देश

ट्याङ्करमा आगलागी
कञ्चनपुर, ७ असार (रासस):कञ्चनपुरको महेन्द्रनगर बजारमा सडक कालोपत्र गर्ने अलकत्रा बोकेको ट्याङ्करमा आगलागी हुँदा पूर्णरूपमा जलेको छ । गए राति भीमदत्त नगरपालिका–१८ पार्क मोड हुँदै आँखा अस्पतालसम्मको सडक कालोपत्र गर्नका लागि अलकत्रा बोकेको ट्याङ्करमा एक्कासी आगलागी हुँदा ट्याङ्कर जलेर पूर्णरूपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिनुभयो । ना४ख ७८८८...
पहिरामा परी घाइते भएकाको हेलिकोप्टरबाट उद्धार
फुङ्लिङ, ३ असार (रासस) :गए राति ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–७ खेवाङको तेम्फुमा गएको पहिरामा परी गम्भीर घाइते ३५ वर्षीय विष्णु अधिकारीलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । जिल्ला सुरक्षा समितिको समन्वय र जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलको आग्रहमा गृह मन्त्रालयमार्फत घाइते अधिकारीको उद्धार गरी सदरमुकाम फुङ्लिङ ल्याई पु¥याएको जिल्ला...
शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम स्थगन
काठमाडौँ, ३ असार (रासस) :त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमलाई स्थगित गरेको छ । अस्पतालका कार्यकारी निर्देशक डा दिनेश काफ्लेले आज सूचना जारी गर्दै सरकारको स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमवापतको रकम उपलब्ध नगराएकाले कार्यक्रम स्थगित गर्नुपरेको बताउनुभएको छ । “यस अस्पतालबाट सञ्चालित स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत बिमितको उपचार सेवा गरेवापतको रकम स्वास्थ्य बीमा बोर्डले...
उद्धार र राहतमा जुट्न तरुण दलको निर्देशन
काठमाडौँ, १ असार (रासस):नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले प्राकृतिक प्रकोपका कारण विपत्तिमा परेका नागरिकको उद्धार तथा राहत कार्यमा जुट्न जिल्ला कार्यसमितिलाई निर्देशन दिएको छ । तरुण दलका अध्यक्ष विद्वान गुरुङले मङ्गलबार विज्ञप्ति जारी गर्दै पछिल्लो समय देशभर मनसुनी वर्षाका कारण बाढी, पहिरो र डुबानजस्ता प्राकृतिक प्रकोप निम्तिन थालेको भन्दै प्रकोपमा परेका व्यक्तिको उद्धार...
२७ वर्षदेखि बेपत्ता पुरुषको भारतबाट उद्धार
लमजुङ, १ असार (रासस):लमजुङको राइनास नगरपालिका–८ तार्कुघाटका एक पुरुषको बेपत्ता भएको २७ वर्षपछि प्रहरीले उद्धार गरेको छ । कामको सिलसिलामा भारत गएका ४४ वर्षीय किसान परियारको उद्धार गरिएको हो ।विसं २०७९ जेठ ९ गते जिल्ला प्रहरी कार्यालयमा परियारको खोजी गर्न निवेदन परेको थियो । त्यसका आधारमा खोजतलास गर्दा परियार भारत, उत्तर प्रदेशको वासपत जिल्लामा भेटिएका...
नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालन
मुग्लिन, ३१ जेठ (रासस) :पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालन भएको छ । वर्षासँगै गए राति १२ः४५ बजे चितवनको इच्छाकामना–६ तोपेखोला स्थित नाम्सेपुलमा पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको थियो । अहिले बिहान पहिरो पन्छाइ दुइतर्फी सवारी पुनः सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । चार दिनपछि आँबुखैरेनी सडक दुईतर्फी भासिएको चार दिनपछि...
वाचक र पण्डित बन्दै बेसाहारा किशोरी
नारायण अधिकारी चितवन, ३० जेठ (रासस) ः पवित्र तीर्थस्थल देवघाट धाममा रहेको रामजानकी बालिका आश्रममा अहिले ३५ किशोरीले आश्रय लिइरहेका छन् । उनीहरुले आश्रयमात्रै लिएका छैनन् संस्कृत विधाको अध्ययनसँगै वाचक र पण्डित बनिरहेका छन् । त्यहाँ रहेका पाँच किशोरी अहिले वैदिक पूजापाठदेखि भागवत वाचनसम्म गराउन सक्ने भएका छन् । केही समयअघि भरतपुर महानगरपालिकाको प्रशासकीय भवन...
श्रमिकका हक, अधिकार कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा
काठमाडौँ, २९ जेठ (रासस) :प्रधानमन्त्री शेरबहादुर देउवाले कानुनमा व्यवस्था गरिएका श्रमिकका हक, अधिकार कार्यान्वयनमा सरकार प्रतिबद्ध भएर लाग्ने बताउनुभएको छ । नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्नुहुँदै उहाँले योगदानमा आधारित सामाजिक सुरक्षा ऐनलाई पूर्णरूपमा कार्यान्वयन गर्न सरकारले कुनै कसर बाँकी नराख्नेमा जोड दिनुभयो । सामाजिक सुरक्षामा निजी तथा अनौपचारिक...
वैदिक सनातन धर्मावम्बीले घरको मठमा राखे तुलसीको दल
काठमाडौँ, २७ जेठ (रासस) ःआयुर्वेदिक औषधिको समेत काम गर्ने वनस्पति तुलसीलाई पूजा आराधना गर्ने प्राचीनकालदेखिको परम्परा छ । यसै अनुसार, वैदिक सनातन धर्मावलम्बीले आज आ आफ्नो घरको मठमा तुलसीको दल राखेका छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरको मठमा तुलसीको दल राख्ने गरिन्छ । तुलसीको दल राख्ने दिनलाई निर्जला एकादशी पनि भनिन्छ...
निर्वाचनको दिन सिलिण्डर पड्काएर आतङ्क मञ्चाएका चार आरोपी पूर्पक्षका लागि थुनामा
काठमाडौँ, २६ जेठ (रासस) :स्थानीय तह निर्वाचनको दिन (वैशाख ३० गते) काठमाडौँको बानेश्वरमा सिलिण्डर पड्काएर आतङ्क मच्चाउने चार आरोपी पूर्पक्षका लागि थुनामा गएका छन् । उनीहरु विरुद्ध काठमाडौँ जिल्ला अदालतमा पेश भएको मुद्दामा अदालतको आदेशले पुर्पक्षका लागि थुनामा पठाएको जिल्ला प्रहरी परिसर काठमाडौँले आज एक सूचना जारी गरी जनाएको छ । नयाँ बानेश्वरस्थिगत सडकमा विष्फोट...
दाहसंस्कारमा गएका दुई युवाको डुबेर मृत्यु
राँझा, २६ जेठ (रासस) :बाँकेको राप्ती नदीमा दाहसंस्कारका लागि गएका दुई युवाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । हुम्ला सिमिकोट–८ घर भई हाल नेपालगञ्ज–१ धम्बोझीमा भाडामा बस्दै आएका १८ वर्षीय त्रिबल शाही र लेकराज छन्तेल आज बिहान राप्ती नदीमा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी...