देश

निर्वाचन अगाडि सबैलाई खोप लगाइने छः प्रम
काठमाडौँ, ९ जेठ (रासस)।प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनभन्दा अगाडि सबैलाई कोराना भाइरसविरुद्धको खोप लगाइने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित पत्रकारसँंगको अन्तरक्रियामा उहाँले निर्वाचन अगाडि सबैलाई खोप लगाउने प्रयासमा सरकार जुटेको जानकारी दिनुभयो । उहाँका अनुसार खोप ल्याउनका लागि विभिन्न देश र खोप उत्पादकसंँग छलफल भइरहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको...
गैँडा तस्करीमा फरार प्रतिवादी पक्राउ
चितवन, ९ जेठ (रासस) । गैँडा तस्करी गरेको अभियोगमा सजाय पाएर फरार रहेका एक जनालाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितनवको तत्कालीन सिद्धि गाविस–३ (हाल कालिका नगरपालि)का बस्ने बिन्द्रसिंह भन्ने सागर प्रजा रहेका छन् । उनलाई यही जेठ ७ गते पक्राउ गरिएको हो । प्रजालाई तनहुँको व्यास नगरपालिका–११ घाँसीकुवाको ठुलेचौर भन्ने...
घरघरमा कोरोनाका बिरामी
कैलाली, ९ जेठ (रासस) । दोस्रो लहरको कोभिड–१९ का सङ्क्रमित बिरामी घरघरमा देखिन थालेपछि धनगढी उपमहानगरपालिका–२ का स्थानीयवासीमा मनमा एक किसिमको डर बढ्दै गएको छ । कोरोना सङ्क्रमणको जोखिम दिन प्रतिदिन बढ्दै गई कोरोनाका बिरामी गाउँमा छरछिमेक वरिपरि देखिन थालेपछि मन डर, त्रासले बेचैन हुन थालेको धनगढी–२ का स्थानीयवासी दुर्गा जोशीले बताउनुभयो । “कोरोनाबाट ज्यान...
घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु
डोटी, ९ जेठ (रासस) ।  डोटीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार दिपायल सिलगढी नगरपालिका–८ लडागडा सेटिगाउँ बस्ने २१ वर्षीया कलादेवी कडायतको भिरबाट लडेर मृत्यु भएका हो । गाउँ नजिकैको कोइरेलीगाड जङ्गलमा घाँस काट्न गएको समयमा भिरबाट लड्दा घटनास्थलमै कडायतको मृत्यु...
प्रधानमन्त्रीद्वारा आयोगलाई निर्वाचनको तयारीमा जुट्न निर्देशन
काठमाडौँ, ८ जेठ (रासस) । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीलाई घोषित मितिमा निर्वाचन गराउनका लागि तयारीमा जुट्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोग पदाधिकारीलाई बोलाएर उहाँले आगामी कात्तिक २६ र मङ्सिर ३ गते हुने प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको तयारीमा जुट्न निर्देशन दिनुभएको हो । प्रधानमन्त्री ओलीले राजनीतिक निकास अपरिहार्य भएकाले नै मुलुक...
बिहेमा कोरोना फैलिँदा बेहुला र बेहुलाकी आमाको मृत्यु
दमक, ८ जेठ (रासस) ।झापाको गौरादह नपा–४ को एक बिहेघरमा कोरोना सङ्क्रमण देखिँदा बेहुला र बेहुलाकी आमाको मृत्यु भएको छ । सङ्क्रमणबाट गौरादह–४ खङटाका ३० वर्षीय बेहुला सन्तोष ताजपुरिया र उहाँकी आमाको मृत्यु भएको नगर स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य शाखाका गोविन्द श्रेष्ठका अनुसार सङ्क्रमित सन्तोषको गए राति १२ः४५ बजे विराटनगरस्थित कोशी कोभिड अस्पतालमा...
दुईको मृत्यु
राजविराज, ८ जेठ (रासस)। सप्तरीको रुपनी गाउँपालिकामा करेन्ट लागेर गए राति एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा जिल्लाको रुपनी गाउँपालिका–३ हर्दिया गाउँका सन्तोष यादवको २४ वर्षीया श्रीमती अमृतादेवी यादव रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । उनी घरमा जडान गरिएको टिभीको स्वीच अन गर्ने क्रममा करेन्ट लाग्दा घाइते भएकी थिइन् ।...
क्षत्री समाजद्वारा आपतकालीन कोभिड रोग राहत कोष स्थापना
पोखरा, ७ जेठ । कोरोना महामारीका कारण समस्यामा परेकालाई सहयोग गर्ने गरी पोखरामा आपतकालीन कोभिड रोग राहत कोष स्थापना गरिएको छ । क्षत्री समाज नेपाल जिल्ला कार्यसमिति कास्कीको बैंठकले कोरोना संक्रमणका कारण समस्यामा परेकाहरुका लागि खर्च गर्ने गरी कोष स्थापना गर्ने निर्णय गरेको हो । सो कोषमा सहयोग गर्न समितिको नाममा गरिमा विकास बैंकको खाता...
स्कारपियोकोे ठक्करबाट पैदलयात्रीको मृत्यु
बनियानी, ७ जेठ (रासस) ।झापाको कमल गाउँपालिकामा स्कारपियोको ठक्करबाट गए राति पैदलयात्रीको मृत्यु भएको छ । कमल गाउँपालिका–३ सानो केर्खामा प्रदेश३–०१–०२४च ४५३५ नंको स्कारपियोले पैदलयात्री शिवसताक्षी नगरपालिका–१ का ६२ वर्षीय साने दर्जीलाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई ठक्कर दिने स्कारपियो र...
कांग्रेस पदाधिकारी बैठक बस्दै
काठमाडौँ, ७ जेठ (रासस) । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पछिल्लो राजनीतिक घट्नाक्रमबारे छलफल गर्न आज पार्टीका केन्द्रीय पदाधिकारी एवं पूर्वपदाधिकारीको बैठक बोलाएको छ । बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा अहिले बिहान ९ बजे बस्दैछ । बैठकमा राष्ट्रपति कार्यालयबाट नेपालको संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठन गर्ने प्रयोजनका लागि बिहीबार प्रकाशित विज्ञप्ति...
लमजुङमा पटकपटक भूकम्पको धक्का, घरभित्र बस्न समस्या
लमजुङ, ६ जेठ (रासस) ।गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा कोरोना सङ्क्रमण र निषेधाज्ञाका बीच २४ घण्टामा सानाठूला गरी ८६ पटक भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको मस्र्याङ्दी गाउँपालिकास्थित भुलभुले केन्द्रविन्दु बनाएर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८ रिक्टर स्केलको भूकम्प गएयता आज बिहान ५ बजेर ५१ मिनेटसम्मको अवधिमा यतिका सङ्ख्यामा भूकम्पको...
एउटै गाउँमा सात जनाको मृत्यु
जलेश्वर, ५ जेठ (रासस) । कोरोना महामारीको दोस्रो लहर चलिरहेको अवस्थामा महोत्तरीको एउटै गाउँमा सातजनाको मृत्यु भएपछि गाउँवासी त्रसित भएका छन् । जिल्लाको पिपरा गाउँपालिका–७ मा पर्ने बनौली गाउँमा विगत १५ दिनभित्र सातजनाको मृत्यु भएपछि सो गाउँभर त्रास फैलिएको हो । स्थानीय वैद्यनाथ चौधरीका अनुसार गाउँको एउटै जातिका ६ र अन्य जातिका एक गरी सातजनाको...