देश

१७ वर्षकी लालसरी आठ वर्षदेखि ओछ्यानमै
रोल्पा, २५ वैशाख (रासस) ःरोल्पाको माडी गाउँपालिका–२ घर्ती गाउँ पारिवाङकी लालसरी घर्तीमगर बिरामी भएर थला परेको आठ वर्ष भयो । नौ वर्षको उमेरमै दुवै खुट्टा चल्न छाडेपछि कक्षा ३ मा पढ्दै गरेकी उनको पढाइमा विश्राम लाग्यो । अहिले उनी १७ वर्षकी भइन् । ऋमा भीमकुमारी घर्तीमगरको मृत्यु भएको चार वर्ष भयो । अपाङ्गता भएको बुवाको...
निर्वाचनको ४८ घण्टा अगाडि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गराउने आयोगको निर्णय
काठमाडौँ, २२ वैशाख (रासस) ःनिर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ को व्यवस्थापकीय कार्यलाई थप स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन मतदानको दिनको ४८ घण्टा अगाडिदेखि मतदानको कार्य सम्पन्न नभएसम्मका लागि सबै अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत बन्द गर्न नेपाल सरकारलाई लेखी पठाएको छ । आयोगको बिहीबारको बैठकले वैशाख...
खोप भण्डारण गर्न बागलुङमा ‘वाकिङ कुलर’
बागलुङ, २२ वैशाख (रासस) :खोप भण्डारण क्षमता बढाउन जिल्ला स्वास्थ्य कार्यालय बागलुङमा ‘वाकिङ कुलर’ जडान गरिएको छ । बुधबार गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक खिमबहादुर खड्काले उद्घाटन गर्नुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आर्थिक सहयोगमा बनेको उक्त चिस्यान कोठामा दश रेफ्रिजेरेटरमा अट्ने जति खोप भण्डारण गर्न सकिने छ । यसअघि भण्डारण क्षमता कम हुँदा यहाँ...
नेविसङ्घको परिचालन समिति गठन
काठमाडौँ, २१ वैशाख (रासस) :नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी केन्द्रीय परिचालन समिति गठन गरेको छ । नेविसङ्घले यही वैशाख ३० गते देशभर हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी ७५३ सदस्यीय केन्द्रीय परिचालन समिति गठन गरेको हो । नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पाले स्थानीय तह निर्वाचनलाई थप व्यवस्थित,...
प्रतिकूल मौसमले उडान प्रभावित
काठमाडौँ, १७ वैशाख (रासस) :प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान सामान्य प्रभावित भएको छ । मौसमको खराबीले ‘भिजिबिलिटी’ कमजोर हुँदा एयरलाइन्सलाई उडान अवतरणमा असहजता पैदा भएको छ । काठमाडौँ बाहिरका विभिन्न विमानस्थलमा पनि उडान सामान्य प्रभावित बनेको जनाइएको छ । विशेषगरी देशको पूर्वी भेगमा बढी वर्षा भएकाले उडान प्रभावित भएको छ ।...
त्रिविमा २३ दिन बिदा
काठमाडौं, १५ वैशाख(रासस)ःत्रिभुवन विश्वविद्यालयले २३ दिन बिदा दिने निर्णय गरेको छ । विश्वविद्यालयअन्तर्गत सूचना तथा जनसम्पर्क महाशाखाले आज एक विज्ञप्ति प्रकाशित गरी यही वैशाख २२ गतेदेखि जेठ १३ गतेसम्म त्रिविका सम्पूर्ण क्याम्पस बिदा दिने जानकारी दिएको हो । विज्ञप्तिमा चालू शैक्षिक सत्रको वर्षे बिदाका सम्बन्धमा सत्रान्त बिदा दिइने क्याम्पसको हकमा सम्बन्धित अध्ययन संस्थानबाट निर्णय गरे...
