देश

छ रेक्टर स्केलको भूकम्प
काठमाडौँ, १५ साउन (रासस) ःखोटाङको मार्टिनविर्ता केन्द्रविन्दु भएर आज बिहान ८ः१३ बजे छ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले खोटाङको मार्टिनविर्ता केन्द्रबिन्दु भएर आज बिहान ८ बजेर १३ मिनेटमा छ रेक्टर स्केलको भूकम्प गएको राससलाई जानकारी दिनुभयो । भूकम्पबाट के कति क्षति भयो भन्ने जानकारी प्राप्त...
सङ्क्रमणबाट दुईको निधन, ४३८ सङ्क्रमित
काठमाडौँ, १४ साउन (रासस) :आज चार सय ३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनका अनुसार तीन हजार छ सय ९९ जनामा गरिएको परीक्षणमध्ये चार सय ३८ मा सङ्क्रमण पुष्टि भएको हो । सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार तीन सय ६९ रहेको छ । विगत २४...
हल्का वर्षाले राहत
महोत्तरी, १४ साउन (रासस) ःसाउन दोस्रो साता बित्नै लाग्दा शुक्रबार साँझ परेको पानीले राहत दिएको छ । साउन लागिकन राम्रो वर्षा नहुँदा अचाक्ली बढेको गर्मीबाट महोत्तरीमा शुक्रबार साँझको वर्षाले राहत दिएको हो । शुक्रबारको वर्षा महोत्तरी, धनुषा र सर्लाही जिल्लाका पूर्वपश्चिम राजमार्ग आसपासमा बढी परेको छ । धान रोप्न पाइने गरी नपरे पनि पुरानो रोपोलाई...
एक हजार चोरेको आरोपमा पत्नीको हत्या
लुम्बिनी, १३ साउन (रासस) ःरुपन्देहीको कञ्चन गाउँपालिका–१ डेलरमा रु एक हजार चोरेको आरोपमा एकजनाले पत्नीको हत्या गरेका छन् । कञ्चन गाउँपालिका–१ डेलरमा ३१ वर्षीया सावित्री थापा क्षेत्रीको उनका पति यमबहादुर थापाले मङ्गलबार राति हत्या गरेका हुन् । उनले मादक पदार्थ सेवन गरी पत्नीको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । रु एक हजारका विषयमा विवाद...
शनिबारसम्म वर्षाको सम्भावना
काठमाडौँ, १२ साउन (रासस) :आगामी शनिबारसम्म देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा वर्षा हुने भएको छ । मनसुन सक्रिय रहेकाले शनिबारसम्म देशभर आंशिकदेखि सामान्य बदली रही देशका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो । “प्रदेश न १, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका...
ज्वरोका बिरामी बढे, पठनपाठनमा समस्या
तुलसीपुर, ११ साउन (रासस) :दाङमा भाइरल ज्वरोका बिरामी ह्वात्तै बढेका छन् । भाइरल ज्वरोका कारण विद्यालयको पठनपाठन प्रभावित बनेको छ । घोराहीभित्रका निजी विद्यालय चार दिनका लागि बन्द गरिएका छन् । मङ्गलबारदेखि शुक्रबारसम्म घोराहीका निजी विद्यालय बन्द गर्ने निर्णय गरिएको छ । यसैगरी तुलसीपुरमा समेत भाइरल ज्वरोका बिरामी बढेका छन् । दाङको तुलसीपुर–४ रक्षाचौरस्थित गुरुजजुर...
दम्पत्ती मृतावस्थामा भेटिए
नेपालगञ्ज, १० साउन (रासस): बाँकेको कोहलपुर नगरपालिका–१४ स्थित पार्वतीपुरमा आज एक दम्पती आफ्नै घरमा मृतावस्थामा भेटिएका छन् । मृतावस्थामा भेटिएका दम्पती २५ वर्षीय कृष्णकुमार गडेरिया र २३ वर्षीया अञ्जली गडेरिया रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधसुदन न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार सुतिरहेको अवस्थामा फेला परेका दम्पतीमध्ये पति कृष्णको मुखबाट रगत आएको...
बुधबार र बिहीबार अधिकांश स्थानमा वर्षाको सम्भावना
काठमाडौँ, ४ साउन (रासस) ः जल तथा मौसम विज्ञान विभागले बुधबार र बिहीबार देशको अधिकांश स्थानमा वर्षाको सम्भावना रहेकोे छ । मनसुनी न्यूनचापीय प्रणाली नेपालको भू–भाग नजिक रहेकाले यी दुई दिन मनसुनी गतिविधि बढ्ने सम्भावना रहेको विभागका मौसमविद् मञ्जु बासीले बताउनुभयो । उहाँका अनुसार उक्त प्रणालीको प्रभावले यी दुई दिन देशभर सामान्यदेखि पूर्ण बदली रही...
कांग्रेसका केन्द्रीय नेताले राष्ट्रिय समस्याका बारेमा बहस चलाउने
काठमाडौँ, ३ साउन (रासस) : नेपाली कांग्रेसका केन्द्रीय नेताहरुले मुलुकको समसामयिक विषयवस्तु र राष्ट्रिय समस्याका बारेमा विज्ञलाई आमन्त्रण गरी बहस चलाउने भएका छन् । कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल र दिलमान पाख्रिन तथा कांग्रेस सङ्खुवासभाका सभापति दीपक खड्काको पहलमा आज लैनचौर व्याङ्क्वेटमा आयोजित कार्यक्रममा आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कांग्रेसलाई कसरी विजय गराउन सकिन्छ भन्नेबारे...
चिकित्सा शिक्षाको शुल्क वृद्धि
काठमाडौँ, ३२ असार (रासस) : राष्ट्रिय चिकित्सा आयोगले चिकित्सा शिक्षाको शुल्क निर्धारण गरेको छ । आयोगका उपसचिव मेघराज शर्माले शैक्षिक सत्र २०७८÷७९ का लागि आयोगले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तह, स्नातकोत्तर तह, स्नातकोत्तरभन्दा माथिल्लो तहका शैक्षिक कार्यक्रममा शुल्क निर्धारण गरेको बताउनुभयो । उहाँले स्नातक तहका १६, स्नातकोत्तर तहका ५४ र स्नातकोत्तर तहभन्दा माथिका दुई शैक्षिक कार्यक्रमको...
गोरुको मासुसहित तीनजना पक्राउ
चितवन, ३१ असार (रासस): जिल्ला प्रहरी कार्यालय चितवनले गोरुको मासुसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको रुवी गाउँपालिका–५ का २८ वर्षीय शङ्कर तामाङ, चितवनको भरतपुर महानगरपालिका–१० का ४५ वर्षीय प्रतीक ठकुरी र कास्कीको पोखरा महानगरपालिका–११ का ३५ वर्षीय होम घिमिरे छन् । कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको...
के हुँदैछ काँग्रेस बैठकमा ?
काठमाडौँ, २८ असार (रासस) : नेपाली कांग्रेसको बैठकमा केन्द्रीय समितिका पदाधिकारी र सदस्यको मर्यादाक्रम निर्धारणसम्बन्धी मस्यौदा छलफलका लागि प्रस्तुत गरिएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठकमा सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले मर्यादाक्रम निर्धारणसम्बन्धी मस्यौदा छलफलका लागि प्रस्तुत गर्नुभएको हो । सो प्रस्तावउपर सामान्य सुझाव आएको र छलफलपश्चात् पारित हुने उहाँले बताउनुभयो । प्रधानमन्त्री एवं पार्टी सभापति...