समाज

त्रिवेणी–कोरला सडक गण्डकी प्रदेश सरकारको प्राथमिकतामा
नवलपरासी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दुम्कीवासदेखि त्रिवेणी जोड्ने मोटरबाटो बनाउन सङ्घीय सरकारले असहयोग गरे पनि जनताको बलमा निर्माण गरिने बताएका छन्। नवलपरासी (बर्दघाट सुस्तापूर्व) स्थित हुप्सेकोट गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले विनयी त्रिवेणी गाउँपालिकाको दुम्कीवासबाट त्रिवेणी पुग्ने मोटरबाटो बनाउन सङ्घीय सरकारले सहजीकरण नगरे जनताको साथ लिएर बाटो...
नेपालका करिब ६० प्रतिशत घर एकतले
नेपालका करिब ६० प्रतिशत घर एकतले रहेको तथ्याङ्क सार्वजनिक भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को थप नतिजा सम्बन्धी विवरण अनुसार नेपालभर कूल ७५ लाख ५२ हजार ६६ वटा घर छन् । जसमध्ये सबैभन्दा बढी ५९ दशमलव ८२ प्रतिशत एकतले छन् । विवरण अनुसार २८ दशमलव ७८ प्रतिशत दुईतले र...
पुम्दीकोट जाँदै गरेको पोखरा नगरबस दुर्घटना
पोखरा महानगरपालिका वडा नं. २२ मा दुर्घटनामा परेको छ । बस दुर्घटनामा परी ३ जना गम्भीर घाइते भएका छन् । ४ जनाको अवस्था मध्यम छ भने २८ जना सकुशल छन् । घाइतेहरूको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, रामघाट पोखरामा उपचार भइरहेको छ । अस्पतालका अनुसार गम्भीर घाइते हुनेहरूमा काटमाण्डाै घर बताउने ४९ वर्षकी रीमा कार्की, पोखरा ३१...
कोजाग्रत पूर्णिमा धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी मनाइँदै
नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेपछि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा साँझमा सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडा दशैँ पर्व समापन हुन्छ । शास्त्र अनुसार गर्नुपर्ने सबै बलिपूर्ति...
वास्तु शास्त्र आधुनिक इन्जिनीयरिङ बिषयमा समावेश गरिने
वास्तु शास्त्रको ज्ञान आधुनिक इन्जिनीयरिङमा समावेश गरी अध्यापन गराइने भएको छ । नेपाल संस्कृत विश्विद्यालयमा वास्तु शास्त्रका विषय समावेश गरेर आधुनिक इन्जिनीयरिङमा स्नातक तहको अध्यापन गर्न लागिएको हो । आधुनिक इन्जिनीयरिङमा प्राचीन स्थापत्य विधा समावेश गरेर अध्ययन, अनुसन्धान गराउन लागिएको हो । यसका लागि विश्वविद्यालयले स्थापत्य अध्ययन संस्थान नै स्थापना गरेको छ । विश्वविद्यालय प्राज्ञिक...
मनकामना केबलकार सञ्चालनमा
मनकामना केबलकार नियमित सञ्चालनमा आएको छ । वडादसैँका अवसरमा दसैँमा नवमी, दशमी र एकादशीका दिन बन्द गरिएको केबलकार नियमित सञ्चालनमा आएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्जवल शेरचनले जानकारी दिएका छन । गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना माता माईको मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना ४ कुरिनटार (चेरेस)...
नेपाल भारतीय पर्यटकको सहज र आकर्षक गन्तव्य : आचार्य बालकृष्ण
भारतको प्रशिद्ध पतञ्जली योगपीठका अध्यक्ष आचार्य बालकृष्णले नेपाल भारतीय पर्यटकको एउटा सहज गन्तव्य भएको बताएका छन् । पाल्पाको बसन्तपुरस्थित कामाख्यादेवी मन्दिरको दर्शन गर्न पुगेका आचार्य बालकृष्णले भने, “नेपालका कुनैपनि पर्यटकीय स्थानमा भारतीय नागरिकलाई सहज पहुँच छ, दुइ देशको धार्मिक, सांस्कृतिक समानताका कारण पनि नेपालका धार्मिक गन्तव्यहरुप्रति भारतीयको आस्था र आकर्षण दुवै छ ।” रुपन्देहीको बुटवल...
