देश

विरौटामा कृषि ज्ञान केन्द्र
पोखरा, १० फागुन । पोखराको विरौटामा कास्की जिल्लाको कृषि गतिविधिलाई प्रवद्र्वन गर्न कृषि ज्ञान केन्द्र कास्की स्थापना गरिएको छ । सो कार्यालयले कास्की जिल्लाको कृषि सम्बन्धी तथ्याङ्क अभिलेखिकरण, रसायनीक मल निरीक्षण, विउँ विजनको गुणस्तर नियन्त्रण, कृषि प्रविधि प्रशार तथा प्रदर्शनी, पालिकाका कृषि कर्मचारीको क्षमता अभिवृद्वि, प्राङ्गारिक कृषि प्रवद्र्वन र कृषि जैविक विविधता प्रवद्र्वन जस्ता काम...
नेतृत्व लिएर सबैलाइ मिलाउँछौं ः सिग्देल
पोखरा, १० फागुन । नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले नेपाल पत्रकार महासंघको आगामी निर्वाचनमा सबै संगठनलाई मिलाएर लिएर जाने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीले नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनका सन्दर्भमा पोखरामा गरेको छलफल तथा भेलामा उनले महासंघलाई सबै पत्रकारको साझा संस्था बनाउने गरी नेतृत्व युनियनले लिने उद्घोषण गरे । नेकपा निकट पत्रकारका...
पूर्व प्रधानमन्त्री भट्टराई उपचारका लागि भारत जाँदै
पोखरा, ९ फागुन । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई उपचारका लागि आज भारत जादै छन् । उनी नेपाल वायुसेवा निगमको जहाजबाट भारतको दिल्ली जाने छन् । केही दिनयता पेटमा समस्या देखिएपछि उपचारका लागि काठमाडौंको निदान अस्पतालमा भर्ना भएका थिए । उनलाई न्युरो इन्डोक्राइनको ट्युमर भएको आशंका गरिएको छ...
आज विराटनगरमा ओली समूहको प्रदर्शन
पोखरा, ८ फागुन । नेकपा केपी शर्मा ओली समूहले आज विराटनगरमा प्रदर्शन गर्दै छ । प्रदर्शनपछिको आमसभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली विराटनगर जाने कार्यक्रम छ ।प्रधानमन्त्री ओली आउने भएपछि त्यहाँ सुरक्षा व्यवस्था कडा पारिएको छ। सम्बोधनका लागि गृहमन्त्री रामबहादुर थापा र नेता सुवासचन्द्र नेम्वाङलगायतका नेता पनि विराटनगर पुग्ने बताइएको छ । १ नम्बर...
पूर्वी तराईको साताव्यापी भ्रमणमा कांग्रेस वरिष्ठ नेता पौडेल
विराटनगर, ७ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आजदेखि पूर्वी तराईका विभिन्न जिल्लाको भ्रमणमा निस्किएका छन्। पौडेल पूर्वी तराईका जिल्लाको भ्रमणका लागि विराटनगर पुगेका छन् । पौडेल आज अर्थात फागुन ७ गतेदेखि १३ गतेसम्म पूर्वी र मध्य तराईका जिल्लाको भ्रमण गर्न कार्यक्रम तय भएको उनका निजी सहयोगी चिरन्जीवी अधिकारीले जानकारी दिए। वरिष्ठ नेता...
नेकपा प्रचण्ड–नेपाल पक्षको बैठक शुरु, नेताहरू नागरिकता बोकेर पेरिसडाँडामा
काठमाण्डौ, ७ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक शुरु भएको छ ।  आकस्मिक बोलाइएको उक्त बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको हो । बैठकका लागि केन्द्रीय सदस्यहरू नागरिकता र पचियपत्र लिएर पेरिसडाँडास्थित पार्टीको केन्द्रीय कार्यालय पुगेका छन् । निर्वाचन आयोगले नेकपा विवाद निरूपणमा ढिलाइ गरेको भन्दै प्रचण्ड-नेपाल समूहले छलफल गर्न...
