देश

घाँस काट्न गएकी महिला मृत फेला
जलेश्वर, ३ वैशाख (रासस) ःमहोत्तरीको मनरासिस्वा नगरपालिका–३ स्थित वनमा गएराति एक महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार सम्सी गाउँपालिका–५ पोखरभिण्डा बस्ने सोगारथ साहकी पत्नी ५९ वर्षीया जिवशीदेवी शुक्रबार साँझ ५ बजे घाँस काट्न वनमा गएकी र रातिसम्म नफर्केपछि खोजतलास गर्दै जाँदा वनमा मृत अवस्थामा...
युवतीको मृत्युपछि तिलोत्तमा अशान्त
रुपन्देही, ३ वैशाख (रासस)ःगत बुधबार राति एक युवतीको ‘शङ्कास्पद’ मृत्युपछि रुपन्देहीको तिलोत्तमास्थित जानकीनगर क्षेत्र अशान्त बनेको छ । प्रहरीले तिलोत्तमा नगरपालिका–२ जानकीनगर बस्ने २८ वर्षकी अमृता खत्रीको विष सेवनबाट मृत्यु भएको प्रारम्भिक निष्कर्ष निकालिए पनि खत्रीका परिवार तथा आफन्तले हत्या गरिएको जिकिर गर्दै तीन दिनदेखि आन्दोलन गरिरहेका छन् । परिवारका सदस्यले नै हत्या गरेको आरोप...
लिखत पारितको एक सय वर्ष, तीन दिवसीय कार्यक्रम, सेवाग्राहीलाई सम्मान
पोखरा, ३ वैशाख । जमीनको हक हस्तान्तरण शुरु भएको एक सय वर्ष पुगेको अवसरमा लिखत पारित शतवार्षिकि गरी पोखरामा तीन दिवसीय कार्यक्रम सञ्चालन गरिएको छ । मालपोत कार्यालय कास्कीले तीन दिवसीय कार्यक्रम अन्तर्गत चैत ३० गते कार्यालय सरसफाई, वैशाख १ गते मूल समारोह कार्यक्रम गरेको कार्यालय प्रमुख प्रमुख मालपोत अधिकृत राजेन्द्र प्रसाद पौडेलले जानकारी दिनुभयो...
मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना
काठमाडौँ, १ वैशाख (रासस) ःहाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भेगमा सामान्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । देशका पहाडी...
भन्सार छलेर ल्याएको सामानसहित दुई पक्राउ
काठमाडौँ, २९ चैत (रासस) :नेपाल प्रहरीले भन्सार छलेर ल्याएको सामानसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँ र महानगरीय प्रहरी वृत्त टेकु तथा जनसेवाबाट खटिएको टोलीले रु २३ लाख ५५ हजार ३०० मूल्य बराबरको कपडासहित काठमाडौँ महानगरपालिका–१४ बस्ने ३८ वर्षीय नीरज अग्रवाल र काठमाडौँ महानगरपालिका–१८ बस्ने ३८ वर्षीय सन्दीप कुमारलाई पक्राउ गरेको...
रक्तचापबाट प्रहरीको मृत्यु
मनाङ, २९ चैत (रासस) ःजिल्ला प्रहरी कार्यालयमा कार्यरत सहायक प्रहरी हवल्दार नारायण थापा मगरको रक्तचापबाट निधन भएको छ । गोरखा घर भई सो कार्यालयमा कार्यरत ३२ वर्षीय उनको सोमबार बेलुकी उपचारका क्रममा सामुदायिक अस्पताल लमजुङमा मृत्यु भएको हो । कार्यालयका प्रहरी नायब उपरीक्षक प्रेमसागर केसीले उपचारका क्रममा थापाको मृत्यु भएको जानकारी दिनुभयो । उहाँका अनुसार...
कांगे्रस केन्द्रीय कार्यसम्पादन समिति बैठक
काठमाडौँ, २८ चैत (रासस) ः नेपाली कांगे्रस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही चैत ३० गते हुने भएको छ । पार्टी केन्द्रीय कार्यालय ललितपुरमा अपराह्न हुने उक्त बैठकले स्थानीय तह निर्वाचनको घोषणापत्रलाई अन्तिम रुप दिइने बताइएको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठकसम्बन्धी आज एक सूचना जारी गर्र्दै केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरुलाई बैठकमा...
गोलीसहित विमानस्थलबाट एकजना पक्राउ
काठमाडौँ, २८ चैत (रासस) :नेपाल प्रहरीले एक राउण्ड गोलीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका–७ की २७ वर्षीया सोविता नेपाली छिन् । प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका अनुसार नेपालीलाई गए राति पक्राउ गरिएको हो । नेपाल एयरलाइन्सको उडानबाट जापानको नारिता जान लागेकी उनलाई जाँच गर्दा गोली बरामद गरिएको...
पाँच लाख घुससहित मातपोतका प्रमुख पक्राउ
जनकपुर, २८ चैत (रासस) ःअख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुसवापत लिएको रकमसहित भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका प्रमुख सुनिलकुमार झालाई आज बिहान पक्राउ गरेको छ । आयोग बर्दिवास कार्यालयबाट खटिएको टोलीले जनकपुरधामस्थित भानु चौकस्थित एक चिया पसलबाट घुसवापत सेवाग्रहीसँग लिएको रु पाँच लाख रकमसहित प्रमुख झालाई पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा खटिएको...
अन्नपूर्ण पदमार्गमा पर्यटक बढे, व्यवसायी उत्साहित
मनाङ, २७ चैत (रासस) :पछिल्लो समय अन्नपूर्ण पदमार्गमा पदयात्रा गर्ने बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको छ । पर्यटककको सङ्ख्यामा वृद्धि भएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । कोरोना भाइरस र बाढीपहिरोको वितण्डापछि अहिले लमजुङहुँदै पदयात्रा गर्ने बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । दैनिक १५० भन्दा बढी पर्यटकले पदयात्रा गर्ने गरेका छन् । दुई वर्षसम्म...
आइतबार सार्वजनिक बिदा
काठमाडौँ, २६ चैत (रासस) :सरकारले आइतबार रामनवमीका दिन सार्वजनिक बिदा दिएको छ । यही २४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार देशभरका सार्वजनिक निकायमा बिदा दिइएको गृह मन्त्रालयले आज एक सूचना जारी गरी जनाएको छ ।
बुटवलका सामुदायिक विद्यालयको गुणस्तरीय छलाङ
नीरा गौतम रुपन्देही, २५ चैत (रासस)ः केही वर्षअघि गुणस्तरीय शिक्षाका लागि संस्थागत विद्यालयमा जानेको लर्को लाग्थ्यो । सामुदायिक विद्यालयमा अध्ययन गर्ने कुरा विद्यार्थीलाई लाजको विषय हुन्थ्यो भने अभिभावकको प्रतिष्ठाको विषय बन्थ्यो तर अहिले अवस्था फेरिएको छ । पछिल्ला पाँच वर्षमा बुटवलका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या बढेको बढ्यै छ । सङ्ख्या धेरै भएपछि सामुदायिक...