देश

भोलि सार्वजनिक बिदा
दमौली, २८ असार (रासस) ःआदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नेपाली भाषाका धरोहर आचार्यको जन्मजयन्तीको अवसरमा सरकारले असार २९ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेश सरकार मन्त्रिपरिषद्को गत चैतमा बसेको बैठकले भानु जयन्तीमा बिदा दिने निर्णय गरी राजपत्रमा सूचना प्रकाशित गरेको थियो...
पूर्वप्रधानमन्त्री भट्टराईको शालिक शिलान्यास
काठमाडौँ, २७ असार (रासस) : गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलमा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शालिक बन्ने भएको छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले आज आयोजित कार्यक्रममा सो शालिकको शिलान्यास गर्नुभएको हो । कार्यक्रममा मन्त्रालयका सचिव ई मणिराम गेलाललगायतको उपस्थिति रहेको थियो ।
‘गण्डकी रत्न सम्मान’ महावीर पुनलाई
गण्डकी, २७ असार (रासस) ः गण्डकी प्रदेश सरकारले ‘गण्डकी रत्न सम्मान’ महावीर पुनलाई प्रदान गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आज पोखरामा आयोजित एक कार्यक्रममा पुनलाई उक्त सम्मान गर्नुभएको हो । प्रदेश सरकारको चार वर्ष पूरा भएको अवसरमा पुनलाई सम्मान गर्ने घोषणा गत फागुन ४ मा गरिएको थियो । कार्यक्रममा प्रदेश प्रमुख गुरुङले ग्रामीण...
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
काठमाडौँ, २६ असार (रासस) ः नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा स्थानीय तहको निर्वाचन–२०७९ को समीक्षा, भ्रातृ र शुभेच्छुक संस्थाका विधानको टुङ्गो लगाउने, मुलुकको समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा निकट भविष्यमा...
कांग्रेस पदाधिकारी बैठक : भ्रातृ र शुभेच्छुक संस्थाको मान्यतासँगै विधान स्वीकृत
काठमाडौँ, २६ असार (रासस) : नेपाली कांग्रेस पदाधिकारी बैठकले भ्रातृ एवं शुभेच्छुक संस्थाको विधानलाई अन्तिम रुप दिई स्वीकृत गरेर सोमबारदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा पेस गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज बसेको बैठकले आदिवासी जनजाति महासङ्घ, थारू सङ्घलाई भ्रातृ संस्थाको मान्यता दिँदै विधानलाई अन्तिम रुप दिई...
च्याउ खाँदा छ जना बिरामी
देउखुरी, २६ असार (रासस):दाङमा जङ्गली च्याउ खाएर छ जना बिरामी परेका छन् । शनिबार बिहान स्थानीय जङ्गलबाट च्याउ खोजेर ल्याएका उनीहरूले पकाएर खाएको केही समयमै बिरामी परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभएको छ । उहाँका अनुसार बिरामी पर्नेमा घोराही उपमहानगरपालिका–११ खैरा निवासी ४२ वर्षीय भोला बिसी, उहाँकी छोरीहरू २० वर्षीया सोनु बिसी...
ट्र्याक्टर दुर्घटनामा दुईको मृत्यु, ३१ घाइते
किमाथाङ्का, २४ असार (रासस) ः सङ्खुवासभाको चैनपुर नगरपालिका–१० दुम्कटामा मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु ३१ जना घाइते भएका छन् । आज खाँदबारी लेगुवा सडकखण्डस्थित चैनपुर–१० दुम्कटामा को२त ३९६१ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिनुभयो...
६१ वर्षीय रिमबहादुर कक्षा ५ मा पढ्दै !
दीपक बोहरा तुलसीपुर, २४ असार (रासस): कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन् । उनीहरुकै बीचमा पाका व्यक्ति पनि ध्यान दिएर पढिरहेका हुन्छन् । कपाल सेताम्य भएका ती व्यक्ति कक्षा कहिल्यै छुटाउँदैनन् । अरु विद्यार्थी सरह उहाँको पनि पढाइमै ध्यान केन्द्रित हुन्छ । दाङको बबई गाउँपालिका–५ स्थित जनज्योति आधारभूत विद्यालयको कक्षा ५ मा दिनहुँ देखिने दृश्य...
डेङ्गु सङ्क्रमणबाट मृत्यु
किमाथाङ्का, २३ असार (रासस) ः सङ्खुवासभामा डेङ्गुको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । डेङ्गुको सङ्क्रमणबाट चैनपुर नगरपालिका–५ की ५६ वर्षीया सीतादेवी न्यौपानेको मृत्यु भएको जिल्ला अस्पताल सङ्खुवासभाका सूचना अधिकारी शेखर खत्रीले जानकारी दिनुभयो । अस्पतालका सूचना अधिकारी खत्रीका अनुसार ५६ वर्षीया न्यौपानेको बिहीबार बिहान जिल्ला अस्पताल सङ्खुवासभामा उपचारका क्रममा मृत्यु भएको हो । न्यौपानेलाई...
चितवनमा चट्याङ लागेर १४ रोपाहार घाइते
चितवन, २३ असार (रासस) : चितवनको कालिका नगरपालिकामा धान रोप्न गएका १४ रोपाहार चट्याङ लागेर घाइते भएका छन् । कालिका–८ मझुवास्थित कमला विकको खेतमा बुधबार धान रोपाइँ गरिरहेको अवस्थामा पानी परेपछि उनीहरु स्थानीय जन्तरी प्रजाको घरमा ओत लाग्न गएका थिए । सोही क्रममा हुरी, बतास र पानीसँगै परेको चट्याङले रोपाहार घाइते भएको जिल्ला प्रहरी कार्यालयले...
कोरोना सङ्क्रमण बढ्दै
काठमाडौँ, २२ असार (रासस) : कोरोना भाइरस सङ्क्रमण दैनिक बढिरहेको छ । आज एकै दिन ११३ जनामा सङ्क्रमण देखिएको हो । मङ्गलबार मात्र ९० जनामा सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा सङ्गीताकौशल मिश्राले आज नियमित पत्रकार सम्मेलनमा दुई हजार ७२४ कोरोना परीक्षण गर्दा ११३ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो...
कांग्रेस पदाधिकारी बैठक : निर्वाचन कानून मस्यौदाबारे छलफल
काठमाडौँ, २१ असार (रासस) :सत्तारूढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठकमा निर्वाचन कानून मस्यौदाबारे छलफल भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो बसेको पार्टी पदाधिकारी बैठकमा निर्वाचन आयोगले पठाएको कानून मस्यौदाबारे छलफल भएको हो । उम्मेदवारी दर्ता हुनेदेखि मतगणनाका लागि गरिने व्यवस्थालाई समावेश गरेर निर्वाचन आयोगले प्रस्ताव गरेको विधेयकको बारेमा प्रारम्भिक छलफल भएको पार्टीका...