देश

बँदेलबाट मकै बचाउन रातभरि जाग्राम
कर्णाली, ७ साउन (रासस) । बँदेलले मकै सखाप पार्न थालेपछि सुर्खेतका किसान रातभरि बारीमै जाग्राम बस्न थालेका छन् । वीरेन्द्रनगर नगरपालिका–१४ सुर्खेतका किसान समूह बनाएर मकै बचाउन राति बारीमै जाग्राम बस्न थालेका हुन् । वैशाख अन्तिमतिर रोपेको मकैले घोगा हाल्ने समयमै बँदेल लागेपछि त्यसलाई जोगाउन बारीमै जाग्राम बस्न थालिएको स्थानीयवासी रुद्र पौडेलले जानकारी दिनुभयो ।...
पार्टीलाई केन्द्र बिन्दुमा राखेर काम गरौं – शर्मा
पोखरा, ६ साउन । नेपाली काँग्रेसका नेता शुक्रराज शर्माले पार्टीलाई केन्द्र बिन्दुमा राखेर सबैले काम गर्नुपर्ने बताउनु भएको छ । ३९ औं वीपी स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस क्षेत्र नं २ कास्कीले आज भलाममा आयोजना गरेको वृक्षारोपण तथा बिरुवा वितरण कार्यक्रममा बोल्दै उहाँले त्यस्तो बताउनु भएको हो । उहाँले प्रजातन्त्रमा मात्रै सबैको आदर र सम्मान...
आज सार्वजनिक विदा
पोखरा, ६ साउन । सरकारले साउन ६ गते बुधबार सार्वजनिक विदा दिने भएको छ । सरकारले इस्लाम धर्मालम्बीहरुको मनाउँने बक्र इद(इद उल अजहा) को अवसरमा विदा दिने निर्णय गरेको हो । मन्त्रिपरिषद्को साउन ४ गतेको बैठकले विदा दिने निर्णय गरेको थियो । गृह मन्त्रालयका सहसचिव÷प्रवक्ता जनकराज दाहालले  सूचना प्रकाशित गरी सबै सरकारी कार्यालयहरु, निकायहरु, विदेशस्थित...
कोरोना सङ्क्रमण बढ्दै, थप २५ को मृत्यु
काठमाडौँ, ५ साउन (रासस) । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा सङ्क्रमितको सङ्ख्या बढेर तीन हजार १०८ पुगेको छ । सोमबार सङ्क्रमितको सङ्ख्या दुई हजार ४४५ थियो भने आइतबार सो सङ्ख्या एक हजार ८०१ रहेको थियो । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या सात लाख २१ हजार दुई पुगेको छ...
काँग्रेस महाधिवेशनमा यसरी पनि हुन सक्छ मतदान
काठमाडौँ, ५ साउन (रासस) । नेपाली कांग्रेसले कोरोना महामारी रहिरहेको अवस्थामा ‘डिजिटल भोटिङ’ को आफ्नै आन्तरिक प्रविधिको विकास र सुनिश्चितता गरेको छ । कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले पार्टीले आवश्यक ठहर गरेर निर्णय गरेको अवस्थामा हालै उक्त प्रविधिको विकास गरेको हो । यस प्रविधिमार्फत सबै जिल्ला पार्टी कार्यालयमा उपस्थित भएर प्रदेश अधिवेशन र...
कोरोना सङ्क्रमण अनियन्त्रित बन्दै गएपछि एक हप्ताका लागि सिल
झापा, ५ साउन (रासस) ।कोरोना सङ्क्रमितको सङ्ख्या दैनिक वृद्धि हुन थालेपछि बुद्धशान्ति गाउँपालिकाले आजदेखि एक हप्ताका लागि पालिका सिल गर्ने भएको छ । पालिकाले आज राति १२ बजेदेखि साउन १२ गते राति १२ बजेसम्मका लागि सबै वडा सिल गर्ने भएको हो । पालिकाका अध्यक्ष रमेश भुजेलले पालिकाभित्रका सम्पूर्ण पसल, व्यवसाय, सरकारी तथा गैरसरकारी कार्यालय र...
