समाज

दशैंको तेस्रो दिन आज चन्द्रघण्टाको पूजा गरियो
काठमाडौं । दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरियो । घटस्थापना गरेसँगै देवीका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा अनुुसार आज चन्द्रघण्टाको पूजा गरिएको हो । दशैं सुरु भएदेखि नै देवी मन्दिरहरुमा पूजा गर्नेहरुको आज पनि भीड लागेको थियो । काठमाडौं उपत्यकाका गुहृयेश्वरी, मैतिदेवी, दक्षिणकाली, भद्रकाली, नक्साल भगवती, कालिकास्थान, शोभा भगवती, तलेजुभवानी, विजेश्वरी, इन्द्रायणी...
हराउँदै चर्खे पिङ, संरक्षणमा छैन चासो
गलकोट । बागलुङ नगरपालिका-५ स्थित साझखोलामा गतवर्ष सामुदायिक वन र स्थानीयवासीको सक्रियतामा चर्खेपिङ हालियो । चर्खेपिङ संरक्षण गर्ने उद्देश्यले यहाँको सुनाखरी सामुदायिक वन र स्थानीय युवाको सक्रियतामा चर्खेपिङ हालिएको थियो । यसअघि साझखोलामा लिङ्गे पिङ मात्रै हाल्ने चलन थियो । गत वर्ष बनाइएको चर्खेपिङ अहिले फेरि हाल्ने तयारी भइरहेको साझखोलाका स्थानीय जुना निउरेले बताए ।...
गोरखा दरबारको दसैँ घर र मनकामना मन्दिरमा जमरा राखियो
गोरखा, २८ असोज : गोरखाको गोरखकाली मन्दिरमा रहेको दसैँ घरमा आज विधिपूर्वक जमरा राखिएको छ । बिहान ११ बजेर २९ मिनेटमा जौको जमरा राखिएको गोरखा दरबारका मूलपुरोहित शारदाप्रसाद भट्टराईले जानकारी दिए । परम्पराअनुसार बिहान सबेरै (बिहान नाडीको रौ देखिने बेला) भुकभुके उज्यालोमा देवी भगवतीको सवारी गराएपछि कालिका भगवतीको मन्दिर र गोरखनाथ गुफामा जमरा राखिएको उनले...
दसैं सुरु, आज घटस्थापना
आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैं सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नु अगाडि चित्रा नक्षत्र...
‘रिगल’ को आममाफीको विरोधमा काठमाडौंमा प्रदर्शन
व्यक्ति हत्यामा दोषी ठहर भई सजाय काटेका योगराज ढकाल ‘रिगल’ को आममाफीको विरोधमा काठमाडौंमा प्रदर्शन गरिएको छ । रिगलले हत्या गरेका चेतन मानन्धरकी श्रीमती भारती मानन्धर, अभियान्ता ईः र सुमन सायमी लगायतको उपस्थितिमा माइतीघरमा प्रदर्शन भएको हो। प्रर्दशनमा एमालेको युवासंघका कार्यकर्ताको समेत उपस्थिति थियो। प्रर्दशनकारीहरुले ‘क्रुर हत्याको आममाफी फिर्ता गर’, ‘अपराधीलाई सम्मान गर्न बन्द गर,...
सामाजिक सञ्जाल तथा अनलाइन माध्यमको दुरुपयोग नगर्न साइबर ब्यूरोको अनुरोध
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोले सामाजिक सञ्जाल तथा अनलाइन माध्यमको दुरुपयोग नगर्न सर्वसाधारणहरुलाई आग्रह गरेको छ। ब्यूरोले आज सार्वजनिक अनुरोध गर्दै विभिन्न सामाजिक सञ्जाल तथा अनलाइन माध्यमको दुरुपयोग गरी जातीय, धार्मिक र साम्प्रदायिक सद्भावमा खलल पुर्याउने र राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकतामा आँच पुग्ने तथ्यहिन विषय वस्तु प्रबर्द्धन नगर्न भनेको हो। यसका साथै...
दसैं टीकाको शुभसाइत ११ बजेर २ मिनेटमा
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दसैंको साइत सार्वजनिक गरेको छ। दसैंको पहिलो दिन घटस्थापनाको शुभसाइत बिहान ११ बजेर २९ मिनेटमा रहेको जानकारी दिइएको छ। यो दिन चित्रा नक्षत्र र वैधृति योगसमेत परेकाले घटस्थापना गर्नु अगाडि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जानकारी दिएको छ। त्यस्तै...
आन्दोलनरत चिकित्सकहरूलाई बिरोधका कार्यक्रम फिर्ता लिन सरकारको आग्रह
नेपाल सरकारले आन्दोलनरत चिकित्सकहरूलाई बिरोधका कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सक र स्वास्थ्यकर्मी माथि पटक–पटक भएका दुर्व्यवहारका घटनामा संलग्नलाई कारबाही गर्न सरकार प्रतिबद्ध रहेको जनाउँदै आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेका हुन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री बस्नेतले चिकित्सकलाई आन्दोलन फिर्ता लिई काममा फर्कन...