समाज

छिमेकी घट्दै, गाउँको रौनक हराउँदै
गलेश्वर (म्याग्दी)- झ्यालको पर्दा उघारी उत्तरतर्फ हेर्दा सेता हिमाल मुसुक्क मुस्कुराएजस्ता देखिन्छन् । चराहरूको चिरचिराहटसँगै खेतबारीमा गहुँ र तोरीको हरियो, पहेँलो दृश्यले मनलाई रोमाञ्चक बनाउँछ । आँगन र करेसामा बोटैभरि पहेँलै भएर फलेका रसिला सुन्तला, दिउँसोको पाहारिलो घाममा बसेर खाँदै म्याग्दीको बेनी नगरपालिका-३ का ६९ वर्षीय डेकबहादुर पुनले गाउँको रौनक हराउँदै गएको कुरा सुनाउँदा झट्ट...
म्याग्दीका आयोजनामा भएको ढिलाइप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण
म्याग्दी, २० पुस : म्याग्दीका जनप्रतिनिधिको टोलीले सङ्घीय सरकारमार्फत जिल्लामा सञ्चालित आयोजना निर्माणमा भएको ढिलासुस्तीका विषयमा आज प्रधानमन्त्री र विभागीय मन्त्रीलाई भेटेर ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई भेटेर म्याग्दीका विकास निर्माण र विविध विषयमा ध्यानाकर्षण गराएको भेटघाटमा सहभागी गण्डकी प्रदेशसभा सदस्य हरि भण्डारीले जानकारी दिए...
बलात्कारको मुद्दामा सन्दीप लामिछाने दोषी ठहर
बलात्कारको मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएका छन्। जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालले उनलाई दोषी ठहर गरेको छ । सन्दीपलाई कति वर्ष जेल सजाय गर्ने भन्नेबारे निर्णय गर्न भने अदालतले अर्को पेशी तोकेको छ। अदालतले गौशाला २६ नाबालिक नरहेको ठहर गर्दै सन्दीपले कमजोर आर्थिक अवस्थाको फाइदा उठाउँदै बलात्कार गरेको ठहर गरेको छ ।...
सुनको सिक्री चोरी गर्ने एक फरार व्यक्ति पक्राउ
जिल्ला प्रहरी कार्यालय कास्कीले सुनको सिक्री चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ । कास्की पोखरा महानगरपालिका वडा ९ महेन्द्रपुल बस्ने वर्ष २९ का हेमन्त पुनको सुनको सिक्री चोरी गरी फरार रहेको व्यक्तिलाई पक्राउ गरेको हो । प्रहरी टोलीले कास्की पोखरा ४ सिदार्थचोक बस्ने वर्ष २७ को सुमन परियारलाई पक्राउ गरेको जनाइएको छ । उनको...
आगामी १० वर्षभित्र दलित लेख्ने अवस्थाको अन्त्य गरिने
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आगामी १० वर्षभित्र प्रदेशमा दलित लेख्ने अवस्थाको अन्त्य गर्ने बताएका छन । रिडेफ नेपालद्वारा आयोजित ‘प्रदेशको नीति तथा योजनामा दलित सरोकार’ विषयक अन्तरक्रियामा उनले विभेदरहित समाज निर्माणका लागि सरकारले सुरू गरेको मानवीय विकास अभियानले दलित लेख्ने अवस्था नरहने प्रष्ट पारे । मुख्यमन्त्री कार्कीले परम्परागत सीपलाई प्राविधिक शिक्षाको रूपमा विकास गरी...
अझै कायम छ धामी–झाँक्री प्रथा
रामेछाप जिल्लाका ग्रामीण बस्तीमा मात्र होइन, सदरमुकाममा पनि धामी–झाँक्रीप्रति अझै विश्वास कायमै छ । बच्चाहरू रोइराख्यो भने गाउँका धामी–झाँक्री वा बूढापाकाबाट फुक्न लगाउनेदेखि लगान भयो भन्दै धामी–झाँक्रीकामा पुग्ने चलन गाउँमा मात्र होइन, सहरमा अझै पनि कायमै छ । गाउँमा स्वास्थ्य चौकी, पालिकामा पालिकास्तरीय अस्पताल र जिल्ला अस्पतालमा पनि निको नभएका बिरामी धामी–झाँक्रीले निको पार्ने गरेको...
