देश

त्रिविका सबै परीक्षा स्थगित
काठमाडौँ, १३ वैशाख (रासस)।  त्रिभुवन विश्वविद्यालयले सबै परीक्षा स्थगन गरेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय केन्द्रीय परीक्षा सञ्चालन समितिको आज बसेको बैठकले मङ्गलबारदेखि हुने सबै परीक्षा स्थगन गरेको हो । परीक्षा नियन्त्रक पुष्पराज जोशीले कोरोना भाइरसको दोस्रो प्रकोपले देशका विभिन्न स्थानमा बन्दाबन्दी र निषेधाज्ञा भएका कारण अहिलेको स्थितिमा परीक्षा सञ्चालन गर्न नसकिने भएकाले स्थगन...
पोखरामा मनाइयो विश्व भेटेरिनरी दिवस
पोखरा, १२ वैशाख । पोखरामा  २१ औँ विश्व भेटेरिनरी दिवस मनाइएको छ । गण्डकी प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले संयुक्त रुपमा दिवस मनाएको हो । सो दिवसको अवसरमा कोभिड–१९ संकटमा भेटेरिनरीयनको प्रतिक्रिया विषयक निवन्ध प्रतियोगिता गरिएको थियो ।...
कांग्रेस बैठक वैशाख १३ गते
काठमाडौँ, ११ वैशाख (रासस)। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही वैशाख १३ गते दिउँसो २ बजे बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा मुलुकको समसामयिक राजनीति र पार्टीको १४ औँ महाधिवेशनलगायत विषयमा छलफल हुने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । कांग्रेसले पार्टीको १४औँ महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म...
बढेको बढैछ कोरोना संक्रमण ,नेपालमा सङ्क्रमितको सङ्ख्या दुई लाख ९४ हजार
काठमाडौँ, १० वैशाख (रासस) ।पछिल्लो २४ घण्टामा थप दुई हजार ५५९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या दुई लाख ९४ हजार ६०१ पुगेको छ । थप आठ हजार ७९८ जनाको पीसीआर विधिबाट परीक्षण तथा ८६६ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । हालसम्म पीसीआर परीक्षण गराउनेको सङ्ख्या २३ लाख...
सडक निर्माणका क्रममा करेन्ट लागेर मृत्यु
गोरखा, १० वैशाख (रासस) । करेन्ट लागेर आज बिहान एक युवकको मृत्यु भएको छ । गोरखा नगरपालिका–६ स्थित टेलिकम क्षेत्रमा सडक बाटो ढलानका क्रममा आफैँले समाएको फलामको रडले विद्युत्का तारमा छुन पुग्दा करेन्ट लागेर रुकुम(पश्चिम)को चौरधारे नगरपालिका–१० घर भएका ३२ वर्षीय थलबहादुर विकको मृत्यु भएको हो । ढलान गरेर सडक बनाउन लागिएका ठाउँमा मजदूर विकले...
हुम्लामा हिमपात, सर्वसाधारण अचम्भित
सिमकोट, ९ वैशाख (रासस) ।उच्च हिमाली जिल्ला हुम्लामा वैशाख महिनामा हिमपात हुँदा यहाँका नागरिक अचम्भित भएका छन् । पुस, माघ र फागुन तीन महिना मात्रै हिमपात देखेका यहाँका नागरिकलाई वैशाख महिनामा हिमपात हुँदा जलवायु परिवर्तनले हिउँ परेको हो कि भन्ने लागेको छ । आफूले वैशाखमा हिमपात भएको देखेको यो पहिलो पटक भएको सिमकोट–२ का गोकुल...
चार दिनदेखि इन्टरनेट सेवा अवरुद्ध,सेवाग्राही मर्कामा
सिमकोट, ८ वैशाख (रासस) । हुम्लामा चार दिनदेखि नेपाल टेलिकमको इन्टनरनेट सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन् । गएको शनिबार बेलुकादेखि इन्टरनेट सेवा अवरुद्ध हुँदा जिल्ला सदरमुकाम सिमकोटसहित आसपासका सेवाग्राही मर्कामा परेका हुन् । इन्टरनेट सेवाले काम नगर्दा सिमकोटमा सञ्चालित एक दर्जनभन्दा बढी बैंक तथा वित्तीय संस्थालाई बढी समस्या बनाउनुका साथै कारोबारसमेत ठप्प भएको...
पोखरामा व्यूटिसियन संघको अन्तरक्रिया
पोखरा, ६ वैशाख । नेपाल व्यूटिसियन संघ कास्कीले पोखरामा सोमबार अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा ६० भन्दा बढी व्यूटिसियनको सहभागिता रहेको थियो । कार्यक्रममा व्यूटिसियन व्यवसायका अवसर, चुनौती र समस्या समाधानका बारेमा छलफल भएको थियो । कार्यक्रम उद्घाटन गर्दै नेपाल व्यूटिसियन संघकी केन्द्रीय अध्यक्ष भगवती खड्काले व्यवसायका समस्या समाधानका लागि सामूहिक प्रयास आवश्यक रहेको...
अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरी छठ पर्व मनाइँदै
 सञ्जीतकुमार मण्डल जलेश्वर, ५ वैशाख (रासस) :अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरी आज साँझ महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलमा चैती छठ मनाइँदै छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी,...
भेरीमा तीन घण्टामा तीन सङ्क्रमितको मृत्यु
राँझा, ५ वैशाख (रासस) । बाँकेमा गए राति भेरी अस्पतालमा उपचाररत तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालको कोरोना विशेष वार्डमा उपचाररत तीन सङ्क्रमितको मृत्यु भएको जिल्ला सङ्कट व्यवस्थापन समिति बाँकेका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो । उहाँका अनुसार भेरी अस्पतालमा उपचाररत राजापुर नगरपालिका–१ बर्दिया निवासी ७३ वर्षीय पुरुषको शनिबार...
भारतबाट फर्किएका १५ नेपालीमा कोरोना
राँझा, ४ वैशाख (रासस) ।बाँकेको नेपालगञ्जस्थित जमुनाह हुँदै भारतबाट शुक्रबार नेपाल प्रवेश गरेका १५ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भारतबाट फर्किएका शङ्कास्पद व्यक्तिको एन्टिजिन जाँच गर्दा १५ जनामा कोरोना सङ्क्रमण देखिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार, भारतको पञ्जाब, महाराष्ट्र र गुजरातबाट आएका सङ्क्रमित सबै पुरुष छन...