देश

लिचीको दाना अड्किएर छ महिने बालकको मृत्यु
महेन्द्रनगर, २० जेठ (रासस) । कञ्चनपुरको भीमदत्त नगरपालिका–५ मा लिचीको दाना अड्किएर एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बुधबार साँझ लिचीको दाना अड्किएर छ महिने बालक वीरेन्द्र चन्दको मृत्यु भएको जानकारी दिनुभयो । “खेल्दाखेल्दै लिचीको दाना खाँदा अड्किएर अस्पताल लगिएको थियो”, उहाँले भन्नुभयो, “महाकाली अस्पताल पुग्दापुग्दै...
जङ्गली हात्तीका कारण गौरीगाई गणना स्थगित
नवलपुर, २० जेठ (रासस) । चितवन राष्ट्रिय निकुञ्जमा शुरु भएको सङ्कटापन्न सूचीमा सूचीकृत गौरीगाई गणना बीचैमा स्थगन भएको छ । आन्तरिक प्रयोजनका लागि भन्दै निकुञ्जले गत वैशाख २८ गतेदेखि शुरु गरेको गौरीगाई गणना जङ्गली हात्तीको अवरोधका कारण स्थगन गरिएको निकुञ्जले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीका अनुसार...
कास्की काँग्रेसको ‘वीपी विपत् कोष’ व्यवस्थापनका लागि समिति
पोखरा, १९ जेठ । कास्की काँग्रेसले संचालन गर्ने ‘वीपी विपत् कोष’ को व्यवस्थापन तथा संचालनका लागि जिल्ला सभापति कृष्ण केसीको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ । बुधबारको बैंठकको निर्णय अनुसार, समितिको सदस्यमा उपसभापति आइ बहादुर गुरुङ, सचिव सुदीप मोहन भट्टराई, देवेन्द्र रानाभाट, कोषाध्यक्ष लक्ष्मी पाण्डे, सहसचिव रङ्गिला आचार्य, प्रवक्ता नवीन सिग्देल रहनु भएको...
जेठ २५ गतेदेखि ज्येष्ठ नागरिकलाई खोप
काठमाडौँ, १९ जेठ (रासस) । सरकारले यही जेठ २५ गतेदेखि कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । चीनबाट खोप प्राप्त भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप लगाउने तयारी गरिएको मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार मङ्गलबार मात्र चीनबाट नौ लाख हजार...
विवेकशील साझा पार्टीका नेता थापाको निधन
काठमाडौँ, १८ जेठ (रासस) । विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको आज निधन भएको छ । कोरोना सङ्क्रणका कारण ललितपुुको मेडिसिटी अस्पतालमा उपचाररत ४४ वर्षीय नेता थापाको अन्तिम परीक्षणमा रिपोर्ट नेगेटिभ आए पनि आज अपरान्ह ४.२५ मा निधन भएको हो । उहाँको परिवार एवं शुभेच्छुकका तर्फबाट जारी गरिएको विज्ञप्तिमा भनिएको छ “ थापाले प्रभाव पारेका...
एसइई परीक्षा नहुने
भक्तपुर, १८ जेठ (रासस) ।दोस्रो लहरको कोभिड–१९ महामारीका कारण सरकारले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन नगर्ने भएको छ । सोमबार अबेर बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ महामारीका कारण यस वर्ष एसइई परीक्षा नगर्ने निर्णय गरेको हो । एसइई परीक्षा नतिजा गत वर्षको जस्तै आन्तरिक मूल्याङ्कन विधिबाट सार्वजनिक गर्ने भएको छ । कोरोना महामारीका कारण...
तीन प्रहरी निलम्बित
लहान, १७ जेठ (रासस) प्रहरी आचरण विपरित कार्य गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सिरहाले प्रहरी सहायक निरीक्षकसहित तीनजना प्रहरी कर्मचारीलाई निलम्बन गरी कारबाही अघि बढाएको छ । निषेधाज्ञाको समयमा लहान नगरपालिका–२३ गढिया चोकस्थित पूजा मदिरा पसलमा होहोल्ला गर्ने व्यक्तिलाई पक्राउ गर्न गएका बेला सो मदिरा पसलबाट प्रहरीले मदिरा चोरेको भन्दै सामाजिक सञ्जालमा फोटो सार्वजनिक भएपछि...
नेपालमा कोरोना भाइरसविरुद्वको खोप ल्याइदै
पोखरा, १७ जेठ । नेपालमा कोरोना भाइरसविरुद्वको आठ लाख मात्रा खोप ल्याइने भएको छ । चीन सरकारले सहयोग स्वरुप उपलब्ध गराउन लागेको खोप मङ्गलबार बिहान नेपाल आइपुग्ने छ । खोप लिनका लागि नेपाल बायु सेवा निगमको विमान सोमबार राति बेइजिङ् प्रस्थान गर्ने बताइएको छ ।
एम्बुलेन्स दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते
पाँचथर, १७ जेठ (रासस) ।  पाँचथरमा गए राति एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । झापाको बिर्तामोडबाट ताप्लेजुङ जाँदै गरेको प्रदेश नं १–०१–००१ च ७७०६ नम्बरको एम्बुलेन्स गए राति २ः४० बजे फिदिम नगरपालिका–३ सुम्निमाचोकमा सडकबाट करिब १५ मिटर तल झरेर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकी...
पहिरो खसेपछि २० घर उच्च जोखिममा
बाजुरा, १६ जेठ (रासस) । जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटमा गए राति पहिरो खस्दा पाकेको गहुँबाली बगाएको छ । निरन्तर आएको अविरल वर्षाका कारण पहिरो गएपछि गहुँ, जौँ बगाएको हो । अविरल वर्षाले वाइकुलो नजिकै पहिरो बगेपछि गहुँ, जौँ बालीमा पूर्णरुपमा क्षति पु¥याएको त्यहाँका स्थानीयवासीले बताएका छन् । वर्षाले घट्टेखोलाबाट वाइसम्मको सिँचाइ कुलोमा पानीको बहाव...
सुकेटार विमानस्थल अब ‘रवीन्द्र विमानस्थल’
फुङ्लिङ, १५ जेठ (रासस) । ताप्लेजुङको एक मात्र सुकेटार विमानस्थललाई ‘रवीन्द्र विमानस्थल’ मा नामकरण गरिने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजानिक गर्नुभएको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा पूर्व संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्वर्गीय रवीन्द्र अधिकारीका स्मृतिमा विमानस्थलको नामकरण गरी थप विकसित गरिने उल्लेख छ । यसका लागि आवश्यक रकमसमेत विनियोजित...
कोरोना सङ्क्रमित घट्दो क्रममा
—नारायण अधिकारी चितवन, १५ जेठ (रासस) । कोरोना भाइरसको सङ्क्रमण विस्तारै घट्दै गएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार गत वैशाखको मसान्तसम्ममा उच्च देखिएको सङ्क्रमण बिस्तारै घट्दै गएको हो । जिल्लाका विभिन्न अस्पतालमा रहेका प्रयोगशालामा गरिएको परीक्षणका क्रममा वैशाख १८ गते ७८ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । उक्त दिन ५ सय ९० जनाको कोरोना...