देश

अबको प्रधानमन्त्री को ?
पोखरा, १० पुस । नेपालमा अबको प्रधानमन्त्री को बन्ला यतिबेला सबैको ध्यान त्यसविषयमा केन्द्रीत बनेको छ । प्रधानमन्त्री तय गर्नका लागि राजनीतिक दलहरु एकपक्षिय तथा दुई पक्षिय छलफलमा व्यस्त रहेपनि कुनै निष्कर्ष आउन सकेको छैन । सरकार गठनका लागि बहुमतसहित दावी गर्न राष्ट्रपतिले दिएको समससिमा आज पाँच बजे सकिदै छ । पाँद दलीय गठबन्धनको तर्फबाट...
न्यून चापीय प्रणालीको प्रभावः वर्षा र हिमपातको सम्भावना
काठमाडौँ, ३ पुस (रासस) ःन्यून चापीय प्रणालीको प्रभावले आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षा प्रदेश नं...
धान बिक्री गर्न रातभर किसान खुला आकाशमुनि
–झलनाथ खनाल भजनी, २९ मङ्सिर (रासस) : कैलालीको जानकी गाउँपालिका–३ सुवर्णपुरका गर्भु चौधरी मङ्गलबार बिहानै खाद्य व्यवस्था तथा व्यापार कम्पनीको टीकापुर गोदाममा धान बिक्रीका लागि पुग्नुभएको थियो । सरकारले धानको समर्थन मूल्य तोकेको लामो समयपछि धान खरिद सुरु गरेपछि १६ बिघामा लगाएको धान बिक्रीका लागि गर्भु टीकापुर गोदाम पुग्नुभएको हो । धान बिक्रीका लागि आउनुभएका...
मेलम्चीको पानी आजदेखि राजधानीमा वितरण गरिँदै
काठमाडौँ, २३ मङ्सिर (रासस) : सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित मेलम्चीको खोलाको मुहान अम्बाथानस्थित सुरुङ्मार्गबाट एक हप्ताअघि हालेको पानी आजदेखि राजधानीमा वितरण गरिँदै छ । गोकर्णेश्वर नगरपालिका–१ स्थित सुरुङ्को अन्तिम विन्दुमा यही मङ्सिर १८ गते आइपुगेको पानी सुरुमा सुरुङ सफा गर्न वाग्मतीमा बगाइएको थियो । गत जेठ अन्तिम साता बन्द गरिएको सुरुङ्मा जम्मा भएको फोहर सफा...
विद्यालय शिक्षाका लागि पाँच अर्ब बढी सहायता स्वीकार
काठमाडौँ, २१ मङ्सिर (रासस) :सरकारले विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि फिनल्याण्ड र नर्वे सरकारबाट प्राप्त हुने पाँच अर्ब ११ करोड अनुदान स्वीकार्ने भएको छ । सो अनुदानमध्ये फिनल्यान्ड सरकारबाट करिब रु दुई अर्ब ५४ करोड र नर्वे सरकारबाट करिब रु दुई अर्ब ५७ करोड प्राप्त हुनेछ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार मङ्गलबारको...
नवलपरासी जिप दुर्घटना अपडेट : मृतक चारै जनाको सनाखत
मध्यविन्दु, १६ मङ्सिर (रासस):नवलपरासी (बर्दघाट सुस्तापूर्व)को धौवादीमा भएको जिप दुर्घटनामा मृत्यु भएका चारै जनाको सनाखत भएको छ । दलदलेबाट डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश०४–००१ज–०००६ नंको जिप हुप्सेकोट गाउँपालिका–५ धौवादीको कान्छीपानी नजिकै बिहीबार साँझ दुर्घटना हँुदा उनीहरुको मृत्यु भएको थियो । दुर्घटनामा परी मृत्यु हुनेमा बुलिङटार गाउँपालिका–६ का ६० वर्षीय होमबहादुर रानाभाट, बुलिङटार–५ राइकोटकी ६७ वर्षीया...
बेपत्ता राउतको हत्या
सप्तरी, १४ मङ्सिर (रासस):सोमबार राति बेपत्ता भएका सप्तरीको कञ्चनरुप नगरपालिका–१ बैरवाका ५० वर्षीय सञ्जय राउतको हत्या भएको छ । उहाँको शव घरदेखि डेढ सय मिटर उत्तरतर्फको पोखरीमा घाँटी रेटिएको अवस्थामा मङ्गलबार फेला परेको हो । हत्यामा संलग्न व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बताउनुभयो । बेपत्ता भएपछि राउतको...
स्रोत नखुलेको रु १३ लाख ८९ हजार नगदसहित भारतीय नागरिक पक्राउ
काठमाडौँ, १० मङ्सिर (रासस) :नेपाल प्रहरीले स्रोत नखुलेको रु १३ लाख ८९ हजार नगदसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा खटिएको प्रहरीको टोलीले आज बुध्द एयरको विमानबाट काठमाडौँदेखि विराटनगर जान लागेका भारतीय नागरिक अकवाल अलीलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको हो । पक्राउ परेका अलीसँग रु एक हजार दरका चार...
फुटपाथ खाली र टहरा भत्काउने अभियान
विराटनगर, १० मङ्सिर (रासस) ःविराटनगर महानगरपालिकाले फुटपाथ खाली गर्ने र सडक मापदण्ड मिचेर बनाएका टहरा हटाउने अभियान शुक्रबारदेखि सुरु गरेको छ । विराटनगरको सौन्दर्यकरण वृद्धि र सर्वसाधारणलाई आवतजावतमा सहज बनाउने उद्देश्यले फुटपाथ नियन्त्रण गर्न महानगरपालिका आक्रामकरुपमा प्रस्तुत भएको छ । सो अभियान विराटनगरको मेनरोडबाट सुरु गरिएको छ । महानगरपालिकाले गत कात्तिक ३ गते बजार सौन्दर्यकरण,...
माथिल्लो डोल्पामा रोकिएका कर्मचारी हेलिकप्टरबाट ल्याइने
कर्णाली, ८ मङ्सिर (रासस) :मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका लागि माथिल्लो डोल्पामा खटिएका कर्मचारी ल्याउन नेपाली सेनाको हेलिकप्टर दुनै पुगेको छ । जिल्ला निर्वाचन सुरक्षा समिति तथा निर्वाचन अधिकृतको कार्यालय डोल्पाले बुधबार निर्वाचन आयोग नेपाललाई कर्मचारी उद्धार गर्न आग्रह गरेसँगै आज बिहान हेलिकप्टर दुनै पुगेको हो । समुद्री सतहदेखि चार हजार १०...
देश र जनताको समृद्वि मेरो लक्ष्य – बराल
पोखरा, २९ कात्तिक । कास्की क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य उम्मेद्बार किशोरदत्त बरालले देश र जनताको समृद्वि आफ्नो लक्ष्य भएको बताउनु भएको छ । पोखरा ३२ मा मङ्गलबार घरदैलो र मतदाता भेटघाटका क्रममा उहाँले त्यस्तो बताउनु भएको हो । उहाँले आमनेपालीको आवश्यकतालाई संसदमा उठाउने भन्दै आफ्नो आवाजले सबैलाई न्याय गर्ने बताउनुभयो । उहाँले...