समाज

टिकटक बन्द नगरे इन्टरनेट सेवा प्रदायकलाई कारबाही
नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई टिकटकको पँहुचमा तत्काल रोक लगाउन निर्देशन दिएको छ । प्राधिकरणले विज्ञप्ति जारी गरी निर्देशनको पालना नगरे कारबाही हुने जनाएको हो । प्राधिकरणले आफ्नो आदेशको पालना गर्नु सेवा प्रदायकको कर्तव्य हुने र सेवा प्रदायकले त्यस्तो निर्देशनको पालना नगर्दा दूरसञ्चार ऐन, २०५३ बमोजिम प्राधिकरणबाट कारबाही हुने...
जाजरकोट भूकम्प गर्भवती, सुत्केरी र बालबालिका प्रभावित
जाजरकोट भूकम्पका कारण करिब ३० हजार गर्भवती, सुत्केरी र बालबालिका प्रभावित भएका छन् । यो प्रदेशको कूल जनसङ्ख्याको २२ प्रतिशत हो । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य निर्देशानालयका अनुसार सुत्केरी, गर्भवती र पाँच वर्षमुनिका बालबालिका गरी २९ हजार नौ सय ८२ प्रभावित भएका हुन् । सुत्केरी, गर्भवती र पाँच वर्षमुनिका बालबालिका बढी प्रभावित...
राहत सामग्री सहित उपप्रधानमन्त्री खड्का रुकुम पश्चिममा
उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले भूकम्प प्रभावित क्षेत्रका सबै पीडितलाई राहत सामग्री उपलब्ध गराउने काम भइरहेको जानकारी दिएका छन । भूकम्पपीडित परिवारका लागि राहत लिएर रुकुम पश्चिम पुग्नुभएका उपप्रधानमन्त्री खड्काले भूकम्प प्रभावितले समयमै राहत नपाएको विषयमा सरकार गम्भीर भएको उल्लेख गर्दै, आइतबार सम्म सबै पीडितलाई राहत सामग्री पु¥याउने जानकारी दिए । करिब एक हजार...
शान्ति बाटिकामा ‘काग’ सम्मेलन
प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने यमपञ्चक अर्थात् तिहारको पहिलो दिन काग तिहारको अवसरमा काग सम्मेलन गरिएको छ । एक सय ७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने कलाकार रमेश दुलाल ‘कागे’ले काठमाडौँको शान्ति बाटिकामा आयोजित पत्रकार सम्मेलनमा कागको आवाज निकालेर काग बोलाउँदै ‘बीसौँ काग सम्मेलन’ सम्पन्न गरेका हुन । कलाकार दुलाले १९ वर्षदेखि...
पर्यटन प्रवर्द्धन गर्न पोखरामा भाइटीका महोत्सव हुने
संस्कृतिका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ होटल सङ्घ पोखराले कात्तिक २९ गते १६औँ भाइटीका महोत्सव हुने भएको छ । ‘संस्कृति बचाऔँ, पर्यटन प्रवर्द्धन गरौँ’ भन्ने नाराका साथ लेकसाइडस्थित होटल ल्याण्डमार्कमा महोत्सव गर्न लागिएको सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिएका छन । नेपाली संस्कृतिको संरक्षण एवं सम्वर्द्धन गरी स्वदेशी तथा विदेशी पर्यटकबीच आपसी भाइचाराको...
तिहारको दोस्रो दिन: धनधान्यकी देवी लक्ष्मी पूजा
काठमाडौँ, २५ कात्तिक : यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा,...
चितवनको सयपत्री र मखमली हङकङ निर्यात
भरतपुर । चितवनमा उत्पादित सयपत्री र मखमली फूल हङकङ निर्यात गरिएको छ । कालिका नगरपालिका-२ पदमपुरका तीन जना दाजुभाइले उत्पादन गरेको एक हजार तीन सय माला र दुई क्विन्टल खुद्रा फूल बिहीबार हङकङ पठाइएको हो । तिहारका लागि नेपालबाट पहिलो पटक सयपत्री फूल निर्यात गरिएको किसान गोविन्द बास्तोलाले जानकारी दिए । ‘आठ सय वटा सयपत्री...
तिहारमा मौसम सफा रहने
मनसुन सकिनै लाग्दा नेपालको आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभावले वर्षा गराउँदा यो वर्षको दसैँ मौसमी हिसाबले केही प्रभावित बनेको थियो । असोज १८ गतेदेखि झण्डै डेढसाता निरन्तर देशैभर वर्षा भयो । यतिखेर तिहारको माहोल चलिरहेको छ । तर मनसुन सकिएसँगै मौसमले पनि साथ दिएकाले यो पटकको तिहार निकै उल्लासमय हुने देखिएको छ । जल तथा...
म्याग्दीमा टिम्मुर खेती विस्तार
गलेश्वर (म्याग्दी) । म्याग्दीमा टिम्मुर खेती व्यावसायिक बन्दै गएको छ । खेतबारीका कान्ला र बाँझो जग्गामा मात्रै होइन खेती योग्य जमिनमा समेत अरु खेती छोडेर यहाँका किसानले टिम्मुर खेती गर्न थालेका छन् । जिल्लाको बेनी नगरपालिकाको वडा नं ३ भकिम्ली, वडा नं ९ घतान, तोरीपानी र वडा नं १० पात्लेखेतसहित मालिका, मङ्गला र अन्नपूर्ण गाउँपालिकामा...
गण्डकीका मुख्यमन्त्री र चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वशासित क्षेत्रका सचिवबीच भेट
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नेपालको भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वशासित क्षेत्रका सचिव वाङ छुङछेङबीच आज भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री पाण्डेले सचिव वाङलाई स्वागत गर्दै नेपाल भ्रमण सफलताको कामना व्यक्त गरे । सचिव जुनझेङको गण्डकी प्रदेश र नेपाल भ्रमणले द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुनुका साथै पोखराको पर्यटन...
पोखरामा देउसी भैलोको महोत्सव
पोखरा टेलिभिजन एण्ड मिडिया प्रालिले दैउसी भैलोको मौलिकता जोगाउने उद्देश्यका साथ यही कात्तिक २५ गते पोखरामा प्रथम देउसी भैलो महोत्सव २०८० गर्ने भएको छ । महोत्सवबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा टेलिभिजनका प्रबन्ध निर्देशक माधव पनेरुले पछिल्ला वर्षमा तिहारको समयमा खेलिने देउसी भैलो आधुुनिकताका नाममा मौलिकता विहीन बनिरहेकाले त्यसको जगेर्नाका लागि महोत्सव गर्न लागिएको जानकारी...
तिहारमा पनि बिक्दैनन् मादल
ढोरपाटन (बागलुङ) । एकदशक अगाडिसम्म तिहार सुरु हुनु महिना दिन अगावै मादल र झ्याली किनमेल हुन्थ्यो । व्यवसायीलाई मादल बनाउन र बिक्री गर्न भ्याइनभ्याइ हुन्थ्यो । मादल व्यवसायबाट धेरैले जीविकोपार्जन गर्थे । आजभोलि मादल बिक्री नहुँदा व्यवसायनै सङ्कटमा परेको छ । युवा व्यवसायी पलायन भइरहेका छन् भने बुढापाका पनि अन्य पेसा रोज्न बाध्य भएका छन्...