वैशाख ८, हेमजा । पोखरा २५ स्थित हेमजा स्वास्थ्य चौकीको आयोजना तथा स्वास्थ्थ महाशाखाको समन्वय र कोशिश संस्थाको सहयोगमा एक दिने मनोेसामाजिक सु–स्वास्थ्य तथा आत्महत्या रोकथाम सम्बन्धी अभिमुखिकरण तालिम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न क्षेत्रका ४० जनाको सहभागिता रहेको थियो । आत्महत्याको जोखिम न्यूनीकरणका उपायहरु,आत्महत्या सम्बन्धी भ्रम र तथ्यहरु, मानसिक स्वास्थ्य समस्याका कारण तथा...