समाज

वेश्यावृत्तिमा लगाउने स्पा सेन्टर सञ्चालक पक्राउ
रोजगारीको प्रलोभन देखाई वेश्यावृत्तिमा लगाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–९ रातोपुलस्थित नुवाकोट ब्यूटी पार्लर एण्ड स्पा सेन्टरका सञ्चालक सङ्खुवासभा चिचिला गाउँपालिका–१ घर भएका ४३ वर्षीय दिनेश पौडेललाई प्रहरीले पक्राउ गरेको हो । साथै सेन्टरबाट दुई नाबालिका र एक युवतीलाई प्रहरीले उद्दार गरेको छ । स्पा सेन्टरमा काम गर्ने युवतीहरूलाई जबरजस्ती...
अब काठमाडौँमा सुर्तीजन्य पदार्थ बिक्री गर्न नपाइने
काठमाडौँ महानगरपालिकाले यही मङ्सिर २७ गतेदेखि आफ्नो ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गर्ने भएको छ । कामपा स्वास्थ्य विभागका अनुसार २७ गतेदखि प्लाष्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गर्ने तयारी गरिएको हो । कामपा स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार (चुरोट, बिँडी, तमाखु, सुल्फा, कक्कड, प्लाष्टिकमा प्याक...
हरि बोधिनी एकादशी : तुलसी र दामोदरको विवाह गरिँदै
चार महिनासम्म विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा बिहिवार दामोदरसँग विवाह गरिँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा आराधना गर्ने शास्त्रीय विधि छ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष...
टिकटक प्रतिबन्धबारे लिखित जवाफ माग
सर्वोच्च अदालतले टिकटकमाथि प्रतिबन्ध लगाउनुको कारणबारे सरकारसँग लिखित जवाफ माग गरेको छ । न्यायाधीश विनोद शर्माको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै दश दिनभित्र लिखित जवाफ माग गर्दै कारण देखाउन आदेश गरेको हो । सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेका अनुसार विवादमा यही मङ्सिर १५ गतेभित्र लिखित जवाफमा गरेको छ भने यही मङ्सिर १९ गते सुनुवाइका लागि...
दाङमा दाजुभाइ मृत फेला
दाङमा एकै घरका दाजुभाइ मृत फेला परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर उपमहानगरपालिका–१६ डोक्रेना घर भइ तुलसीपुर उपमहानगरपालिका ६ गाइडहरमा कोठा भाडामा बस्दै आएका ३४ वर्षीय पूर्णबहादुर बस्नेत र भाइ ३० वर्षीय टेकबहादुर बस्नेत मृत फेला परेका हुन् । उनीहरु बस्ने घरमा घरबेटी बस्दैनथे । मृतक पूर्णबहादुर परिवारका साइला र टेकबहादुर कान्छा...
भूकम्पपीडितलाई चिनियाँ रेडक्रसको एक करोड ३२ लाख
जाजरकोट भूकम्पपीडितको सहयोगका लागि चिनियाँ रेडक्रस सोसाइटीले एक करोड ३२ लाख मानवीय सहायता स्वरुप प्रदान गरेको छ । नेपालका लागि चीनका राजदूत छन सङले शनिबार नेपाल रेडक्रस सोसाइटीका कार्यवाहक अध्यक्ष सुरेन्द्रसिंह ऐरलाई नगद हस्तान्तरण गरेका हुन । चिनियाँ रेडक्रसबाट प्राप्त नगद भूकम्पपीडितका लागि आवश्यक पर्ने राहत सामग्री खरिदमा पारदर्शी ढङ्गले उपयोग गरिने कार्यवाहक अध्यक्ष ऐरले...
