देश

सरकारमा सहभागी हुन प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीद्वारा नेपाललाई आग्रह
प्रधानमन्त्री पुष्पकमल दाहाल सहित नवगठित सत्ता गठबन्धनका शीर्ष नेताहरुले नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई उनकै निवास कोटेश्वरमा भेटवार्ता गरी सरकारमा सहभागी हुन आग्रह गरेका छन । प्रधानमन्त्री दाहाल, नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली, एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेलसहितका नेताहरुले समाजवादीका अध्यक्ष नेपाललाई सँगै मिलेर राजनीतिक यात्रा अगाडि...
धादिङको घाटबेँसीमा बस दुर्घटना चारको मृत्यु, ३० जनाभन्दा बढी घाइते
कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरका यात्रुवाहक बस धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा दुर्घटनामा परेको छ । आज विहान भएको दुर्घटनामा एक महिलासहित चार जनाको घटनास्थलमै मृत्यु भएको छ । बस पृथ्वीराजमार्गबाट करिब एक सय मिटर तल त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिएका छन । उनले...
कांग्रेस केन्द्रिय कार्यसम्पादन समितिको बैठक बस्दै
सत्ता गठबन्धन फेरिएसँगै आज नेपाली कांग्रेसको केन्द्रिय कार्यसम्पादन समितिको बैठक बस्दैछ । बैठक पार्टी सभापति शेरबहादुर देउवाको नीजि निवासमा दिउसो तिनबजे बस्ने जानकारी दिइएको छ । बैठकमा समसामयिक राजनीतिक बिषयमा समेत छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । बैठकमा केन्द्रिय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेन जनाइएको छ ।
माओवादीलाई उपयोग गर्ने कल्पना नगर्दा हुन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले माओवादीलाई कसैले उपयोग गर्न नसक्ने स्पष्ट पारेका छन ।  माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले माओवादी कहिल्यै पनि उपयोग नहुने स्पष्ट पारेका हुन । सहिद सप्ताहअन्तर्गत सहिद प्रतिष्ठान नेपालले आयोजना गरेको ‘शान्ति प्रक्रिया, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति’ प्रधानमन्त्री दाहालले माओवादीको आफ्नै गतिशील पहिचान रहेको बताए । “साँचो कुरा हो, माओवादी...
राष्ट्रपतिसमक्ष नवनियुक्त मन्त्रीहरुको शपथ
राष्ट्रपति रामचन्द्र पौडेलले तीनजना नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका छन । राष्ट्रपतिले नेपालको संविधानका धारा, ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा मन्त्रीमा नियुक्त हुनुभएका तीनजनालाई राष्ट्रपति कार्यालय शीलत निवासमा आयोजित विशेष समारोहमा सोही संविधानको धारा, ८० अनुसार पद तथा गोपनीयताको शपथ गराएका हुन । नेपाल कम्युनिष्ट पार्टी एमालेका तर्फबाट पदम...
नयाँ गठबन्धन कम्युनिष्ट एकताको आधार : सापकोटा
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उपाध्यक्ष एवं पार्टीका बागमती प्रदेश इञ्चार्ज अग्निप्रसाद सापकोटाले देशको परिवर्तित राजनीतिक अवस्थाले विगतको बृहत्तर कम्युनिष्ट एकताको प्रयासलाई पूरा गर्ने आधार बनेको बताएका छन । सहिद सप्ताहको अन्तिम दिन देशको राजनीतिक अवस्थाले कोल्टे फेरेको र बनेको नयाँ गठबन्धनले केही वर्षअघिको बृहत्तर राजनीतिक एकताको प्रयासलाई सार्थक पार्ने आधार बनाउने विश्वास व्यक्त गरेका...
फुटपाथ व्यवासायीमाथि कुटपीट घटनाको आयोगद्वारा अनुगमन
राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौँ महानगरपालिकाका प्रहरीले फुटपाथ व्यवसायीलाई कुटपिट गर्नुका साथै दुव्र्यवहार गरेको घटनाको अनुगमन गरेको छ । आयोगले महानगरका प्रहरीको कुटपिटबाट घाइते भएका व्यक्तिको ट्रमा सेन्टरमा उपचार भइरहेको, व्यवसायीको सामान जफत भएको र केही व्यवसायीलाई पक्राउ गरी थुनामा राखिएको लगायत अनुगमनका क्रममा पाइएको आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले जानकारी दिएका छन। “व्यवसायीको सामान जफत...
सन्दुक रुइत नेतृत्वको टोलीद्वारा आँखाको शल्यक्रिया
वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइत नेतृत्वको टोलीले ताप्लेजुङमा एक सय ५४ जनाको आँखाको निःशुल्क शल्यक्रिया गरेको छ । सदरमुकाम फुङ्लिङमा बुधबारदेखि सञ्चालित तीनदिने निःशुल्क आँखा शिविरमा मोतिविन्दुका रोगीको आँखाको शल्यक्रिया गरिएको हो । डा रुइतको प्रत्यक्ष संलग्नतामा मोतिविन्दु भएका व्यक्तिको आँखाको शल्यक्रिया गरिएको हो । नेपाल नेत्रज्योति सङ्घ ताप्लेजुङको आयोजना तथा तिलगङ्गा आँखा अस्पताल...
सरकार र मिटरब्याजपीडितबीचको वार्ता सकारात्मक
सरकार र मिटरब्याजपीडितबीचको वार्ता सकारात्मक दिशातर्फ अग्रसर भएको छ । वार्ता सकारात्मक रहेको र पुनः छलफल गर्नेगरी टुङ्गिएको पीडित समूहका वार्ताटोली संयोजक अवधेश कुशवाहले जानकारी दिएका छन । “समस्याको समाधान गर्ने भनेर राज्य लागिरहेकाले समीक्षा गरेर अघि बढौँ, संरचना निर्माण गर्ने भए पनि निर्माण गरौँ भन्ने प्रस्ताव सरकारी टोलीबाट आएको छ,” कुशवाहले भने । मिटरब्याजपीडित...
एक महिनामा ९७ हजार पर्यटक भित्रिए
पर्यटक आगमनको याम सुरु भएसँगै विदेशी पर्यटक आउनेक्रम बढेको छ । नेपाल पर्यटन बोर्डका अनुसार फेब्रुवरीमा विभिन्न देशबाट हवाई मार्ग हुँदै ९७ हजार चार सय २६ पर्यटक नेपाल भित्रिएका हुन् । गत जनवरीमा ७९ हजार एक सय पर्यटक भित्रिएका थिए । विशेषगरी मार्च, अप्रिल र मेमा पर्यटक पदयात्रा तथा पर्वतारोहणका लागि नेपाल भ्रमणमा आउने गरेका...
आजको मौसम वर्षा र हिमपातको सम्भावना
हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान् महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागका केही...
‘एसियन हाइवे’ निर्माण गर्न रुख काट्न थालियो
पूर्वपश्चिम एसियन राजमार्ग निर्माणका लागि काँकरभिट्टाबाट रुख कटान सुरु भएको छ । ‘दुई लेन’सडकलाई चार लेनमा रुपान्तरण गर्ने उद्देश्यअनुरुप निर्माण सुरु गरिएको एसियन राजमार्गमा रुख कटान सुरु भएको ‘डिभिजन’ वन कार्यालयका प्रमुख मेघराज राईले जानकारी दिएका छन । एसियन राजमार्ग निर्माणका लागि काँकरभिट्टा–सितापुरीलाई पूर्वीखण्ड र सितापुरी–मावा खोलालाई पश्चिम खण्डमा विभाजन गरिएको छ । उनका अनुसार...