देश

घाँस काट्ने क्रममा गैंडाको आक्रमण, विकको मृत्यु
पोखरा, २० फागनु । गैंडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । गैडाको आक्रमणबाट नवलपरासी (पूर्व) मध्यविन्दु नगरपालिका–१२ नयाँबेलाहानीकी ४४ वर्षीया फविसरा विकको मृत्यु भएको छ । विहिबार बिहान खेतमा घाँस काट्ने क्रममा अचानक पछाडिबाट गैँडाले आक्रमण गरेको थियो । उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको छ...
बढ्दै सम्बन्धविच्छेद
गलकोट, २० फागुन (रासस) । बागलुङ जिल्लामा बर्सेनि सम्बन्धविच्छेदका घटना बढ्दै गएको छ । जिल्ला अदालत बागलुङमा परेका मुद्दा र फैसलाको तथ्याङ्कअनुसार सम्बन्धविच्छेद पछिल्लो समय बढ्दो क्रममा देखिएको छ । विसं २०७४ मा नयाँ मुलुकी संहिता लागू भएपछि सम्बन्धविच्छेदका जटिलतामा धेरै सहजता आएको छ । पछिल्लो समय महिला या पुरुषमध्ये कुनै एक पक्षले चाहे अदालतमा...
भोकै छन् राउटे
कर्णाली, १९ फागुन (रासस)। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई राउटे अगुवा दिलबहादुर शाहीले भेटेका छन् । आफ्ना जनताका लागि खानाको समस्या भएको भन्दै मङ्गलबार मुख्यमन्त्री शाहीको कार्यकक्षमा पुगेका दिलबहादुरले गुराँस गाउँपालिकाले चार महिनासम्म भत्ता नदिएको गुनासो पोखे । गाउँपालिकाले दिने प्रतिव्यक्ति मासिक रु तीन हजार नपाउँदा खानलाई चामल किन्न नसकेकाले भोको पेटमा सरकारसमक्ष बिन्ती...
चन्द समूहसँग वार्ता गर्न टोली गठन
काठमाडौँ, १८ फागुन (रासस)।सरकारले नेत्रविक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय टोली गठन गरेको छ । वार्ताका माध्यमबाट नै समस्या समाधान गर्ने नेपाल सरकारको निर्णयानुरुप गृहमन्त्री रामबहादुर थापाका संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराई सदस्य रहेको दुई सदस्यीय वार्ता टोली आज गठन गरिएको हो । नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत...
घाँस काट्न जाने क्रममा नीलगाईको आक्रमण,एक जनाको घटनास्थलमै मृत्यु
चितवन, १७ फागुन (रासस)।माडी नगरपालिकामा नीलगाईको आक्रमणबाट आज एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा माडी –६ का ५५ वर्षीय वीरबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार स्थानीय कल्याणपुर सामुदायिक वनमा घाँस काट्न जाने क्रममा तामाङलाई अपराह्न २ः४० बजे नीलगाईले आक्रमण गरेको थियो ।
विसं २०७८ मा तीन दशैँ
काठमाडौँ, १७ फागुन (रासस)। विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख ७ गते मङ्गलबार चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । यसैगरी विसं २०७८ को चैत २६ गते...
बाघको छालासहित पक्राउ
काठमाडौँ, १६ फागुन (रासस) । प्रहरीले बाघको छालासहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त मालिगाउँको टोलीले काठमाडौँ महानगरपालिका–५ हाँडीगाउँबाट बाघको छाला बिक्री गर्न ग्राहकको खोजी गरिरहेको अवस्थामा ३५ वर्षीय मोहन कार्कीलाई आज पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बाघको छाला बिक्री वितरणका लागि घरको...
नेपाली कांग्रेसका नेता जोशीलाई मस्तिष्कघात
काठमाडौँ, १४ फागुन (रासस) । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । गए राति स्वास्थ्यमा समस्या आई अप्ठ्यारो महसुस भएपछि उनलाई राति नै पहिले वीर अस्पताल र पछि थप उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको पारिवारिक स्रोतले जनाएको छ । पूर्वमन्त्री जोशीलाई बिहान २ः३० बजे नर्भिक अस्पताल पु¥याइएको र करीब ४ बजेतिर टाउकामा...
दुर्घटनामा एकको मृत्यु, चार घाइते
कावासोती, १२ फागुन (रासस)  । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा एकको मृत्युु भएको छ । दुर्घटनामा परी चार घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार पूर्वपश्चिम राजमार्गको दाउन्नेमा आज दिउँसो बस आफैँ अनियन्त्रित भएर सडक छेउमा पल्टिँदा बसका चालकको मृत्यु भएको...
कठिन अवस्थामा सङ्घर्ष गरेर पढिरहेका छोरीहरू
– दुर्गा देवकोटा टीकापुर, १२ फागुन (रासस) ः कैलालीको धनगढीकी अस्मिता चौधरीले बालिका हुँदा कम्लहरी देखेकी थिइन तर उनलाई आफू पनि कम्लहरी बस्नुपर्ला भन्ने लागेको थिएन । अस्मिता आठ वर्षकी थिइन् । स्थानीय नवदुर्गा विद्यालयमा कक्षा ५ मा अध्ययनरत अस्मिताको घरमा आमाबुवा रहँदा जसोतसो जीवन चलिरहेको थियो । अस्मिताका बुवाको मृत्युपछि अस्मिताले पढ्ने, खेल्ने उमेरमा...
काँग्रेस सभापति देउवाद्वारा सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापना गरेकोमा स्वागत
काठमाण्डौं,११ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनको विषयबारे सर्वोच्च अदालतमा परेको मुद्दामा आज अदालतबाट भएको फैसलाको स्वागत गरेका छन् । उनले विज्ञप्तिमार्फत कांग्रेस विघटित प्रतिनिधिसभा पुनःस्थापना हुने गरी सर्वोच्च अदालतले गरेको फैसलाको सम्मान गर्दै स्वागत गरेका हुन् । कांग्रेसले अदालतमा विचाराधीन मुद्दामा आफ्नो पक्षमा फैसला गराउन कसैले पनि दबाब दिन नहुने र...
१० लाख अवैध भारतीय रुपैयाँसहित खान पक्राउ
नेपालगन्ज,१० फागुन । १० लाख अवैध भारतीय रुपैयाँसहित दिल्ली जफ्फारावादका ५४ वर्षीय मुनवर खानलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१६ को भन्सार चेक प्वाइन्टबाट उनलाई नियन्त्रणमा लिइएको हो । उनको साथमा रहेका २ वटा झोलाभित्र २ हजारका ३ वटा र ५ पाँच सयका १ हजार ९ सय ८८ वटा भारतीय रुपैयाँ...