छठको दोस्रो दिन खरना विधि सम्पन्न
छठको दोस्रो दिन खरना विधि सम्पन्न भएको छ । चार दिनसम्म मनाइने आस्थाको पर्व छठको दोस्रो दिन बर्तालुले इष्टदेवको पूजाआराधना गरी खरना विधि सम्पन्न गरेका हुन् । बर्तालुले माटोको नयाँ चुलो र माटोकै नयाँ भाँडोमा सक्खर, दूध र चामलबाट बनेको खीर खरनामा नैवेदको रुपमा चढाउनुपर्ने हुन्छ । खरनामा छठपर्वको मुख्य दिन चढाउने अघ्र्य जति स्थानमा...
आस्थाको पर्व छठ
धनुषा । छठ पर्वको छुट्टै पौराणिक महत्त्व रहेको छ । हिन्दू धर्ममा सूर्य पूजाको परम्परा वैदिककालदेखि नै रहँदै आएको मानिन्छ । यसले समाजमा रहेका छुवाछूतलगायत विकृति हटाउन सहायक सिद्ध हुने संस्कृतिविद् डा भोगेन्द्र झाले बताए । छठप्रतिको अटुट आस्थाका कारण जीवनको प्रारम्भदेखि नै सूर्य पूजालाई अनिवार्य मानिएको वरिष्ठ साहित्यकार रामभरोस कापडी भ्रमरले बताए । उनका...
जुवातास खेल्ने एक सय पैसट्ठी पक्राउ, पैतिस लाख बरामद
तिहारमा तास, लङ्गुरबुर्जा र जुवा खेलेको अभियोगमा एक सय ६५ जनालाई पक्राउ गरिएको छ । प्रहरीले उनीहरुका साथबाट ३४ लाख ६२ हजार आठ सय ८५ बरामद गरेको छ । यही कात्तिक ११ गतेदेखि काठमाडौँका १३, ललितपुरका चार र भक्तपुरका दुई स्थानबाट जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई प्रक्राउ गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले...
मुस्लिम समुदायका अगुवाले भाइटीका लगाएर मनाए तिहार
बाँकेको नेपालगञ्जमा तिहाको दिन मुस्लिम समुदायका अगुवाले आफुले मानेको दिदीबहीनीको हातबाट भाइटीका लगाएर तिहार मानेका छन् । बाँकेका वरिष्ठ समाजसेवी तथा मुस्लिम अगुवा प्रवेजअलि सिद्धिकीले हिन्दू धर्मलाई अनुशरण गर्ने दिदीबहीनीको हातबाट भाइटीका लगाएर तिहार मनाएका हुन। धार्मिक सद्भावलाई कायम राख्न र दिदीभाइको सम्बन्ध सुमधुर बनाउन आफूले तिहारको भाइटीका लगाएको प्रवेजले बताए । उनले दिदी माया...
भूकम्पपीडितलाई चिनियाँ कम्युनिष्ट पार्टीको सहयोग
चीन सरकारले जाजरकोट भूकम्पबाट प्रभावित भएकाहरूलाई गरेको सहयोगका अतिरिक्त चिनियाँ कम्युनिस्ट पार्टीले सहयोग गरेको छ । पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागले नेपाली राजनीतिक दललाई दुई करोड ७४ लाख ७५ हजार बराबरका राहत सामग्री उपलब्ध गराएको हो । चिनियाँ दूतावासका नियोग उपप्रमुख वाङ सीनले सामग्री नेपाली कांग्रेसका नेता रामहरि खतिवडा, नेकपा एमालेका विदेश विभाग प्रमुख डा....
नेपाल सम्वत ११४४ को शुभकामना
चान्द्रमास अनुसार प्रचलनमा रहेको मौलिक नेपाल संवत्को नयाँ वर्ष ११४४ विभिन्न कार्यक्रम गरी देशभर मनाइएको छ । राजधानीमा बिहान सूर्योदयसँगै नयाँ वर्षलाई भव्य स्वागत गरिएको थियो । नयाँ वर्षको खुसीयालीमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा शुभकामना ¥याली निकालिएको थियो । काठमाडौँ, ललितपुर, भक्तपुर, कीर्तिपुर, गोकर्णेश्वर, टोखा, साँखु, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वर लगायत नेवार समुदायको बाहुल्यता...