समाज

अरुको नागरिकतामा आफ्नो फोटो टाँसेर ठगी गर्ने पक्राउ
अरुको नागरिकतामा फोटो टाँसेर ठगी गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले अर्काको नागरिकतामा आफ्नो फोटो टाँसेर कन्सल्टेन्सी सञ्चालन गरी वैदेशिक रोजगारीमा पठाउने बहानामा रकम असुल्दै आएका थिए । पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका घर भई ललितपुर बस्दै आएका पक्राउ पर्नेमा सरोज यादव, सर्लाहीका रामेश्वर सिंह र धनुषाका रामसेवक सिंह रहेका छन् । उनीहरुले...
माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
माल्टा पठाइदिन्छु भन्दै छ लाख १८ हजार ठगी गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका–१३ का प्रकाश गुरुङलाई पक्राउ गरिएको छ । गुरूङले एक जना बेरोजगार युवकलाई वैदेशिक रोजगारीका लागि माल्टा पठाई प्रतिष्ठित होटलमा मासिक एक लाख २० हजार तलबमा काम लगाइदिने भन्दै पटकपटक गरी उक्त रकम ठगी गरेकाले निजलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको...
बागलुङ पञ्चकोट- म्याग्दी ज्यामरुककोट झोलुङ्गे पुलले जोडियो
गलेश्वर । वारि म्याग्दीको ज्यामरुककोट, पारि बागलुङको चर्चित धार्मिक पर्यटकीयस्थल पञ्चकोट । बीचमा पर्छ ठूलो (ढोडेनी) खोला । खोलाको वल्लोपट्टी बेनी नगरपालिका-२ ज्यामरुककोटको फापरखेत र पारिपट्टि बागलुङ नगरपालिका-५ मा पर्ने चनौटे गाउँ । चनौटेबाट तेरपायँ बाटो उक्लेपछि पुग्न सकिन्छ बागलुङको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल पञ्चकोट । म्याग्दी र बागलुङ जिल्लाको सिमाना भएर बग्ने ठूलो (ढोडेनी) खोलामा...
कालो देखिन थाल्यो धवलागिरी हिमाल
म्याग्दी । बिहानीको झुल्के घाममा चाँदीझैं टल्कने भएकाले यो हिमाललाई ‘सेतो पहाड’ अर्थात् ‘धवलागिरि’ भनिएको हो, तर कालो हुँदैछ जलवायु परिवर्तन र तापक्रम वृद्धिका कारण म्याग्दीको मुदीमा पर्ने विश्वको सातौँ अग्लो (८,१६७ मि) धौलागिरि हिमालको धवल (सेतो) स्वरुप धमिलिँदै जान थालेको छ । अस्वाभाविक रुपमा तापक्रममा वृद्धि हुने क्रमसँगै म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित धौलागिरि...
आजदेखि स्वस्थानी व्रत शुरु
आज पौष शुक्ल पूर्णिमाको दिन । आजदेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिनाको अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ। सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको मानिन्छ । आजदेखि वैदिक सनातन धर्मावलम्बीले घर घरमा विधिपूर्वक गरिने माघ स्नान, स्वस्थानी व्रत एवं कथा वाचन सुरु गरेर यी देवीदेवताको पूजा आराधना...
पाथीभरामा एक महिनाको भेटी ३५ लाख
ताप्लेजुङमा अवस्थित पाथीभरा देवीको मन्दिरमा एक महिनामा ३५ लाखभन्दा बढी भेटी रकम सङ्कलन भएको छ । पाथीभरा दर्शन गर्न पुगेका भक्तजनले चढाएको तथा दान गरेको भेटी रकम ३५ लाखभन्दा बढी रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिएका छन । उनका अनुसार पुसमा मात्र कूल ३५ लाख २९ हजार भेटी रकम सङ्कलन...
काम्लो बेचेर घर खर्च
पश्चिम बागलुङमा काम्लोको अझै कारोबार हुँदै आएको छ । काम्लोका भारी पिठ्यँमा बोकेर बुर्तिवाङ बजार बिक्रीका लागि आएकी विनमाया पुन जाडो याममा काम्लोको व्यापारका लागि विभिन्न स्थान पुग्छिन । पूर्वी रुकुमको लुकुम गाउँबाट आएकी विनमायाले गर्मी याममा निर्माण गरेको काम्लो बिक्रीका लागि जाडो याममा बजार खोज्दै छिन । उनले बागलुङको पश्चिम क्षेत्र निसीखोला, तमानखोला हुँदै...
