देश

अभिभावकमा कोरोनाको त्रास, विद्यालय सञ्चालनमा चुनौती
 प्रकाश सिलवाल काठमाडौँ, ३ वैशाख (रासस) । कोरोना भाइरसको दोस्रो लहरको जोखिम बढेसँगै शहरी क्षेत्रका शिक्षालय बन्द गरी पुनः अनलाइन कक्षा सञ्चालनका लागि तयारी भए पनि शिक्षण संस्थाहरू सरकारको निर्णयको प्रतीक्षामा रहेका छन् । बालबालिकामा समेत सङ्क्रमण देखिएपछि काठमाडौँ उपत्यकाका निजी र सामुदायिक विद्यालयका कतिपय अभिभावकले पढाइभन्दा ज्यान ठूलो ठानेर आफ्ना छोराछोरीलाई पठाउन छाडेका छन्...
कोरोना कहर : नेपालगञ्जका विद्यालय एक साता बन्द
राँझा, २ वैशाख (रासस) । कोरोना भाइरस सङ्क्रमण बढेपछि नेपालगञ्ज उपमहानगरपालिकामा शुक्रबारदेखि शैक्षिक संस्था बन्द हुने भएका छन् । नेपालगञ्ज उपमहानगरपालिका विपद् व्यवस्थापन समितिको आज बसेको बैठकले नेपालगञ्जमा पछिल्लो समय कोभिड सङ्क्रमण उच्चगतिमा बढेपछि उपमहानगरपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्था एक साताका लागि बन्द गर्ने निर्णय गरेको उपप्रमुख उमा थापामगरले जानकारी दिनुभयो । नगरप्रमुख डा धवलशम्शेर राणाको...
यस वर्ष पनि विक्रमबाबा मेला स्थगित
चितवन, २ वैशाख (रासस)। हरेक वर्ष चैते दशैँका अवसरमा लाग्ने विक्रमबाबा मेला यस वर्ष पनि बन्द गरिएको छ । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र लाग्ने सो मेला कोरोना जोखिमका कारण बन्द भएको हो । सरकारले २५ भन्दा बढीको भेला हुने कार्यक्रम नगर्न निर्देशन जारी गरेसँगै गत चैत ३१ गतेदेखि शुरु भएको सो मेला बन्द गरिएको हो...
भारतको पश्चिम बङ्गालको निर्वाचनका लागि पूर्वी नाका सिल
झापा, २ वैशाख (रासस)।भारतको पश्चिम बङ्गालमा हुने निर्वाचनका लागि पूर्वी नाका ७२ घण्टा लागि आज बिहान ६ बजेदेखि सिल गरिएको छ । पश्चिम बङ्गालमा यही वैशाख ४ गते हुने राज्यसभाको निर्वाचनलाई दृष्टिगत गरी काँकडभिट्टा र भद्रपुर नाका सिल गरिएको हो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आज बिहानदेखि वैशाख ४ गते बेलुका ६ बजेसम्मका लागि...
साधनास्थलको रुपमा विकास हुँदै हरिहर गुफा सन्यास आश्रम
–वासुदेव पौडेल गण्डकी, १ वैशाख (रासस) ः विश्वमा नै आकर्षक पर्यटकीय गन्तव्यका रुपमा ख्याति कमाएको पर्यटकीय नगरी पोखराको पूर्वोत्तरस्थित हरिहर गुफा सन्यास आश्रम योग तथा साधनाको गन्तव्यका रुपमा विकास हुँदै गएको छ । समुद्र सतहदेखि एक हजार ३०० मिटर उचाइमा रहेको आश्रमको ऐतिहासिक गरिमा र महत्वका साथै रमणीयस्थान रहेका कारण साधना गर्न चाहनेका लागि आकर्षक...