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
म्याग्दी, १५ वैशाख (रासस) :म्याग्दीको मालिका गाउँपालिका–६ बाङ्गेपहिरोमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दरवाङदेखि बाबियाचौरतर्फ जाँदै गरेको ग९प ७४७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मालिका गाउँपालिका–५ गरजराका २३ वर्षीय भविन्द्र किसानको मृत्यु भएको प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिनुभयो । किसानको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकलको पछाडि सवार मङ्गला...
नेपाल टेलिकमले ई–सिम उपलब्ध गराउने
काठमाडौँ, १४ वैशाख (रासस) :सरकारी स्वामित्वमा सञ्चालित नेपाल टेलिकमले ई–सिम उपलब्ध गराउने भएको छ । टेलिकमले निकट भविष्यमा नै ई–सिम उपलब्ध गराउने सम्बन्धमा मोन्टी युके ग्लोबलबीच सम्झौता सम्पन्न गरिसकेको छ । टेलिकमका प्रमुख व्यावसायिक अधिकृत सङ्गीता पहाडी र मोन्टीका स्थानीय प्रतिनिधि अल्टिमेट होराइजन टेक्नोलोजिज प्रालिका प्रमुख कार्यकारी अधिकृत आदित्य आनन्दका बीच आइतबार सम्झौता भएको हो...
अक्सिजन प्लान्ट विष्फोट, दुईको मृत्यु
काठमाडौँ, ८ वैशाख (रासस) ःललितपुरस्थित औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएको विष्फोटमा परी घाइते भएका मध्ये थप एक मजदुरको मृत्यु भएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार भारत घर भइ सोही प्लान्टमा काम गर्ने वर्ष २५ का राजकुमार महतोको बिएण्डबी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । योसँगै...
सामाजिक सुरक्षा कोषको परिपत्र देखाएर योगदानकर्ताले उपचार सुविधा पाउने, उपचार खर्चको २० प्रतिशत तिरे हुने
काठमाडौँ, ७ वैशाख (रासस) ःसामाजिक सुरक्षा कोषले योगदानकर्ताको स्वास्थ्योपचार सुविधालाई व्यवस्थित बनाएको छ । अब कोषमा सूचीकृत योगदानकर्ताले कोषले उपलब्ध गराएको सामाजिक सुरक्षा नम्बरसहितको परिचयपत्र देखाएर विभिन्न अस्पतालबाट स्वास्थ्योपचार सेवा लिन सक्ने भएका छन् । यसअघि योगदानकर्ताले सूचीकृत अस्पतालमा उपचार गरेको बील पेश गरेर उपचार सुविधा लिँदै आएका थिए । कोषले देशभरका एक दर्जन बढी...
गुरागाईंलाई वसुन्धराश्री, रावललाई मानश्री पुरस्कार
काठमाडौँ, ७ वैशाख (रासस) :वरिष्ठ साहित्यकार ठाकुरप्रसाद गुरागाईँ (म्यान्मा)लाई २०७९ सालको वसुन्धराश्री पुरस्कार तथा कलाकार थानबहादुर रावल (म्यान्मा)लाई २०७९ सालको मानश्री पुरस्कार प्रदान गरिने भएको छ । वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानका कुलपति डा दुबसु क्षेत्रीको अध्यक्षतामा मङ्गलबार बसेको बैठकले उत्कृष्ट आधुनिक नेपाली कथा, उपन्यास र नाटकको सिर्जनाद्वारा नेपाली साहित्यलाई सार्थक, समृद्ध र समुन्नत बनाई नेपाली वाङ्मयलाई वैभवशाली...
आगोको भुङ्ग्रामाथि नाच
रमेश गिरी भक्तपुर, ५ वैशाख (रासस) ः साँझ ढल्किँदै गयो । मानिसहरूको चहलपहल बढ्दै गयो । आँगनमा बाजा बज्दै थियो । बाजाको आवाज सुनेर रातको पर्वाह नगरी वारिदेखि पारि गाउँसम्मका महिला, पुरुष, बालबालिकाको भिड बढ्दै थियो । काखमा सन्तान च्यापेर आउने आमाहरूको उपस्थिति पनि बाक्लै थियो । चाँगुनारायण नगरपालिका–९ ताथली (साविक वडा नं ६) सौडोलको...