देश

एकमहिने स्वस्थानी व्रत आज समापन गरिँदै
काठमाडौँ, ४ फागुन (रासस) :पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर–घरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज व्रत समापन गर्न लागेका हुन् । त्यसै दिनदेखि सुरु गरिएको स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ...
आठ सय ३६ जना सङ्क्रमित
काठमाडौँ, २९ माघ (रासस)ःकोरोना भाइरसको सङ्क्रमण घटदै गइरहेको छ । आज ६ हजार ६५४ जनामा कोरोना परीक्षण गर्दा ८३६ जनामा सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको वुलेटिनमा कुल परीक्षण गरिएकामध्ये १२.६ प्रतिशतमा मात्र सङ्क्रमण देखिएको छ । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या २६ हजार १०२ जना रहेका छन् । पछिल्लो...
आगलागीबाट पाँच जनाको मृत्यु
दाङ २८ माघ (रासस) :तुलसीपुरको एक घरमा गए राति भएको आगलागीबाट निसास्सिएर पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–उपमहानगरपालिका–५ का १४ वर्षीया साजिता खातुन, १४ वर्षीय हसन बकस, १६ वर्षीय मसिन बकस, ४० वर्षीय नअरदिन अली र ६ वर्षीय आविददिन अलि रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी...
कांग्रेस पदाधिकारीबीच बिहीबारको कार्यसम्पादन बैठकबारे छलफल
काठमाडौँ, २६ माघ (रासस) :नेपाली कांग्रेसका पदाधिकारीबीच बिहीबारका लागि तय भएको केन्द्रीय कार्यसम्पादन समिति बैठकका कार्यसूचीबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको बैठकमा म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्था, अधिवेशन हुन बाँकी १६ जिल्ला कार्यसमिति, स्थानीय तह निर्वाचनको तयारीलगायत विषयमा छलफल भएको थियो । मङ्गलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रधानमन्त्री एवं...
फरार चार प्रतिवादी १० वर्षपछि पक्राउ
काभ्रेपलाञ्चोक, २६ माघ (रासस) :जालसाजी मुद्दाका चार फरार प्रतिवादी १० वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले उनीहरुलाई कैद तथा जरिवाना कार्यान्वयनका लागि जिल्ला अदालत पठाउने भएको छ । चारै प्रतिवादीलाई बनेपा नगरपालिका–५ बाट मङ्गलबार पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो । जालसाजी मुद्दामा धुलिखेलस्थित जिल्ला अदालतबाट २०६८ फागुन १४...
कांग्रेसको प्रवक्तामा डा महत
काठमाडौँ, २४ माघ (रासस) ःनेपाली कांग्रेसको प्रवक्तामा केन्द्रीय सदस्य डा प्रकाशशरण महत मनोनीत हुनुभएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको विधान २०१७ (संशोधनसहित) को दफा २५ को उपदफा (४) बमोजिम आज उहाँलाई प्रवक्तामा मनोनयन गर्नुभएको पार्टी कार्यालयले जनाएको छ । पार्टी विधानको दफा २५ को उपदफा (४) मा पार्टी सभापतिका काम कर्तव्य...
खुकुरी प्रहार गरी दुईको हत्या
सिन्धुपाल्चोक, २४ माघ (रासस) । बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङमा खुकुरी प्रहारबाट दुईजनाको हत्या भएको छ । आइतबार साँझ सो स्थानका विजय तामाङले मादक पदार्थ सेवन गरी स्थानीयवासी ७० वर्षीया वासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अभियुक्त विजयलाई प्रहरीले नियन्त्रणमा लिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीले...
थप दुई हजार ५२६ जनामा कोरोना सङ्क्रमण, १६ को मृत्यु
काठमाडौँ, २१ माघ (रासस) ःदेशभर पछिल्लो २४ घण्टामा थप दुई हजार ५२६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ७३ जनाको नमूना परीक्षण गरिएको थियो । छ हजार हजार ६५५ जनाले पिसिआर र चार हजार ४१८ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो...
सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त हुने बढी
काठमाडौँ, १७ माघ (रासस) । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमित हुनुभन्दा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या बढी रहेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको आज सार्वजनिक गरेको बुलेटिनमा सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त हुने सङ्ख्या दुई हजार ८९९ ले बढी रहेको छ । आज १६ हजार ८८ परीक्षण गर्दा सङ्क्रमित सङ्ख्या पाँच हजार २९२ रहेको छ ।...
भूकम्पको धक्का महसुस
लमजुङ, १४ माघ (रासस) । यहाँ भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानी केन्द्रविन्दु बनाएर गए राति १०ः३४ मा दुई दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । चिसो र रातिका समय भइसकेकाले अधिकांश जिल्लावासी सुतिसकेका थिए । भूकम्प सानो गएकाले कतिपयले भने थाहा नपाएको...
जिप दुर्घटना हँुदा दुईको मृत्यु
मङ्गलबारे, १३ माघ (रासस) । आज बिहान इलाममा पिकअप जिप दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको छ । झापाबाट इलाम आउँदै गरेको प्रदेश १–०१–००१ च ७९१६ नम्बरको पिकअप आँफै अनियन्त्रित भई सडकदेखि करिव पाँच सय मिटर तल झरेको छ । मेची राजमार्गको रोङ गाउँपालिका–४ पहिरोमा पिकअप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर थापाले...
ट्रकमा आगलागी
राजविराज, १२ माघ (रासस) । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–४ विशाल चोकमा आज बिहान पुनः एक ट्रकमा आगजनी भएको छ । कुखुराको दाना बोकेर पूर्वतर्फ गइरहेको ना५ख १९११ नंको ट्रकमा आगजनी भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार कसले र किन ट्रकमा आगजनी गरेको भन्ने विषयमा अहिलेसम्म...