सरकार सकेसम्म बन्दाबन्दीको पक्षमा छैन : प्रम
काठमाडौँ, १ वैशाख (रासस) ।प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७८ का अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै सरकार कोभिडको महामारीका बेलामा सकेसम्म बन्दाबन्दी गर्ने पक्षमा नभएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले सिंहदरस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा सरकार बन्दाबन्दी गर्ने पक्षमा नरहेको स्पष्ट पार्नुभएको हो । उहाँले सरकारले बन्दाबन्दी गर्ने धम्की...
नेपालमा नयाँ खालको कोभिड–१९ को भाइरस समुदायस्तरमा ह्वात्तै बढ्दै
–शरद शर्मा काठमाडौँ, ३० चैत (रासस) ।कोभिड–१९ को नयाँ स्वरुपको भाइरस देखापरेपछि सतर्कता अपनाउन विज्ञहरुले सुझाव दिएका छन् । पहिलेको भन्दा कडा खालको भाइरस रहेकाले विज्ञहरुले सतर्कता अपनाउन सुझाव दिएका हुन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले अहिले देखिएको भाइरसले कडा खालको रहेकाले सर्तकता अपनाउनु आग्रह गरे । “पहिल्यैकै भाइरसको...
‘देशलाई निकास दिन काँग्रेस नेतृत्वमा चुनावी सरकार’
पोखरा, ३० चैत्र । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले देशलाई निकास दिन काँग्रेसको नेतृत्वमा चुनावी सरकार आवश्यक रहेको बताएका छन् । नेपाल प्रेस युनियन कास्कीले पोखरा आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले संसदलाई काम नदिएर अनिर्णयको वन्दी बनाउने ओली सरकारलाई अब धेरै दिन राख्न नहुने बताए ।आगामी मंसिर वा चैत्र महिना...
कांग्रेस केन्द्रीय समिति बैठक स्थगित
काठमाडौँ, ३० चैत (रासस)। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज दिउँसो २ बजे बोलाइएको बैठक स्थगित भएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलका माइला भाइ गोविन्दराज पौडेलको आज बिहान चितवनको रत्ननगरमा निधन भएपछि बैठक स्थगन गरिएको पार्टी कार्यालयले जनाएको छ । बैठकमा आसन्न १४औँ महाधिवेशन तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्ने कार्यसूची तय भएको थियो...
गैँडा बढेको खुसियालीमा दीपप्रज्वलन
चितवन, ३० चैत (रासस) । चितवन राष्ट्रिय निकुञ्जसहित देशभरका निकुञ्जमा गैँडाको सङ्ख्या बढेको खुसियालीमा सौराहामा दीपप्रज्वलन गरिएको छ । आइतबार साँझ दीपप्रज्वलन गरिएको हो । रत्ननगर नगरपालिका, सौराहाका पर्यटन व्यवसायी, संरक्षणकर्मी तथा अन्य सामाजिक सङ्घसंस्थाका प्रतिनिधिले गैँडा वृद्धिको खुसी साटासाट गर्दै सौराहाको गैँडाचोक र हात्तीचोकमा दीपप्रज्वलन गरेका हुन् । पर्यटन र जनताको जीविकोपार्जनसँग जोडिएको निकुञ्जको...
शान्तिको कामना गर्दै पशुपति क्षेत्रमा बज्रेश्वरी जात्रा
काठमाडौँ, २९ चैत (रासस) ।देशमा शान्ति होस् भन्ने कामनाले पशुपति क्षेत्रमा गरिने बज्रेश्वरी जात्रा आज बिहानदेखि शुरु भएको छ । इटापाखाबाट शुरु भएको जात्रा पशुपति क्षेत्रका सबै टोलमा घुमाउने परम्परा रहेको पशुपति क्षेत्र विकास कोष अमालकोट कचहरीका द्वारे पूर्ण डङ्गोलले राससलाई जानकारी दिए । चैत्र कृष्ण अष्टमीका दिन पशुपतिका भट्टले नै जात्रामा उपत्यकाका मुख्य देवदेवी...