८ वर्षीया पपितादेवी साहको मृत्यु भएको ब्रहम्पुरी कार्यपालिका...
नेपालमा कोरोना सङ्क्रमण ६० प्रतिशतले घट्यो
काठमाडौं, २४ असोज (रासस)।नेपालमा कोरोना भाइरसको सङ्क्रमण ६० प्रतिशतले घटेको जनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालये ६० प्रतिशतले सङ्क्रमण घटेको जनाएको हो । मन्त्राययका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले एक महिनाका बीचमा ६० प्रतिशतले सङ्क्रमण घटेको जानकारी दिनुभयो । उहाँका अनुसार भदौको पहिलो साता ४० हजार ३३८ जना सक्रिय सङ्क्रमित रहेकामा अहिले असोजको पहिलो साता...
टेलिकमको एफटिएच प्रविधि लमजुङ जिल्लामा सुरु
पोखरा, २१ असोज । नेपाल टेलिकमको द्रुत गतिमा इन्टरनेट चल्ने एफटिएच प्रविधि लमजुङ जिल्लामा सुरु भएको छ। नेपाल टेलिकम पोखराका कार्यालय प्रमुख रवी मानन्धरले लमजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी हुमप्रसाद लुईटेललाई सिपिई हस्तान्तरण गरि एफटिएच सेवा शुभारम्भ गर्नुभएको हो । प्रमुख जिल्ला अधिकारी लुइटेलले लमजुङ जिल्लामा नेपाल टेलिकमले द्रुत गतिको इन्टरनेट, फोन र टिभी सेवा...
सिग्देललाई मातृ शोक
पोखरा, ३० भदौ । पूर्व कर्मचारी सेवा परिषद् कास्कीका पूर्व अध्यक्ष कृष्णकान्त सिग्देललाई मातृ शोक परेको छ । उहाँकी ममतामयी माता लिलावती सिग्देलको ९८ वर्षको उमेरमा बुधबार निधन भएको हो । उहाँ झण्डै डेढ महिना अघिदेखि बिरामी हुनुहुन्थ्यो । उहाँको पार्थिव शरीर पोखरा रामघाटस्थित सेती नदी किनारमा अन्त्येष्टि गरिएको छ । शव यात्रामा आफन्त, शुभेच्छुक...
उपसभापतिमा अधिकारीको उम्मेद्वारी
पोखरा, २५ भदौ । पोखरा महानगरपालिका वडा नं ३३ बागमाराका कृष्ण प्रसाद अधिकारीले उपसभापति पदमा आफ्नो उम्मेद्वारी घोषणा गर्नुभएको छ । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भदौ २७ गते हुने पोखरा महानगरपालिका समितिको उपसभापतिमा उहाँले उम्मेद्वारी घोषणा गर्नुभएको हो । यसअघि उहाँ पोखरा महानगरपालिका समितिको सदस्यमा निर्वाचित हुनुहुन्थ्यो । पार्टीको विकास, विस्तार र सदृढिकरणका...
खम्बाबाट खसेर निखिलको मृत्यु
ओखलढुङ्गा, १९ भदौ (रासस) । विद्युत्को खम्बाबाट खसेर एक युवकको ज्यान गएको छ । आज दिउँसो सोलु करिडोर प्रसारण लाइनको विद्युत्को खम्बाबाट खसेर सिद्धिचरण नगरपालिका–४ रुम्जटारका १९ वर्षीय निखिल फुँयालको मृत्यु भएको हो । मानभञ्ज्याङ गाउँपालिका–७ माझीगाउँमा सोलु करिडोर ३३ केभी प्रसारण लाइनको विद्युत्को तार विस्तार गर्ने क्रममा खमबाबाट खसेर फुँयालको मृत्यु भएको जिल्ला प्रहरी...
कम हुँदै सङ्क्रमण
काठमाडौँ, १३ भदौ (रासस) :पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमण कम भएको छ । यस अवधिमा एक हजार ३८८ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । शनिबार एक हजार ८५७ जनामा सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकानुसार सात हजार २५९ जनाको पीसीआर परीक्षणमा एक हजार २१४ र तीन हजार ३८ जनाको एन्टिजेन...
मकै जोगाउन रातमा जाग्राम
डोटी, १३ भदौ (रासस) । जिल्लामा जङ्ली जनावरले मकै खाएर नोक्सान गर्न थालेपछि किसान चिन्तित बन्न थालेका छन् । थन्क्याउने बेला भएको मकैबाली दिउँसो बाँदर तथा रातिका समयमा स्याल, बँदेल र दुम्सीले खाएपछि उनीहरु समस्यामा परेका हुन् । यहाँका जोरायल, मन्नकापडी, बर्छैन, गड्सेरा, आर्शद, सायल, मौवा, कपल्लेकी, मुडभारा, फन्नी, मजलकटिया, तलिगाउँ, दल्ल, धामीगाउँलगायतका क्षेत्रमा जनावरले...
विद्यालय सञ्चालनको तयारी
राजविराज, ११ भदौ (रासस) । कोरोना महामारीका कारण लामो समयदेखि सप्तरीमा बन्द रहेका विद्यालय सञ्चालन गर्ने तयारी गरिएको छ । स्वास्थ्य मापदण्डको पालना गरी १८वटै स्थानीय तहका विद्यालय सञ्चालन गर्न छलफल सुरु गरिएको हो । विद्यालय सञ्चालन गर्ने विषयमा स्थानीय तहका प्रमुखहरू छलफलमा जुटेका हुन् । जिल्ला समवन्य समितिमा बसेको स्थानीय तहका प्रमुखको बैठकले विद्यालय...
उर्जा मन्त्री आचार्य निरीक्षणमा
पोखरा, १० भदौ । उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले बिहीबार पोखरा १३ र १४ का विभिन्न स्थानको निरीक्षण गरी त्यहाँका समस्या बारे जानकारी लिनुभएको छ । उहाँले पोखरा १३ को काँहुखोला बाढी प्रभावित क्षेत्र र पोखरा १४ चाउथे पुगेर खानेपानी समस्या बारे जानकारी लिनुभएको हो । मन्त्री आचार्यलाई पोखरा १३ का वडा अध्यक्ष...
मनाङका बाढी पीडितलाई प्रदेश सरकारको राहत
पोखरा, १ भदौ । गण्डकी प्रदेश सरकारले मनाङका बाढी पीडितलाई विशेष राहतको घोषणा गरेको छ । प्रदेशको दुर्गम जिल्लामा बाढीले पु¥याएको क्षतिको मूल्यांकन गरी उक्त राहत प्रदान गर्न लागिएको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताउनुभयो । मुख्यमन्त्री पोखरेल र अर्थमन्त्री रामजीप्रसाद बराल जीवनले सोमबार जिल्लाको नासों गाउँपालिका २ ठाउँमा पुगेर क्षतिग्रस्तस्थलको अवलोकन गर्नुभयो । स्थानीय पीडितसँगको...