देश

काँग्रेसले राष्ट्रिय दायित्व पूरा गर्नु पर्छ – वरिष्ठ नेता पौडेल
पोखरा, ३ चैत । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसले नै मुुलुकलाई नेतृत्व दिएर राष्ट्रिय दायित्व पूरा गर्नुपर्ने बताएका छन् । राष्ट्रिय दायित्व पूरा गर्न पार्टी नेतृत्व ढुलमुले अवस्थामा रहन हुँदैन उनले भने, मुलुकलाई दिशा निर्देश गर्ने गरी भूमिका खेल्नुपर्छ । वरिष्ठ नेता पौडेलले पार्टी सभापति देउवाको उदाशीनता रहस्यमय भएको टिप्पणी समेत गरे ।...
थप ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि
काठमाडौँ, २ चैत (रासस) । देशभर पछिल्लो २४ घण्टामा थप ७९ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ३११ जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा कारोनाका कारण कसैको पनि मृत्यु भएको छैन । अहिलेसम्म नेपालमा कोरोना भाइरस...
भन्सार छलीका सामान बरामद
कैलाली, २ चैत (रासस) । धनगढी उपमहानगरपालिका–१ स्थित सडकखण्डबाट प्रहरीले रु एक लाखभन्दा बढीका भन्सार छलीका अवैध लुगाकपडा बरामद गरेको छ । भारतबाट अवैध भन्सार चोरी पैठारी भइरहेको सूचनाको आधारमा १७० सुट पिस, सेतो कुर्ती ९० पिस, पाउडर ११५ दर्जन, कोटको अस्तर चार पोका, कपडा थान एक रोल गरी अन्दाजी रु एक लाख १८ हजार...
मेघ गर्जनसहित वर्षाको सम्भावना
काठमाडौँ, २९ फागुन (रासस) । पश्चिमी वायुको प्रभावले शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले देशको अधिकांश भूभागमा बदली रही पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहनुका साथै उच्चपहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको...
आज मेघगर्जनसहित वर्षा हुने
काठमाडौँ, २७ फागुन (रासस) । पश्चिमी वायुको प्रभावले आज देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अपराह्नपछि मेघगर्जनसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना छ । हाल देशका पहाडी भूभागका केही स्थानमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा छ ।...
त्रिशुलीमा ट्रक खस्यो
चितवन, २७ फागुन (रासस) । पृथ्वी राजमार्गको चुुम्लिङटारमा त्रिशूलीमा ट्रक खस्दा दुई घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सुनवलबाट काठमाडौँतर्फ जाँदै गरेको लु२ख २७६ नम्बरको सिमेन्ट बोकेको ट्रक इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा अनियन्त्रित भई सडकबाट १०० मिटर तल त्रिशूली नदीमा खसेको हो । ट्रक त्रिशूलीमा खस्दा ट्रकका चालक र सहचालक घाइते भएका छन्...
महाशिवरात्रिको तयारीस्वरुप पशुपतिनाथ क्षेत्रमा सफाइ
काठमाडौँ, २६ फागुन (रासस) । महाशिवरात्रिको तयारीस्वरुप आज बिहान पशुपतिनाथ मूल मन्दिर क्षेत्र सफाइ गरिएको छ । महाशिवरात्रि पर्वलाई स्वच्छ र सफा वातवरणमा सम्पन्न गराउन पशुपति क्षेत्र विकास कोषले गठन गरेको वातावरण सरसफाइ तथा जुत्ता चप्पल व्यवस्था उपसमितिको आयोजनामा आज बिहान सफाइ गरिएको हो । सफाइबाट चार गाडी फोहर व्यवस्थापन गरिएको उपसमिति संयोजक एवं वाग्मती...
डा खड्काको निधनप्रति दुःख व्यक्त
काठमाडौँ, २५ फागुन (रासस) ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी, म्याग्दीका पूर्वसभापति डा भूपेन्द्रबहादुर खड्काको निधनप्रति दुःख व्यक्त गरेका छन् । डा खड्काको आज बिहान काठमाडौँको सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा निधन भएको हो । सभापति देउवाले डा खड्काको निधनको खबरले आफूलाई स्तब्ध र मर्माहत भएको जनाउँदै शोकविज्ञप्तिमार्फत श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका...
एकै घरका पाँच जनाले कर्णालीमा हामफालेर आत्महत्या गरेको आशङ्का
कर्णाली, २५ फागुन (रासस) । दैलेखको आठबीस नगरपालिका–३ दैलेख निमाइलका एउटै घरका पाँच जनाले कर्णाली नदीमा हामफालेर आत्महत्या गरेको आशङ्का गरिएको छ । आमासहित चार बालबालिकाले कर्णाली नदीमा हामफालेर आत्महत्या गरेको हुनसक्ने आशङ्का प्रहरीले गरेको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले हामफालेका पाँचमध्ये सोमबार दुईको शव भेटिएको जानकारी दिए ।...
पश्चिमी वायुको प्रभावः वर्षा र हिमपातको सम्भावना
काठमाडौँ, २३ फागुन (रासस) । पश्चिमी वायुको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायुको आंशिक प्रभावले सोमबार बेलुकासम्म देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भूभागमा मेघगर्जनसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । ठूलो पानी पर्ने सम्भावना भने...
लागूआौषधसहित युवक पक्राउ
पोखरा,२२ फागुन । प्रहरीले लागूआौषधसहित एक युवकलाई पक्राउ गरेको छ । पर्वत कुश्मा नगरपालिका वडा ३ बडागाँउ बस्ने २२ वर्षीय मनोज कुवँरलाई लागूऔषधसहित पक्राउ गरेको हो । उनको साथबाट लागूऔषध डाईजापाम– ३४ एम्पुल, फेनेरागन– ३४ एम्पुल, नुर्फिनुर– ३४ एम्पुल गरी एक सय २ एम्पुल, मोवाईल २ थान र नगद रु.१ हजार २ सय बरामद गरिएको...
७५ औ स्थापना दिवसमा ट्रेड युनियन काँग्रेस मानव सेवा आश्रममा
पोखरा, २१ फागुन । नेपाल ट्रेड युनियन काँग्रेसले शुक्रबार ७५ औं स्थापना दिवस मनाएको छ । ट्रेड युनियनका जिल्ला शाखाले देशभर नै विविध कार्यक्रम गरी स्थापना दिवस मनाएका हुन् । स्थापना दिवसको अवसरमा नेपाल ट्रेड युनियन काँग्रेस कास्कीले पोखरा १७ मानव सेवा आश्रमलाई सहयोग गरेको छ । युनियनले आश्रमका लागि आवश्यक १५ थान कुर्ची र...