देश

लघुवित्त पीडितसँगको वार्ता सहमति नजिक, शुक्रबार फेरि बस्ने
आन्दोलनरत लघुवित्त वित्तीय संस्था पीडित सङ्घर्ष समितिसँगको वार्ता सहमति नजिक पुगेको छ । अर्थ मन्त्रालयका सहसहसचिव नारायणप्रसाद रिसालको नेतृत्वमा गठित वार्ता समितिले लघुवित्त पीडितहरुसँग छलफल गरेको र शुक्रबार बिहान पुनः बस्नेगरी सकिएको अर्थमन्त्री वर्षमान पुनको निजी सचिवालयले जनाएको छ । ‘‘आन्दोलनरत लघुवित्त वित्तीय संस्था पीडित सङ्घर्ष समितिले उठाएका मागहरुका सम्बन्धमा छलफल भएको छ । पीडितका...
‘लिभिङ टुगेदर’लाई कानुनी मान्यता दिनुपर्ने माग गर्दै रिट
सर्वोच्च अदालतमा ‘लिभिङ टुगेदर’लाई कानुनी मान्यता दिनुपर्ने माग गर्दै रिट निवेदन दायर गरिएको छ । अधिवक्ता अनु भट्टराईले लिभिङ टुगेदरमा बस्नेहरुको सङ्ख्या बढ्दै जाँदा विभिन्न समस्या देखिएको उल्लेख गर्दै यसलाई व्यवस्थित गर्न कानुन बनाउनुपर्ने माग गर्दै रिट दायर गरेका हुन । रिट निवेदनमा कानुनबमोजिम सक्षम र योग्य व्यक्तिहरु लिभिङ टुगेदरमा बस्न पाउने गरी तत्काल कानुनी...
अपराध नियन्त्रणका लागि निर्देशन कुर्नु पर्दैन : गृहमन्त्री लामिछाने
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले तस्करी, गुण्डागर्दी र प्राकृतिक स्रोतको दोहन नियन्त्रण गर्न ७७ जिल्लाका जिल्ला सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन । गृहमन्त्रालयबाट ‘भर्चुअल’ रुपमा निर्देशन दिँदै उनले आपराधिक गतिविधि नियन्त्रण गर्न कसैको निर्देशन कुरिरहनु नपर्ने बताएका हुन । “गृह मन्त्रालय हिजो कसरी चलेको थियो थाहा छैन, अब हिजोको जसरी चल्दैन, गृह मन्त्रालयको नेतृत्व फेरिएको...
नेपाल–भारत सीमा समन्वय बैठक
नेपाल–भारत सीमा समन्वय बैठक बुधबार महेन्द्रनगरमा सम्पन्न भएको छ । बैठकमा भारतमा हुने लोकसभा निर्वाचनको सुरक्षा, नेपाल– भारत सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणमा दुवै देशका सुरक्षा अधिकारीहरु सहमत भएका छन् ।  कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बैठकमा भारतमा हुन लागेको लोकसभा निर्वाचन र स्थानीयस्तरमा रहेका चासोका विषयमा छलफल भएको जानकारी दिए । “स्थानीयस्तरमा...
प्लाइउड उद्योगमा लागेको आगो निभाइयो, पन्ध्र करोड क्षति
मेचीनगर–१५ ज्यामिरगढीस्थित प्लाइउड उद्योगमा सोमबार बिहानदेखि लागेको आगो निभाइएको छ । उद्योगमा लागेको आगो आज अपराह्न निभाइएको हो । काठको विशाल घाटगद्दी भएको कारण आगो निभाउन ६० घण्टाभन्दा बढी समय लागेको उद्योगका सञ्चालक सन्तोष आचार्यले जानकारी दिए । आगलागीबाट १५ करोडको भौतिक सम्पत्ति क्षति भएको उनले जनाएका छन । उनका अनुसार आगलागीबाट उद्योगको मुख्य ब्लक...