जहाँ शौच गर्न शिक्षक र विद्यार्थी झाडीतिर दौडन्छन्
सरकार र वैदेशिक दातृ निकाय सबैले विद्यालय शिक्षा र पूर्वाधार सुधारका लागि लगानी बढाउँदै गरेको बताउँदै गर्दा दुर्गम जिल्लामा रहेका विद्यालयका शिक्षक तथा विद्यार्थी अझै पनिशौच गर्न झाडीतिर जान्छन् भन्दा अचम्म लाग्नसक्छ । २०७६ असोज १३ गते खुल्ला दिसामुक्तको मानक पूरा गर्ने नेपाल दक्षिण एशियाकै पहिलो देश भएको भन्दै खुला दिसामुक्त देश तामझामका साथ घोषणा...
बाजुराकी रोकायाले बाटोमै जन्माइन् बच्चा
बाजुराको बूढीनन्दा नगरपालिकाकी एक महिलाले सुत्केरी हुन स्वास्थ्य संस्था जाने क्रममा बीच बाटोमा बच्चा जन्माएकी छन् । बूढीनन्दा–४ कुरुकी ३१ वर्षीया पानसरा रोकायाले सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्था जाने क्रममा बाटोमै छोरी जन्माएकी हुन् । सुत्केरी व्यथा लाग्ने वित्तिकै रोकाया एक्लै मङ्गलबार आधारभूत स्वास्थ्य केन्द्र कुरु जाँदै गर्दा बाटोमा छोरी जन्माएकी स्वास्थ्य केन्द्रकी प्रमुख धर्मा...
राजधानी क्षेत्रको जग्गा फुकुवा सुरु
लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी दाङमा रोक्का भएको जग्गा खरिदबिक्रीका लागि फुकुवा गरिएको छ । मालपोत कार्यालय लमहीले बुधबार सूचना जारी गरी लामो समयदेखि रोक्का रहेको जग्गा फुकुवा भएको जानकारी दिएको हो । एकल स्वामित्वको जग्गाधनी कायम रहने आधारमा मात्र कित्ताकाट नहुने गरी र जुनसुकै प्रकारको भवन जग्गा आदि अचल सम्पत्तिको स्वरुप परिर्वतन गर्न...
कामपाले गर्‍यो तीन हजार बढी कुकुरको बन्ध्याकरण
काठमाडौँ महानगरपालिकाले विगत दुई महिनाको अवधिमा तीन हजार चार सय ६९ सामुदायिक कुकुरको बन्ध्याकरण गरेको छ । सामुदायिक कुकुर नियन्त्रण गर्ने उद्देश्यले कामपाले गत असोज दोस्रो सातादेखि बन्ध्याकरण अभियान सुरु गरेको थियो । कुकुर व्यवस्थापन हुन नसकेको गुनासो आउन थालेपछि कामपाले बन्ध्याकरण र रेबिजविरुद्ध खोप अभियान सुरु गरेको हो । कामपा कृषि विभाग प्रमुख डा...
‘अनलाइनबाट सामान किन्दा सचेत हुनु’
काठमाडौँ । नेपाल प्रहरीले सामानको अग्रिम अनलाइन भुक्तानी गर्न लगाई डेलिभरी नगराई ठगी गर्ने गिरोह सक्रिय भएको भन्दै सचेत हुन आम नागरिकमा अनुरोध गरेको छ । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले विभिन्न क्षेत्रबाट यस्ता घटना भएको भन्दै उजुरी पर्न थालेकाले यकिन गरेर मात्रै सामानको भुक्तानी दिन आग्रह गरेका छन् । उनले भने, “पछिल्लो...
विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ
इजरायल र आतङ्कवादी समूह हमासबीच युद्धविरामको घोषणा भएपछि उक्त समूहको नियन्त्रणमा रहेका भनिएका विपिन जोशीको सकुशल रिहाइको आशामा उहाँका बाआमाको दैनिकी समाचार हेरेरै बितिरहेको छ । हमासले पटक–पकट विभिन्न नागरिकलाई रिहा गरे पनि विपिनको कुनै समाचार नआउँदा उनका बाआमा साह्रै चिन्तित छन् । आज गृहजिल्ला पुगेका परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलाई भेटेर विपिनको शीघ्र रिहाइका लागि उनीहरूले...