देश

मनाइयो अक्षय तृतीया
काठमाडौँ, ३१ वैशाख (रासस) । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइएको छ । यस दिन गरेको स्नान, दान, ध्यान, जप, होमलगायत पुण्य कर्म कहिल्यै नाश नहुने कुरा विभिन्न पुराणमा वर्णन गरिएको छ । जौको सातु र सर्वत वैशाखको गर्मीमा अमृत समान हुने...
समस्यामा परेकाका लागि पार्टी कार्यालयमा आइसोलेसन कक्ष
अमरगढी, ३१ वैशाख (रासस) । नेपाली कांग्रेस जिल्ला कार्यसमिति डडेल्धुराले गठन गरेको सेवादलले पार्टी कार्यालय किसुनजी भवनमा आइसोलेसन निर्माण गरेको छ । कूल १३ शय्याको आइसोलेसन बनाइरहेको सेवा दलका सदस्य राम विष्टले जानकारी दिनुभयो । कोरोना सङ्क्रमणको दोस्रो लहर फैलिएसँगै डडेल्धुरा अस्पताल सङ्क्रमितले भरिएपछि पार्टी कार्यालयमा आइसोलेसन बनाइरहेको उहाँले बताउनुभयो । आइसोलेसन निर्माणपश्चात उक्त स्थानमा...
कोरोना परीक्षण गाउँमै
वालिङ, ३१ वैशाख (रासस) । स्याङ्जाको वालिङ नगरपालिकाले लक्षण देखिएका बिरामीको स्वाब परीक्षण तथा औषधि गाउँगाउँमै पु¥याउने गरेको छ । नगरपालिकाले स्वास्थ्यसम्बन्धी मापदण्डलाई कार्यान्वयन गर्दै घरघरमै पुगेर लक्षण देखिएका बिरामीको स्वाबको नमूना परीक्षण तथा औषधि वितरण गरिँदै आएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । “विश्वव्यापी महामारीका रुपमा फैलिएको नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण नगरपालिकाभित्र द्रूत गतिमा...
 शिकारी र प्रहरीबिच गोली हानाहान
सर्लाही, ३१ वैशाख (रासस) । सर्लाहीको ईश्वरपुर नगरपालिका–४ सागरनाथबाट तीन नाल भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ईश्वरपुर–४ सागरनाथ वन विकास परियोजनाको जङ्गल क्षेत्रमा निलगाई मारेर छापा काट्दै गर्दा एक जनासहित तीन नाल भरुवा बन्दुक नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय केशरगञ्ज बयलवासका प्रहरी प्रमुख प्रहरी निरीक्षक जनकराज ढङ्ुगानाले जानकारी दिनुभयो । चार÷पाँच...
टेलिकमको लकडाउन अफर
काठमाडौँ, ३० वैशाख (रासस) । यही वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकाका तीन जिल्लासहित अधिकांश जिल्लामा निषेधाज्ञा लागु भएसगैँ नेपाल टेलिकमले लकडाउन ‘स्टे कनेक्टेड’ अफर सार्वजनिक गरेको छ । निषेधाज्ञाको समयमा घरमा नै बसेका सेवाग्राहीलाई ध्यानमा राख्दै टेलिकमले उक्त अफर सार्वजनिक गरेको हो । उक्त अफर शुक्रबारदेखि एक महिनाका लागि लागु हुने टेलिकमका प्रवक्ता राजेश जोशीले...
एउटै बस्तीमा ४० सङ्क्रमित
महोत्तरी, ३० वैशाख (रासस) । चुरे पहाडी काखमा पर्ने महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–५ को चेरु ग्रामीण बस्तीमा कोभिड–१९ सङ्क्रमण दिनदिनै बढेपछि त्रास बढेको छ । बस्तीमा यही वैशाख १७ गते भएका विवाह समारोहयता सङ्क्रमण हुने क्रम ह्वात्तै बढेको हो । बस्तीमा अहिले ४० भन्दा बढी सङ्क्रमण पुष्टि भइसकेका छन् । विवाह समारोहमा भएको जमघट र...
