देश

नारायणीमा पानीको बहाव यस वर्षकै उच्च
भरतपुर, २० असोज (रासस)ःअविरल वर्षाका कारण नारायणी नदीमा आएको बाढीले सतर्कताको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले आज बिहान ७ः३० बजे दिएको जानकारीअनुसार नारायणगढ र देवघाट बाढी मापन केन्द्रमा जल सतहले सतर्कताको तह पार गरेको हो । नारायणगढमा बिहान ७ बजे पानीको सतह १० दशमलव ६१ मिटर पुगेको...
नातिनीको स्याहारले बौरिए १०१ वर्षीय बाजे
 ध्रुवसागर शर्मा गलेश्वर, १९ असोज (रासस) : बूढेसकालमा छोरो नै बाबुआमाको सहारा हुन्छ भन्ने नेपालीहरुको मानसिकता र सोचाइमा पछिल्लो समय धेरै परिवर्तन आएको छ । छोरा–बुहारीकै कारण कैयौँ वृद्ध बुबाआमाहरू घरमा बस्न सक्ने वातावरण नभएर वृद्धाश्रम वा मन्दिरमा सहारा लिई आफ्नो अन्तिम दिनको प्रतीक्षा गरिरहेका छन् । तर, म्याग्दीको मालिका गाउँपालिका–२ मा पर्ने बेली गाउँका...
दशैंको दिन देशभर सामान्यदेखि पूर्ण बदली
काठमाडौँ, १८ असोस (रासस) :दसैँको महानवमीका दिन आज देशभर हल्का तथा मध्यम खालको वर्षा भइरहेको छ । आजको वर्षाले गर्दा दसैँका क्रममा मानिसहरुलाई आवातजावतमा पनि कठिनाइ भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अवस्थित रहेको र आज प्रदेश नं १, मधेश प्रदेश तथा बागमती प्रदेशमा सामान्य बदली...
तामाखानी उत्खनन गर्न माग
धौलागिरि गाउँपालिका–५ मल्कबाङका स्थानीय लालबहादुर छन्त्यालको घरमा विसं १९०४ मिति उल्लेख भएर बनाइएका तामाका भाँडाकँुडा छन् । उहाँका जिजुबाजेले गाउँकै तामाखानीबाट उत्खनन गरेको तामाबाट उक्त सामानहरु बनेका थिए । उहाँको घरमा उक्त मिति उल्लेख भएका छ माने, पाथी, गाग्रीलगायतका तामाका सामग्री सुरक्षित छन् । एक सय ७४ वर्ष अघि तामाबाट बनाइएका घरायसी सामानलाई छन्त्यालका परिवारले...
चाडपर्वमा ग्रामीण यात्रुको समस्या : एक किमीको भाडा रु २५ !
शङ्कर श्रेष्ठ मलेखु, १३ असोज (रासस) : ग्रामीण भेगका बस्तीमा जाने प्रायः सबै सडक कच्ची छन् । बर्खाको बेला भत्किएका सडक मर्मत नहुँदा ठूला सवारी गुड्न सक्दैनन् । दसैँमा यात्रुको चाप बढेका बेला ग्रामीण सडकमा चल्ने साना सवारी साधनले मनोमानी भाडा असुलेको पाइएको छ । उकालो–ओरालो र घुम्तीमा यात्रुवाहक बस जानै सक्दैनन् । त्यसैको मौका...
बुधबारदेखि निर्वाचन आचारसंहिता लागू हुने
काठमाडौँ, ११ असोज (रासस) :निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि यही असोज १२ गते बुधबारदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने भएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो जानकारी दिँदै आचारसंहिताको कार्यान्वयन र पालना गर्न सबैको सहयोगको अपेक्षा गरिएको बताउनुभयो । आयोगले गत भदौ १३ गते उक्त...
साइपालका च्याङ्ग्रा पोखरामा ः ‘ पोखरा पुग्दासम्मको दुःख भनेर सम्भव छैन’
शेरबहादुर सिंह÷भूमिराज पिठातोली महेन्द्रनगर÷चैनपुर, १० असोज (रासस) ः आइतबार राति बझाङको साइपालबाट भेटा÷च्याङ्ग्रा लिएर पोखरा जाँदै गरेका २८ वर्षीय देवेन्द्र बोहरा कैलालीको खानीडाँडामा भेटिनुभयो । साइपाल हिमालको फेदबाट एक सय ७० च्याङ्ग्रा लिएर पोखरा हिँडेका साइपाल गाउँपालिका–१ का उहाँ हरेक दसैँ तिहारको पूर्वसन्ध्यामा हरेक वर्ष यही व्यापारमा निस्कने गर्नुहुन्छ । तीन÷चार दिनको पैदल यात्रापछि बझाङ...