बढी भाडा लिने ७७ सार्वजनिक यातायात कारवाहीमा
काठमाडौँ, ४ साउन (रासस) । सार्वजनिक यातायातमा तोकेभन्दा बढी भाडा लिने ७७ सवारीलाई कारवाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यातायात व्यवस्था विभागले अन्तर प्रदेश चल्ने सवारी साधनमा यही साउन १ गतेदेखि लागू हुने गरी असार ३१ गते भाडा बढाउने सूची वेबसाइटमार्फत सार्वजनिक गरेको थियो । साउन १ गतेदेखि २८ प्रतिशत भाडा बढेको...
उन्नाइस करोड ४३ लाखको चेकसहित मिटरब्याजी पक्राउ
काठमाडौँ, ३ साउन (रासस) ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले रु १९ करोड बढी रकमको चेकसहित एक मिटर ब्याजीलाई काठमाडौँको चाबहिलबाट पक्राउ गरेको छ । दोलखाको मेलुङ घर भई हाल ललितपुरको भैँसेपाटी बस्ने ३३ वर्षीय गणेश उप्रेतीलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महत्तोले जानकारी दिनुभयो । दोलखा घर भई भक्तपुर बस्ने प्रकाश कार्की र...
भ्रूणहत्या आरोपमा २६ वर्षीया युवती पक्राउ
बलेवा, ३ साउन (रासस) ।अवैध गर्भधारण गरेर भ्रूणहत्या गरेको आरोपमा बागलुङको जैमिनी नगरपालिकाबाट एक युवती पक्राउ परेकी छन् । जैमिनी–१० की २६ वर्षीया युवतीमाथि चार महिनाको भ्रूण हत्या गरेर बारीमा गाडेको आरोप लागेको हो । ती महिलाले औषधि सेवन गरेर चार महिनाको पुरुष भ्रूण जन्माई घरदेखि ५० मिटर टाढा बारीमा गाडेको अवस्थामा भेटिएपछि पक्राउ गरी...
मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अवरुद्ध
पर्वत, २ साउन (रासस) । लगातारको वर्षाका कारण मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड अवरुद्ध भएको छ । पर्वतको कुश्मा नगरपालिका–१ पाङको सहस्रधारामा सडक माथिबाट आएको पहिरो र लेदोले गए रातिदेखि नै अवरुद्ध भएको हो । वर्षा नरोकिएकाले अहिले पनि लेदो खसिरहेको छ । सडक खुलाउनका लागि जेसिबी र सुरक्षा निकाय तयारी अवस्थामा रहे पनि वर्षा नरोकिएकाले...
मुख्यमन्त्री कार्यालय पुगेका शिक्षक पक्राउ
पोखरा, १ साउन । कास्कीमा आन्दोलनरत शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । माग बारे गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गर्न मुख्यमन्त्री कार्यालयमा पुग्नु भएका शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । शिक्षकहरु विहान १० देखि १ बजेसम्म मुख्यमन्त्री कार्यालय अघि धर्ना दिन पुग्नुभएको थियो । धर्ना शुरु गरेको ५० मिनेट पछि प्रहरीले पक्राउ गरेको शिक्षक कृष्ण तिमिल्सिनाले...
८५ घर भत्किए
म्याग्दी, ३१ असार (रासस) । यस वर्षको मनसुन शुरु भएयताको बाढी, पहिरो र कटानले म्याग्दीमा ८३ घर भत्किएका छन् । थप १२ घरमा आंशिक क्षति, १४४ घर उच्च र ७३ घर कम जोखिममा परेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सुवास शर्मा पौडेलका अनुसार बाढी पहिरोले दुई जनाको मृत्यु र छ...