समाज

१२० किलो गाँजा सहित ६ जना प्रहरी नियन्त्रणमा
गाँजा बोकेको गाडी र मोटरसाइकल सहित ६ जना पक्राउ परेका छन् । सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका-१ स्थित चतरापुल नजिकैबाट सशस्त्र प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको हो । बराहक्षेत्र जाने सडकखण्डबाट सशस्त्र प्रहरीले करिब १२० किलो गाँजा बोकेको गाडी र मोटरसाइकल सहित ६ जनालाई नियन्त्रणमा लिईएको जानकारी दिएको छ । प्रहरीले नियन्त्रणमा लिएकाहरू भारत घर बताउने...
मैले सर्प पालनमा लगानी गरेको छैन-पूर्वप्रम खनाल
पूर्वप्रधानमन्त्री झलनाथ खनालले, आफुले सर्प पालनमा लगानी नगरेको स्पष्ट पारेका छन् । खनालले सर्प प्रकरणमा आफ्नो नाम मुछेर बदनाम गरेको भन्दै आपत्ति जनाएका हुन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै, आफू सर्लाही जाँदा सर्पको टोकाइका कारण मृत्युवरण गर्नुपरेको घटना देखेकाले सर्पदंशका बिरामीलाई देशमै उपचार हुनुपर्ने र औषधि बन्नुपर्ने माग सम्बोधन गर्नका लागि आवाज...
अपराध
तीनकुने सामूहिक हत्याकाण्ड: चार जनाको हत्या गर्ने आरोपीलाई प्रहरीले गर्‍यो सार्वजनिक
काठमाडौं तीनकुने (गैरीगाउँ) स्थित दिव्य सःमिलमा चार जनाको हत्या गर्ने आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ। प्रहरीले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा ९ स्थायी घर भएका र काठमाडौं काँडाघारीस्थित बीरेन्द्र चोकमा बस्ने २३ वर्षीय संजय भण्डारीलाई सार्वजनिक गरेको हो। भण्डारीले चार जनाकै हत्या गरेको लिखित बयान दिएको काठमाडौं प्रहरी परिसर टेकुका एसएसपी सुमन...
सामाजिक संजालमा अनर्गल प्रचार गर्ने रेग्मी प्रहरी हिरासतमा
सामाजिक संजाल फेसबुकमा अनर्गल प्रचार गर्ने एक जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । फेसबुक मार्फत भ्रम फैल्याउने स्याङजा आँधिखोला ५ बस्ने सुर्यबहादुर रेग्मीलाई प्रहरीले पक्राउ गरेको हो । रेग्मीले राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान सांसद डाक्टर ढाकाकुमार श्रेष्ठलाई निवास अगाडी धारिलो हतियार प्रयोग गरी घाईते बनाएको र उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको साथै सांसद...
घुस
घुस लिँदा लिँदै प्रधानाध्यापक पक्राउ
बर्दियाको एक बिद्यालयकी प्रधानाध्यापक घुस रकम सहित पक्राउ परेकी छन‍्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजापुर नगरपालिका वडा नम्वर ७, भिस्मापुरस्थित सरस्वती बाल प्रथामिक विद्यालय शंकरपुरका प्रधानाध्यापक लक्ष्मीदेवी उपाध्यायलाई घुस रकमसहित पक्राउ गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए। प्रअले हाजिरी गराउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको बताइन्छ । अख्तियारलाई प्राप्त सूचनाको आधारमा, त्यस क्षेत्रमा खटिएको...
ढोरपाटनका मेयर देवकुमार नेपालीविरुद्ध ‘रेडकर्नर नोटिस’ जारी
बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली साढे तीन महिनादेखि सम्पर्कविहीन छन् । सहकारीका वचतकर्ताको डेढ अर्ब भन्दा बढी रकम लिई फरार नेपालीविरुद्ध रेडकर्नर नोटिस जारी भएको छ। खोजविन गर्दा पनि उनी पक्राउ नपरेपछि रेडकर्नर नोटिस जारी गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी मदन केसीले वताए । विदेशमा लुकेर वसेको आशंकामा प्रहरी प्रधान कार्यालय इन्टरपोल महाशाखाले...
