click here

follow link
https://www.psychiccowgirl.com/raxi860gtk
https://www.masiesdelpenedes.com/xsb5nxc2k

देश

निषेधाज्ञा ५२ जिल्लामा
काठमाडौँ, २२ वैशाख (रासस) । मुलुकमा कोभिड–१९ सङ्क्रमण बढ्दो क्रममा रहेसँगै नियन्त्रणका लागि विभिन्न जिल्लाले निषेधाज्ञा जारी गरेको छ । वैशाख ७ देखि जारी हुन थालेको निषेधाज्ञा आजसम्म ५२ जिल्लामा पुगेको छ । त्यसमध्ये १२ जिल्लामा आंशिक आदेश जारी भएको छ । पछिल्लो चौविस घण्टामा छ जिल्लामा निषेधको आदेश जारी भएको गृह मन्त्रालयले जनाएको छ...
अस्पतालहरुमा पर्याप्त छैनन् अक्सिजन सिलिन्डर
दमौली, २२ वैशाख (रासस) । कोभिड–१९ को दोस्रो लहरको जोखिम बढ्दै गइरहेका बेला तनहुँका अस्पतालहरुमा पर्याप्त मात्रामा अक्सिजन सिलिन्डर नरहेको पाइएको छ । तनहुँमा कोभिडको उपचार गर्ने तीनवटा सरकारी स्वास्थ्य संस्थामा ६४ सिलिन्डर मात्र अक्सिजन मौज्दात रहेको पाइएको हो । विभिन्न जिल्लामा कोभिड बिरामी उपचारका लागि अक्सिजनको अभाव भएको समाचार आइरहँदा यहाँ अक्सिजन भण्डारण र...
बारीमा उत्पादित तरकारी खेर जाने भन्दै किसान चिन्तित
धनगढी उपमहानगरपालिका–२ को दीपटोल र कृष्णनगर नजिकै दुई स्थानमा गरी तीन बिघाभन्दा बढी जमीन लिज (भाडा)मा लिई व्यावसायिकरूपमा तरकारी खेती गर्दै आएका एक स्थानीयवासी कृषक खेतमा उत्पादन भएको तरकारी खेर जाने भन्दै चिन्तित भएका छन् । महामारीका रूपमा फैलिएको कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको निषेधाज्ञाले तरकारी बजार पूर्णरूपमा ठप्प भएपछि बारीमा उत्पादन भएको...
गस्ति गरेको अवस्थामा चट्याङले लागेर प्रहरी चौकीका प्रमुखको मृत्यु
झापा, २१ वैशाख (रासस) । झापाको भद्रपुर नगरपालिका–२ मा रहेको किच्चकबध प्रहरी चौकीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको चट्याङ लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार सोमबार राति १०ः५५ बजेतिर गस्तीमा रहेको अवस्थामा उहाँ चट्याङ लागेर घाइते हुुनुभएको थियो । तत्कालै भद्रपुरको ओमसाइ पाथिभरा अस्पताल पु¥याउँदा...
अब बिरामीलाई अनलाइनमार्फत विशेषज्ञ चिकित्सकीय परामर्श
काठमाडौँ, २१ वैशाख (रासस) । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीले ‘टेलिपरामर्श सेवा’ शुरु गरेको छ । ग्राण्डीले नयाँ भेरियन्टसहित दोस्रो चरणको कोभिड–१९ को विषम परिस्थितिमा सङ्क्रमण भएर होमआइसोलेशनमा रहेका तथा कोभिड नभएका दुवैखाले बिरामीलाई लक्ष्य गरेर टेलिपरामर्श सेवा सुरु गरेको हो । अस्पतालका महाप्रबन्धक विकासमान सिंहले कोभिड सङ्क्रमण भएर होमआइसोलेशनमा बसेका तथा कोभिड नभएका दुवै खालका...
आमा भन्नुहुन्छ – घरमा खाने अन्न पनि नभएको अवस्थामा कसरी छोरीको आँखाको उपचार गर्ने ?