जङ्गली हात्तीको बथान भगाउन रातभर जाग्राम
कञ्चनपुर, ७ असोज (रासस) ःशुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवती क्षेत्रका बासिन्दा हात्तीको बथान भगाउन रातभर जाग्राम बस्न थालेका छन् । स्थानीय किसानको खेतबारीको पाक्दै गरेको धानबाली खाने र कुल्चेर हात्तीको बथानले नोक्सान गर्न थालेपछि हात्ती भगाउन रातभरि जाग्राम बस्नु परेको हो । चुरे क्षेत्र नजिकका बस्तीमा पसेर किसानको धानबालीमा क्षति पु¥याउँदै आएको हात्तीको बथान वर्षा कम...
बेगनास–रुपा पम्प जलासययुक्त जलविद्युत् आयोजना सम्पन्न गर्न रु २० अर्ब लाग्ने
लेखनाथ, ६ असोज (रासस) :नेपाल विद्युत् प्रधिकरण, इञ्जीनियरिङ सेवा निर्देशनालय आयोजना विकास विभागले पोखराको लेखनाथस्थित बेगनास–रुपा पम्प जलासययुक्त जलविद्युत् आयोजना सञ्चालन गर्नका लागि हालसम्म गरिएको वातावरण तथा सामाजिक अध्ययन प्रगति विवरण सार्वजनिक गरेको छ । विभागले वातावरण तथा सामाजिक क्षेत्रमा हालसम्म भएका अध्ययन प्रगतिका बारेमा बुधबार पोखरामा सरोकारवालासँग अन्तक्र्रियात्मक कार्यक्रम गरी सार्वजनिक गरेको हो ।...
बाढी र पहिरोको उच्च जोखिममा कर्णाली
सुरेश आचार्य सुर्खेत, ३ असोज (रासस) : सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा बाढी र पहिरोबाट धेरै नागरिक बेघरबार भएका छन् । लगातारको वर्षाका कारण आएको बाढी र पहिरोमा परेर अर्बौंको सम्पत्ति सकिएको छ । आफन्त गुमाएका व्यक्तिका अनेकौँ सपना बाढी र पहिरोसँगै चकनाचुर भएर बगेका छन् । कर्णाली प्रदेशको सुर्खेतसँग जोडिएको छिमेकी जिल्ला अछाममा पहिरोमा परी...
मुस्ताङबाट १२ हजार भेडा तथा च्याङ्ग्रा पोखरा ल्याइँदै
गण्डकी, ३ असोज (रासस) ःमुस्ताङबाट यस वर्षका लागि १२ हजार भेडा तथा च्याङ्ग्रा पोखरा ल्याइने भएको छ । पोखरामा प्रत्येक वर्षको दसैँमा भेडा तथा च्याङ्ग्राको राम्रै खरिद बिक्री हुने गरेको छ । हिमाली जडीबुटी खाएर हुर्केका भेडा तथा च्याङ्ग्रा स्वास्थ्यको दृष्टिकोणले पनि उपयुक्त हुने विश्वासका कारण पोखरा र आसपासमा च्याङ्ग्राको माग बढ्दो छ । पोखरामा...
आकस्मिक लाइसेन्सका लागि अनलाइन आवेदन खुला
काठमाडौँ, २ असोज (रासस) :यातयात व्यवस्था विभागले आकस्मिक रुपमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिनका लागि अनलाइन फारममार्फत आवेदन दिन सकिने व्यवस्था मिलाएको छ । सवारीचालक अनुमतिपत्र आवश्यक परेमा अबदेखि अनलाइन फारममार्फत आवेदन दिएर लिन सकिने व्यवस्था मिलाइएको यातयात व्यवस्था विभागका महानिर्देशक डा टोकराज पाण्डेयले जानकारी दिनुभयो । उहाँका अनुसार विभागले एक सूचना जारी गरी यही असोज...