देश

अभिनेता शाह रिहा
पोखरा, १५ फागुन । अभिनेता पल शाह सोमबार रिहा हुनुभएको छ । उच्च अदालत पोखराले बालयौन दुरूपयोग मुद्दामा जेल पर्नुभएका अभिनेता पल शाहलाई सफाई दिएको हो । अभियोग दावी नपुगेको ठहरसहित उहाँलाई सफाई दिइएको हो । उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले सफाई दिएको हो । उहाँ आज...
राष्ट्रपतिका लागि पौडेल र नेम्वाङको उम्मेद्वारी
पोखरा, १३ फागुन । राष्ट्रपति निर्वाचनका लागि शनिवार उम्मेद्वारी दर्ता गरिएको छ । राष्ट्रपति निर्वाचनका लागि दुई जनाको उम्मेद्वारी परेको हो । जसमा नेपाली काँग्रेस सहित आठ दलको समर्थनमा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेको तर्फबाट नेता सुवाषचन्द्र नेम्वाङको उम्मेद्वारी परेको छ । उम्मेद्वारी दर्ताका लागि शनिवार विहान १० देखि दिउँसो ३ बजेसम्म...
सार्वजनिक विदा न्युनिकरण गर्न सरकारलाई सांसद थापाको ध्यानार्कषण
पोखरा, ४ फागुन । गण्डकी प्रदेश सभा सदस्य एवम् पूर्व कानून,संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले सार्वजनिक विदालाई न्युनिकरण गर्न सरकारको ध्यानार्कषण गराउनु भएको छ । बुधबार सदनमार्फत उहाँले ध्यानार्कषण गराउनु भएको हो । प्रदेश सभाको शुन्य समयमा बोल्दै थापाले नेपालमा सरकार परिवर्तन सँगै सार्वजनिक विदा थप्ने होडबाजी नै चलिरहेको उल्लेख गर्नुभयो...
फागुन १ गते सार्वजनिक बिदा
पोखरा, २९ माघ । सरकारले फागुन १ गते सोमबार देशभर सार्वजनिक बिदा दिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले जनयुद्व दिवसको अवसरमा नेपाल राज्यभर बिदा दिने निर्णय गरेको गृह मन्त्रालयको सूचनामा उल्लेख छ ।
सोंथर बेँसी टारी बजार मेला – २०७९ को तयारी तिव्र
पोखरा, २५ माघ । सोंथर बेँसी टारी बजार मेला – २०७९ को तयारी तिव्र पारिएको छ । ‘सोंथर बेँसी तथा त्यस क्षेत्रको प्रवद्र्वन, कृषि र पर्यटन’ भन्ने मूल नाराका साथ सोंथर बेँसी विकास समितिले मेला गर्न लागेको हो । मेला फागुन १ देखि ३ गतेसम्म चल्नेछ । मेला करिब पाँच हजार जनाले अवलोकन गर्ने अपेक्षा...
तीन विधामा अन्तर्दृष्टि पुरस्कार वितरण
काठमाडांै, १३ माघं । वसन्तपञ्चमीको अवसरमा ०७९ सालको अन्तर्दृष्टि पुरस्कार वितरण गरिएको छ । काठमाडौंको पृथ्वीनारायण माध्यमिक विद्यालय परिसरमा आयोजित कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले पुरस्कार हस्तान्तरण गर्नुभयो । अन्तर्दृष्टि पुरस्कार समितिका संरक्षक डा. कमल लामिछानेका अनुसार अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार, अन्तर्दृष्टि हातेमालो पुरस्कार तथा अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार गरी तीन विधामा पुरस्कार वितरण...
लुटपाटमा संलग्न समूह पक्राउ
पोखरा, ५ माघ । प्रहरीले लुटपाटमा संलग्न ६ जनाको समूहलाई पक्राउ गरेको छ । प्रहरीले सीआईडी हौं भन्दै लुटपाटमा संलग्नलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार,जनकपुरधामका दीपक राउत,बर्दिबासका निरज शाह सोनार,गुड्डु भन्ने पप्पु शाह, सन्दीप लामा,सनम मगर,शैलेन्द्र राउतलाई महोत्तरीबाट पक्राउ गरेको हो । सो समूहले गत पुस २८ गते सर्लाही हरिवनका राहुल महतोलाई नियन्त्रणमा लिएर...
आज माघे संक्रान्ति
पोखरा, १ माघ । आज देशभर माघे संक्रान्ति पर्व मनाइँदैछ । यसदिन बिहानै जलाशयमा स्नान गर्नाले पुण्य प्राप्त हुने धार्मिक मान्यता रहेको छ । संक्रान्तिको दिन तरुल, सखरखण्ड, पिँडालु, वनतरुल, घ्यू, चाकु, तिलका परिकार, खिचडी खाने चलन छ । आजकै दिन उत्तरायण प्रारम्भ हुने भएकाले दिनभन्दा रात छोटा हुनेछन् । माघे संक्रान्तिको अवसरमा पोखरामा पनि...
पोखरा विश्वविद्यालयका गतिविधिप्रति कास्की काँग्रेसको ध्यानाकर्षण
पोखरा, २९ पुस । नेपाली काँग्रेस कास्कीले पोखरा विश्वविद्यालयमा पछिल्लो समय विश्वविद्यालय प्रशासन र विद्यार्थी बीच भैरहेका गतिविधिप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । विद्यार्थीका जायज माग पूरा गरी विद्यार्थीलाई उत्साहित बनाउँदै शैक्षिक वातावरण निर्माण गर्नुपर्ने अवस्था सबैपक्षबाट महसुस भएकाले विश्वविद्यालय प्रशासन गम्भिर बन्नुपर्नेतर्फ ध्यानाकर्षण गराइएको छ । कास्की काँग्रेसका सभापति किशोरदत्त बरालद्वारा हस्ताक्षरित शुक्रबार...
उपप्रधान तथा गृहमन्त्री लामिछाने विरुद्वको मुद्दामा के भयो निर्णय ?
पोखरा, २२ पुस । सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने विरुद्वको मुद्वामा अन्तरिम आदेश नदिने भएको छ । नागरिकता र राहदानी विवाद सम्वन्धी मुद्दाको आज सुनुवाइ गर्दै सर्वाेच्चले त्यस्तो निर्णय गरेको हो। उपप्रधान तथा गृहमन्त्री लामिछाने विरुद्वको मुद्दा र सर्वाेच्चले गर्ने निर्णयलाई निकै चासोका रुपमा हेरिएको थियो । यद्यपी मुद्दा विराचाधिन अवस्थामा रहने छ...
प्रतिनिधिसभाको अधिवेशन पुस २५ गते
पोखरा, १२ पुस। प्रतिनिधिसभाको अधिवेशन पुस २५ गते हुने भएको छ। मङ्सिर ४ गते भएको निर्वाचनपछि अधिवेशन हुन लागेको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गते दिउँसो १ बजे अधिवेशन आह्वान गर्नुभएको हो। अधिवेशन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा हुनेछ।