बझाङ, २० वैशाख(रासस) । जयपृथ्वी नगरपालिका वडा नम्बर ६ नौराकी ६ वर्षीया शिवानी सिंह र उनका आठ वर्षीय दाजु वैशाख १७ गते अपराह्न ४ बजेतिर घर नजीकै आँगनमा हाँस्दै रमाउँदै खेलिरहेका थिए । एक्कासि आएको हावाहुरीका कारण शिवानीको आँखामा खेलिरहेकै अवस्थामा छारो पस्यो । त्यतिबेला केही पनि भएन र त्यो दिन आँखामा छारो पसेको कुरा...
आगलागीबाट उद्योगमा रु १५ करोड क्षति
झापा, २० वैशाख (रासस) । मेचीनगर नगरपालिका–१५ निलकोठीस्थित बायोग्यास कोइला कारखानामा भएको आगलागीबाट रु १५ करोडको क्षति भएको प्रहरीले जनाएको छ । ज्यामिरगढी प्रहरी चौकीबाट ४ किलोमिटर दक्षिण गाउँमा रहेको सो उद्योगले इन्धनमा प्रयोग हुने ब्रिकेट कोइला उत्पादन गर्दै आएको थियो । जिल्ला प्रहरी कार्यालय झापाले उद्योग सञ्चालकलाई उद्धृत गर्दै आगलागीबाट रु १५ करोडको क्षति...
अक्सिजन उत्पादन शुरु
काठमाडौँ, २० वैशाख (रासस) । काठमाडौँ महानगरपालिकाको लगानीमा शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा राखिएको अक्सिजन प्लान्टबाट उत्पादन शुरु गरिएको छ । कामपाले उपलब्ध गराएको करिब रु दुई करोड ७५ लाख लागतमा स्थापना गरिएको प्लान्टबाट आइतबारदेखि अक्सिजन उत्पादन शुरु गरिएको हो । उक्त प्लान्टबाट दैनिक ४७ लिटरका १३५ सिलिण्डर अक्सिजन उत्पादन गर्न सकिने छ । यसमध्ये...
कुल बजेटको २० प्रतिशत शिक्षामा छुट्टयाउन सुझाव
काठमाडौँ, १९ वैशाख (रासस) । नेपाली कांग्रेसको केन्द्रीय शिक्षा विभागले संविधानको शिक्षासम्बन्धी मौलिक हक कार्यान्वयन गर्न कुल बजेटको कम्तीमा पनि २० प्रतिशत बजेट शिक्षा क्षेत्रमा छुट्टयाउन सरकारसँग आग्रह गरेको छ । नेपालको संविधानले ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ, साथै उच्च शिक्षालाई सहज, गुणस्तरीय...
कोरोनाबाट पोखरामा पाँच जनाको मृत्यु
पोखरा, १९ वैशाख । पछिल्लो पटक कोरोना संक्रमणबाट पोखरामा पाँच जनाको मृत्यु भएको छ । पोखरा–१६ का ७७ वर्षीय पुरुष, ७३ वर्षीया महिला, पोखरा–२६ की ५८ वर्षीया महिला, पोखरा–१० की महिला र पोखरा–१९ का ५४ वर्षीय पुरुषको कोरोनका कारण मृत्यु भएको हो । स्वास्थ्य निर्देशलनाय गण्डकी प्रदेशका निर्देशक डा. विनोद विन्दु शर्माले केही बेर अघि...
अभावका बेला खेरा गएको छ धवलागिरि अस्पतालको अक्सिजन
गलकोट, १९ वैशाख (रासस) । कोरोनाको दोस्रो लहरले नेपालमा कोरोना सङ्क्रमणको दर ह्वात्तै बढाएपछि अक्सिजन अभाव खड्किएको समाचार आइरहेका सन्दर्भमा बागलुङको अक्सिजन प्लान्टमा उत्पादित अक्सिजन भने उपकरण अभावमा खेर गइरहेको पाइएको छ । धवलागिरि अस्पताल बागलुङमा गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले अक्सिजन प्लान्ट स्थापना गरेको छ । प्लान्टमा उत्पादित अक्सिजन सोझै अस्पतालमा रहेका बिरामीको...