ग्रहणमा के गर्नु हुन्छ ? के गर्नु हुँदैन ?
कात्तिक ११ गते खण्डग्रास चन्द्रग्रहण
आश्विन शुक्ल पूर्णिमामा कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । राति १स्१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४.१९ बजेदेखि सुरु हुने समितिका सदस्य समेत रहनुभएका धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईले जानकारी दिएका छन् । राति २.३८ बजे ग्रहणको मोक्ष अर्थात समाप्त हुने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)...
बडादशैंका अवसरमा नेपाली सेनाद्धारा जेष्ठ नागरिकलाई भोजन
बडाको दशैंको अवसरमा नेपाली सेनाले आश्रमका जेष्ठ नागरिकलाई भोजन गराएको छ । मङ्गलबार बाँके राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ शम्शेरगञ्जस्थित ओभरीमा रहेको अर्जुनवाण गणले कोहलपुर नगरपालिका वडा नम्वर ५ स्थित एनसिसीको नीलसागर आश्रममा रहेका जेष्ठ नागरिकहरुलाई भोजन गराएको हो । कार्यक्रममा राझाँस्थित चारवाहिनी अड्डाका वाहिनीपति एवं सहायक रथी प्रकाश थापाले निस्वार्थ भावमा मानव सेवामा समर्पित आश्रमलाई...
विदेशबाट फर्की स्वरोजगार बनेका सुमन
भोजपुर । सीप मानिसको जिउन सक्ने पहिलो आधार हो । सीप भए केही न केही उद्यम गरेर जीवनयापन चलाउन सम्भव बन्छ । आफ्नो सीप तथा क्षमताले स्वदेश तथा विदेशमा राम्रो तलब लिएर काम गर्न सक्ने वातावरण पनि तयार हुन्छ । तुलानात्मक रूपमा हेर्ने हो भने सवारी साधनको क्षेत्रमा काम गरेर धेरै मानिस स्वरोजगार बनेको देख्न...
बाँकेमा मुस्लिम समुदायका अगुवाहरुले मनाए दशैं
सद्भावको सहरले चिनिएको नेपालगञ्जमा बडा दशैंको दिन मुस्लिम समुदायका अगुवाहरुले पनि आफ्ना मान्यजनबाट टीका जमरा लगाएर दस मनाएका छन् । मङ्गलबार हिन्दूहरुको महानपर्व बडादशैंका अवसरमा मुस्लिम अगुवाहरुले टीका र जमरा लगाएर धार्मिक सद्भावलाई निरन्तरता दिँदै आफ्ना मान्यजनबाट टीका जमरा लगाएर दशैं मनाएका हुन् । बाँकेका मुस्लिम अगुवा तथा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य अब्दुल...
अनलाइन पुजा आजा, आर्शिवाद ! सँस्कार संस्कृति थाम्दै नयाँ पुस्ता !
बडादसैँको टीकाको साइत सुरु हुँदै गर्दा रामपुरकी यमुना घिमिरे भने अमेरिकामा भएकी नातिनीको न्वारान पूजामा व्यस्त थिइन् । नातिनी अमेरिकामा भए पनि न्वारान पूजा भने यहाँ भएको घरको आँगनबाटै अनलाइन मार्फत पुरोहित भोला दाहालले गराइ रहेका थिए । “काखमा नातिनी खेलाउँदै उसको न्वारान पूजा गर्न मन थियो । तर, छोराबुहारी र नातिनी अमेरिकामा, हामी नेपालमा”,...