कालीगण्डकी र म्याग्दी नदी किनारका सिमसार क्षेत्र नासिँदै
म्याग्दी । अत्यधिक नदी दोहन, सडक विस्तार, जनसङ्ख्या वृद्धिसँगै अव्यवस्थित बसोबास र विकास निर्माणले कालीगण्डकी र म्याग्दी नदी किनारको सिमसार क्षेत्र मासिँदै जान थालेको छ । वातावरणीय मूल्याङ्कनविना नै जथाभावी खनिएका सडक, सिमसारका जग्गा अतिक्रमण, जलवायु परिवर्तन र बढ्दो औद्योगिकीकरणले सिमसार क्षेत्र सुक्खा र उजाड बन्दै गएको सरोकारवालाले बताएका छन् । सिमसार क्षेत्र मासिन थालेपछि...
बागलुङमा बर्थिङ सेन्टर र प्रयोगशालाले गाउँमा सहज बन्दै स्वास्थ्य सेवा
बागलुङ, तमानखोला गाउँपालिकाको स्याउलाबासीलाई दुई बर्षअघि सामान्य रगत परीक्षणको लागि समेत कठिन थियो । रगत परीक्षणका लागि उनीहरु ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजार वा सदरमुकाम बागलुङ बजार पुग्नुपथ्र्याे । स्याउला मात्रै होईन यहाँका सबै गाउँका सर्वसाधारण बेथा उही हो । दुर्गम मानिने तमानखोलाका अधिकांश स्वास्थ्य चौकीमा अहिले प्रयोशाला सेवा सञ्चालनमा छ । त्यहाँ सामान्य रगत, दिशा,...
बागलुङमा घरमै सुत्केरी भए कालो टीका !
केही वर्षअघिसम्म सुत्केरी हुने बेला गोठ खोज्ने बज्रबाङ र स्याउलाका महिला अहिले गर्भ रहेको थाहा पाएदेखि स्वास्थ्यचौकी धाउँछन्। ८ पटक गर्भ जाँच गर्ने तथा स्वास्थ्यचौकीमै सुत्केरी हुनुपर्छ भन्ने कुरा यहाँका सबै महिलालाई थाहा छ। गाउँमा चालु आर्थिक वर्षमा१५ जना सुत्केरी भए। उनीहरु सबै सुरक्षित स्वास्थ्य संस्थामा सुत्केरी भएका हुन्। तमानखोला गाउँपालिका–१ मा पर्ने यी गाउँमा...
गोरखामा फल्यो ९ किलोको एउटै काउली
गोरखा- गोरखा नगरपालिका–७, काँडाघारीस्थित धारापानीका एक किसानले नौ किलोको एउटै काउली फलाएका छन् । स्थानीय एककुमारी बस्नेतको बारीमा फलेको काउलीको थुङ्गा नौ किलोको छ । अहिले बस्नेतले उत्पादन गरेको काउली ‘कृषि, पर्यटन तथा व्यापार प्रवर्द्धन मेला–२०८०’ को प्रदर्शनीमा राखिएको छ । “काउली जोख्दा पूरै ११ किलोको थियो, कृषि ज्ञानकेन्द्र गोरखाका प्रमुख नीलकण्ठ पोखरेलले भने, “डाँठ...
बाँदरका डरले हिउँदे बाली लगाउँदैनन् किसान
पर्वत । पर्वतका ग्रामीण क्षेत्रमा बाँदर आतङ्क दिन प्रतिदिन बढ्दै गएको छ । बाँदर आतङ्कले हिउँदे बालीनाली लगाउने प्रचलनसमेत कम हुँदै गएको छभने लगाएकाहरुलाई पनि पाक्ने बेलासम्म बाली जोगाउन हम्मेहम्मे पर्दै आएको छ । जिल्लाको कुश्मा नगरपालिका–९ का पुनाखर पराजुली विगतका वर्षमा १८ रोपनी खेतमा गहुँ खेती गर्दै आए पनि अहिले बाँझै राखेको बताउँछन् ।...