ललिता निवास जग्गा अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा
काठमाण्डौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ललिता निवास जग्गा हिनामिना प्रकरण बारे आफ्नो अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ। करिव दुई महिना लगाएर सीआईबीले तयार पारेको प्रतिवेदनमा निर्णयकर्ता पूर्वप्रधानमन्त्रीयद्वय माधव नेपाल र डा. बाबुराम भट्टराईलाई प्रतिवादी नबनाउने राय दिइएको छ। तर, सर्वोच्च अदालतले निर्णयकर्तालाई पनि अनुसन्धानको दायरामा ल्याउन आदेश दिएको थियो।...
टीकापुर घटना, सर्वोच्चको पूर्णपाठ
टीकापुर घटना नेपाली समाजले बिर्सनै नसक्ने जघन्य फौजदारी कसुर : सर्वोच्च अदालत
काठमाण्डौं । सर्वोच्च अदालतले टीकापुर घटना नेपाली समाजले बिर्सनै नसक्ने जघन्य फौजदारी कसुर भनेर स्पष्ट पारेको छ । सर्वोच्च अदालतले बुधबार सार्वजनिक गरेको फैसलाको पूर्णपाठले भन्छ, टीकापुर घटना नेपाली समाजले कहिल्यै बिर्सन नसक्ने कसुर हो । जन्मकैदको सजायविरुद्ध रेशम चौधरीले दिएको पुनरावेदनमा न्यायाधीशद्धय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले २ जेठ २०८० मा उच्च...
ठगी
फेसबुक ह्याक गरी ठगीमा संलग्न भएको आरोपमा ५ पक्राउ
प्रहरीले अर्काको फेसबुक ह्याक गरी ठगि कार्यमा संलग्न भएको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । फेसबुक ह्याक गरी ओटिपी समेत मागेर १४ लाख ५८ हजारको कारोवार गरेको आरोपमा प्रहरीले एक युवतीसहित चार युवकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कास्कीको पोखरा घर भइ काठमाण्डौ नयाँ बसपार्क बस्दै आएकी सुब्बु भनिने शुभेक्षा गुरुङ, बारा सिमरा...
माफिया मार्फत सुन मात्रै भित्रिएला कि, केही गर्छु भन्ने भिमहरु पनि भित्रिएलान् ?
हेर्ने कथा हेरेपछि सामाजिक संजाल फेसबुकमा ढाँटिएर कालो चस्मा लगाएको फोटो पोष्ट गरेपछि मेरा नजर घुमे युट्यूब तिर । आइतबारको दिन यस्तै यस्तै गरेर दिमाग र मनलाई शान्त राख्ने कोशिस मेरो रहन्छ । यसो त बिदेशमा आइतबार र शुक्रबार भन्ने कम हुन्छ यदी, म जस्तो घन्टा हान्ने व्यक्ति हो भने । यसरी बुझौं यस पल्ट...
माछापुच्छ्रे ८ का वडाध्यक्ष गुरुङ प्रहरी नियन्त्रणमा
पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष रामबहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उपभोक्ता समितिका अध्यक्षलाई कुटेको आरोप लागेका उनी विरुद्ध इलाका प्रहरी कार्यालय बगरमा मंगलबार जाहेरी दर्ता भएपछि गुरुङलाई बुधबार साँझ नियन्त्रणमा लिएको प्रवक्ता डिएसपी श्रवणकुमार विकले जानकारी दिए । गुरुङ आफैं प्रहरी कार्यालयमा पुगी आत्मसर्मपण गरेको डिएसपी विकले बताए...
कक्षा ९ मा पढ्ने छात्रालाई गणित शिक्षकको म्यासेज– पिल्स खायौ त ?
ललितपुरको शंखमुलस्थित लिटिल फ्लावर पब्लिक स्कुलमा अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् । ललितपुर प्रहरीले बागलुङ स्थायी घर भई कुपन्डोल बस्दै आएका २३ वर्षीय अशोक परियारलाई पक्राउ गरेको हो । उनी गणित शिक्षक हुन्। परियार एक वर्षअघि मात्रै विद्यालयमा गणित शिक्षक नियुक्त भएका थिए । कक्षा ९ मा पढ्ने १५ वर्षीया...