माओवादीले प्रचण्डका भाइ नारायण दाहाललाई अध्यक्षको उम्मेदवार बनाउने
नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पदाधिकारी बैठकले सांसद दाहाललाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको पार्टी  उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले राससलाई जानकारी दिए । नारायण दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाइ नाता पर्छन् । राष्ट्रियसभा अध्यक्षको निर्वाचनका लागि सोमबार बिहान ११...
प्रधानमन्त्रीले फागुन ३० गते विश्वासको मत लिने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही फागुन ३० गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालको सचिवालयले उक्त दिन विश्वासको मत लिने व्यवस्थाका लागि सङ्घीय संसद् सचिवालयलाई आज पत्र पठाएको छ । प्रधानमन्त्रीबाट विश्वासको मत लिनेसम्बन्धी पत्र प्राप्त भएको सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । उक्त पत्रका सम्बन्धमा संसद्का...
भव्यरुपमा मनाइयो सेना दिवस, तस्बिरमा हेर्नुहोस्
काठमाडौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आफ्नो स्थापनाको २६१ औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार मुलुकभर सेना दिवस मनाएको छ । शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा पनि भव्य रुपमा सेना दिवस मनाएको हो । नेपाली सेनाका परमाधिपतिपति समेत रहेका राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा...
राष्ट्रपतिसहित ४ लाख बढी भक्तजनले गरे पशुपतिमा पूजा-अर्चना
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा शुक्रबार अपरान्ह पूजा आराधना गरेका छन्। पूजा आराधनापछि प्रसाद ग्रहण गर्दै राष्ट्रपति पौडेलसतिको टोली फर्किएको हो। महाशिवरात्रिका अवसरमा आज चार लाख बढी भक्तजनले पशुपतिनाथको पूजाअर्चना गरेका छन्। मन्दिरमा साँझ साढे पाँच बजेसम्म चार लाख ३५ हजार बढी भक्तजनले पूजा आराधना गरिसकेको पशुपति क्षेत्र विकास कोषले जनाएको...
सात दशक नाघेका रामबहादुरको लोभलाग्दो कागती खेती
उमेर ७० वर्ष । आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ता दिलाउन स्थानीय वडा कार्यालयले सिफारिस गरिसकेको छ । तर पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीका ७० वर्षीय रामबहादुर पौडेल क्षेत्रीको जोश जाँगर भने २०/२२ वर्षे तन्नेरीको जस्तै छ । बिहान उठेदेखि राति अबेरसम्म उनि कागती बगानमा मेहनत गरिरहेका हुन्छन । घर वरिपरि रहेको २० रोपनी क्षेत्रफलमा लगाइएका...
रुसी सेनामा कार्यरत नेपालीलाई स्वदेश फर्काउन परराष्ट्रमन्त्रीको अनुरोध
नवनियुक्त उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा रहेका नेपाली नागरिकका समस्या, ज्यान गुमाएकाको शव स्वदेश ल्याउन, मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन र रुसी सेनामा कार्यरत नेपाली नागरिकलाई स्वदेश फर्काउन सहजीकरण गर्न आफ्ना रुसी समकक्षीसँग आग्रह गरेका छन । उपप्रधानमन्त्री श्रेष्ठले रुसी महासङ्घका विदेशमन्त्री सर्गेइ लाभरोभसँग भएको टेलिफोन वार्तामा त्यस्तो आग्रह गरेको परराष्ट्र मन्त्रालयले जनाएको...
उपप्रधानमन्त्री श्रेष्ठसँग चिनियाँ राजदूतको भेट
नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि चीनका राजदूत छन सङले शिष्टाचार भेटवार्ता गरेका छन । परराष्ट्र मन्त्रालयमा भएको भेटमा उनिहरुबीच नेपाल–चीन सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल भएको उक्त मन्त्रालयले जनाएको छ । त्यस अवसरमा उनिहरुबीच दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउनेलगायत विषयमा छलफल भएको थियो । चिनियाँ राजदूतले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई तथा...