देश

बोक्सीको आरोपमा मलमूत्र खुवाउने चार पक्राउ
जलेश्वर, १ कात्तिक (रासस) । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका– ४ सुगा गाउँकी एक महिलालाई बोक्सी भन्दै मलमूत्र खुवाएको आरोपमा दुई महिलासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा स्थानीय सिकिन्दर महतोकी पत्नी पुरनीदेवीे, रगेश्वर महतोकी पत्नी प्रमिलादेवीका साथै उनका दुई छोराहरू सिकिन्दर र अनिल रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले बताउनुभयो ।...
मिथिलाका शक्ति पीठहरूमा खोँइछ भर्ने तथा प्रसाद चढाउनेको भीड
धनुषा, २७ असोज (रासस)। जनकपुरधामको शक्ति पीठहरुमा खोँइछ भर्ने तथा लड्डु चढाउने भक्तजनको भीड लागेको छ । राजा जनकको कुलदेवीका रुपमा चनिने जनकपुरको प्रसिद्ध शक्ति पीठ राजदेवी मन्दिर, धनुषा रमदैयास्थित राजदेवी मन्दिर, महेन्द्रनगरको दुर्गा मन्दिर, महोत्तरीको सोनामाई मन्दिर, सप्तरीको छिन्नमस्ता भगवती मन्दिर र कङ्कालिनी मन्दिरलगायत शक्ति पीठहरुमा आज बिहानैदेखि श्रद्धालु भक्तजनहरुको भीड लागेको हो ।...
बस दुर्घटना
डडेल्धुरा, २६ असोज (रासस) :धनगढीबाट बाजुरा जाँदै गरेको ना७ख १७४ नंको बस केआईसिंह राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–१० राईबजार राईबजार नजिकै दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। घाइते हुनेमा छ महिला, दुई बालबालिका र आठ पुरुष छन् । बस ब्रेक फेल भएर आज बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले...
घान्द्रुक जाँदै गरेको जीप दुर्घटना
कास्की, २५ असोज (रासस) । पोखराबाट जिल्लाको पर्यटकीय गाउँ अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक जाँदै गरेको जीप आज अपराह्न दुर्घटना भएको छ । पोखराको हरिचोकबाट छुटेको ग १ ज ६९०० नम्बरको बोलेरो जीप अपराह्न २ः०० बजेको समयमा अन्नपूर्ण–१० स्थित कलाभीर भन्ने ठाउँमा सडकबाट अन्दाजी ११० मिटर तल खसेको प्रहरीले जनाएको छ । जीपमा चालकसहित १० यात्रु सवार...
तनावपछि कफ्र्यु
रुपन्देही २४ असोज (रासस) । प्रहरी र सुकुम्बासीका नाममा जग्गा कब्जा गर्ने समूहबीचको झडपपछि रुपन्देहीको मोतिपुरमा उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासनले कफ्र्यु आदेश जारी गरेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले आज चार बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कफ्र्यु आदेश जारी गरेको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताउनुभयो । प्र्रहरीले अस्थायीरूपमा बनाइएका...
कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमामा चियापान नगर्ने
काठमाडौँ, २१ असोज (रासस) । नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान समारोह यसपटक नगर्ने भएको छ । नेपाली कांगे्रसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गर्दै वर्तमान सरकारले खोपको व्यापक प्रबन्ध गरेपछि महामारीको त्रास र आकार घट्दै गए पनि जोखिमलाई नजरअन्दाज गर्न नमिल्ने भन्दै चियापान कार्यक्रम नगर्ने निश्चित गरेको...
धवलागिरि हिमाल आरोहीलाई सम्मान
म्याग्दी, १८ असोज (रासस) । संसारको सातौं आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमाल आरोहण गर्ने पहिलो नेपाली महिलालाई आज बेनीमा सम्मान गरिएको छ । धवलागिरि गाउँपालिका–४ मा पर्ने हिमालमा यही असोज १५ गते बिहान ६ः०० बजे गोरखाकी पूर्णीमा श्रेष्ठ र सोलुखुम्बुकी पासाङलामु शेर्पाले सफल आरोहण गर्नुभएको थियो । हिमाल आरोहण गरेर हेलिकप्टरमार्फत काठमाडाँै जाने...
सवारी ज्यान मुद्दाका प्रतिवादी २१ वर्षपछि पक्राउ
तनहुँ, १८ असोज (रासस) । जिल्ला प्रहरी कार्यालय तनहुँले सवारी ज्यान मुद्दामा फरार एक प्रतिबादीलाई २१ वर्ष पछि पक्राउ गरेको छ । तनहुँको शुक्लागण्डकी–८ डहरेगाउँ स्थायी घर भई हाल जिल्ला गोरखा पालुङ्टार–५ ढालीपोखरी बस्ने ४२ वर्षीय आनन्दराज शाहलाई आइतबार पक्राउ गरेको हो । जिल्ला अदालतको विसं २०५७ साल वैशाख २८ गतेको फैसलाले ११ महिना पाँच...
सर्पले डस्दा मदनको मृत्यु
जलेश्वर, १७ असोज (रासस) । महोत्तरी गाउँपालिका–२ अनैठामा गएराति एक बालकको सर्पले डसेर मृत्यु भएको छ । मृत्यु हुनेमा मदन रामका १३ वर्षीय छोरा आकाश रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार ओछ्यानमा सुतिरहेका अवस्थामा बालकलाई सर्पले डसेको र धनुषाको महेन्द्रनगरस्थित सर्पदंश उपचार केन्द्रमा ¥याइएको थियो । केन्द्रमा...
हात्तीले धानबाली नोक्सान, वडाध्यक्ष रातभर जाग्राम !
राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर, १७ असोज (रासस)। शुक्लाफाँटा नगरपालिकाका बासिन्दा जङ्गली हात्तीको बथान भगाउनका लागि रातभर जाग्राम बस्ने गरेका छन । पछिल्लो समय शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट छिर्ने हात्तीको बथानले पाकेको धान बाली खाएर नोक्सान पु¥याउन थालेपछि उनीहरु चिन्तित भएका हुन् । नगरपालिकाको चुरे क्षेत्र फेदीका धान बालीमा हात्तीको बथानले बढी नोक्सानी पु¥याउन थालेको छ । ट्र्याक्टरको...
जिपले ठक्कर दिँदा दुई छात्राको मृत्यु
सल्यान, १५ असोज (रासस) । आज बिहान जिपले ठक्कर दिँदा दुई छात्राको मृत्यु भएको र अन्य तीन सख्त घाइते भएका छन् । जिल्लाको थारमारेबाट श्रीनगरतर्फ आइरहेको लु२च ५७०१ नंको डबल क्याप जिपले शारदा नगरपालिका–६ बाङ्गे सल्लाको नजिकै सडक छेउमा बसिरहेका पाँच छात्रालाई ठक्कर दिएको थियो । ठक्करबाट सख्त घाइते भएकी शारदा नगरपालिका–६ बरला निवासी १८...
ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द
रोल्पा, १४ असोज (रासस) । जिल्लाका केही विद्यालय सुचारु भएको केही दिनभित्रै पुनः बन्द भएका छन् । जिल्लाको पूर्वी भेगमा रहेको सुनछहरी गाउँपालिकामा विद्यालय सञ्चालन भएको केही दिनमै विद्यार्थी शिक्षकमा भारल ज्वरो आएपछि विद्यालय बन्द भएको हो । सुनछहरी–६ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा भाइरल ज्वरो बढेपछि विद्यालय बन्द गर्नुपरेको विद्यालयका प्रधानाध्यापक धनबहादुर पुनले जानकारीदिनुभयो...