प्रतिनिधि सभा विघटन बारेमा फैसला अर्को हप्ता, मुद्दामाथिको बहस आज सकिदैं
काठमाडौँ, ७ फागुन । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरूमाथिको सुनुवाइ अन्तिम चरणमा पुगेको छ । अदालतले सहयोगीका रूपमा झिकाएका एमिकस क्युरीको बयान पनि सकिने चरणमा पुगेको हो । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा एमिकस क्युरीका तर्फबाट अधिवक्ता गीता पाठक संग्रौलाले आफ्नो राय राखेपछि सो मुद्दामाथिको बहस आज सकिने भएको छ । उक्त मुद्दामा सर्वोच्चको संवैधानिक इजलासमा क्युरीका तर्फबाट...
सतर्क बनौं, वर्ड फ्लु भित्रिन सक्छ
पोखरा, ६ फागुन । गण्डकी प्रदेशमा वर्ड फ्लु भित्रिन सक्ने सम्भावना रहेकाले आवश्यक सावधानी र सतर्कता अपनाउनुपर्ने निष्कर्ष निकालिएको छ । प्रादेशिक एभियन ईनफलुएन्जा रोग नियन्त्रण प्राविधिक समन्वय समितिको पोखरा बिहीबार बसेको बैठकले त्यस्तो निष्कर्ष निकाल्दै पंक्षि र पंक्षिजन्य पदार्थको ओसारपसारमा निगरानी बढाउने निर्णय गरेको छ । गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव...
आज काँग्रेस सभापति देउवा र वरिष्ठ नेता पौडेल पोखरा आउँदै
पोखरा, ६ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल आज पोखरा आउने भएका छन् । नेपाल राष्ट्रिय मगर संघ, गण्डकी प्रदेशको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न उनीहरु पोखरा आउन लागेका हुन् । संसद विघटन भएपछि उनीहरु पहिलो पटक पोखरा आउँदै छन् । प्रशिक्षण पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुनेछ । प्रशिक्षण पूर्व...
हिमपातका कारण पानीका मुहान जमे
पोखरा, ५ फागुन । ताप्लेजुङमा हिमपातका कारण पानीको मुहान जमेपछि खानेपानीको समस्या हुन थालेको छ । गए रातिदेखिको हिमपातका कारण त्यहाँको जनजीवन प्रभावित बनेको छ । हिउँले जिल्ला सेताम्य भएको छ ।न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस छ । चिसोका कारण मानिस घरभित्रै आगो तापेर बसिरहेको स्थानीयले जानकारी दिएका छन् ।
राष्ट्र न्यूज डट कमको सम्पादकमा सापकोटा
पोखरा, २५ माघ । सांदीपन मिडिया प्रा.लिले सञ्चालनमा ल्याएको राष्ट्र न्यूज डट कमको सम्पादकमा प्रकाशचन्द्र सापकोटा नियुक्त भएका छन् । प्रा.लिका सञ्चालक सपना पोख्रेलको अध्यक्षतामा बसेको बैठकले सापकोटालाई सम्पादकमा नियुक्त गरेको हो । पोखरा २५ हेमजा निवासी सापकोटा विगत २ दशकदेखि पत्रकारितामा संलग्न छन् । सापकोटा करीब डेढ दशक पोखराको आदर्श समाज दैनिकमा कार्यरत थिए...
सहयोग लिएर महिला नेतृ आचार्य दलीत बस्तीमा
पोखरा, २५ माघ। नेपाली काँग्रेसकी महिला नेतृ रङ्गिला आचार्यले सहयोग अभियानलाई जारी राखेकी छन् । पछिल्लो पटक सहयोग गर्न उनी पोखरा १६ अर्मलाकोटको दलीत बस्ती पुगेकी छन् । अर्मलाकोटका एक सय घर परिवारलाई कम्मल र न्यायो कपडा वितरण गरेकी हुन् । यस अघि उनले पोखरा २० का कृषकलाई कोदालो सहयोग गरेकी थिइन्। उनले कोरोना महामारीको...