मर्निङवाकमा जाँदा जङ्गली हात्तीको आक्रमण, एकको मृत्यु
सुरुङ्गा (झापा), ३० वैशाख (रासस) । मर्निङवाकमा जाँदा जङ्गली हात्तीको आक्रमणमा परी आज बिहान झापामा एक व्यक्तिले ज्यान गुमाएका छन् । कमल गाउँपालिका–३ निवासी ४४ वर्षीय जीतबहादुर खोयाङ लिम्बूको जङ्गली हात्तीको आक्रमणमा परी ज्यान गएको हो । उहाँलाई आज बिहान ५ बजे जङ्गली हात्तीले रतुवामाई वृक्षरोपण आयोजनाको जङ्गलभित्रको सडकमा आक्रमण गरेको थियो । जङ्गली हात्तीको...
आइशोलेशन वार्डका लागि कास्की काँग्रेसले पोखरा महानगरपालिकालाई कार्यालय दियो
पोखरा, २९ वैशाख । नेपाली काँग्रेस कास्कीले आफ्नो पार्टी कार्यालय पोखरा महानगरपालिकालाई आइशोलेशन वार्ड बनाउन सुम्पेको छ । कास्की काँग्रेसले सरकारलाई आवश्यक परेमा पोखरा महानगरपालिकाले पोखरा ४ स्थित चिप्लेढुङ्गा र पोखरा ३० स्थित खुदीमा रहेको पार्टी कार्यालय कोरोना संक्रमितका लागि आइशोलेशन वार्ड बनाउन सक्ने भन्दै पार्टीको निर्णय बुझाएको छ । नेपाली काँग्रेस कास्कीका सचिव देवेन्द्र...
कांग्रेसमा पछिल्लो राजनीतिक घटनाक्रम बारे छलफल हुँदै
काठमाडौँ, २८ वैशाख (रासस) । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज अपराह्न ३ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक घट्नाक्रमबारे छलफल हुने उहाँका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओेलीले सोमबार प्रतिनिधिसभामा पेश गरेको...
नेपाली काँग्रेस बागलुङ्द्वारा संकटमा परेका नागरिकको सहयोगमा जुट्न अपिल
पोखरा, २८ वैशाख । नेपाली काँग्रेस बागलुङ्ले कोरोनबाट सयौं नागरिकहरुले ज्यान गुमाउदा पनि सरकार पुरै उदासिन, असंवेदनशील र गैर जिम्मेवार बनेको भन्दै नागरिकको बाँच्न पाउने अधिकार ग्यारेन्टी गर्न ध्यानाकर्षण गरेको छ । नेपाली काँग्रेस बागलुङका जिल्ला सचिव नवराज पौडेलले हस्ताक्षर गरेको विज्ञप्तिमा भयावह अवस्थाबाट मुक्त भइ ढुक्क साथ बाँच्न सक्ने वातावरण सिर्जना गर्न माग गरिएको...
बेसारको पातबाट तेल !
बाँके,२६वैशाख (रासस) ।  गुलरिया नगरपालिका –१० रत्नापुरका २४ वर्षीय पवनकुमार बर्माले गाँउघरमा खेर गइरहेको कलप्टिस र बेसारको पातबाट तेल निकाल्ने नयाँ प्रविधि शुरुआत गर्नुभएको छ । भारतको राममनोहर लोइया कलेजबाट कृषि विषयमा स्नातकोत्तर अध्ययन गर्नुभएका उहाँले चारलाख रुपैयाँको लगानीमा गाउँमा कृषि फार्मको स्थापना गरी तेल निकाल्न शुरु गर्नुभएको हो । तेल प्रति केजी रु एक...
डिभी लोटरीको नतिजा सार्वजनिक
पोखरा, २६ वैशाख । अमेरिकी डिभी लोटरी २०२२ को नतिजा शनिबार राति ९ः४५ बजे सार्वजनिक भएको छ । अमेरिकी विदेश मन्त्रालयले वार्षिकरुपमा संचालन गर्ने यो कार्यक्रमका लागि यो वर्ष गत अक्टोबर ७ देखि नोभेम्बर १० सम्म आवेदन खुलाइएको थियो । आर्थिक वर्ष सन् २०२२ का लागि ५०,००० डाइभर्सिटी भिसा अमेरिकाले उपलब्ध गराएको छ । नतिजा ...