देश

माछापुच्छ्रे ८ का वडाध्यक्ष गुरुङ प्रहरी नियन्त्रणमा
पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष रामबहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उपभोक्ता समितिका अध्यक्षलाई कुटेको आरोप लागेका उनी विरुद्ध इलाका प्रहरी कार्यालय बगरमा मंगलबार जाहेरी दर्ता भएपछि गुरुङलाई बुधबार साँझ नियन्त्रणमा लिएको प्रवक्ता डिएसपी श्रवणकुमार विकले जानकारी दिए । गुरुङ आफैं प्रहरी कार्यालयमा पुगी आत्मसर्मपण गरेको डिएसपी विकले बताए...
कक्षा ९ मा पढ्ने छात्रालाई गणित शिक्षकको म्यासेज– पिल्स खायौ त ?
ललितपुरको शंखमुलस्थित लिटिल फ्लावर पब्लिक स्कुलमा अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् । ललितपुर प्रहरीले बागलुङ स्थायी घर भई कुपन्डोल बस्दै आएका २३ वर्षीय अशोक परियारलाई पक्राउ गरेको हो । उनी गणित शिक्षक हुन्। परियार एक वर्षअघि मात्रै विद्यालयमा गणित शिक्षक नियुक्त भएका थिए । कक्षा ९ मा पढ्ने १५ वर्षीया...
चर्चित नेपाली रक गायक रबिन तामाङकाे निधन
चर्चित नेपाली रकगायक तथा अभिनेता रविन तामाङको निधन भएको छ । पारिवारिक श्राेतका अनुसार मंगलबार बेलुका उनकाे निधन भएको हाे । मंगलबार बेलुका बुढानीलकण्ठस्थित घरमा रविनको निधन भएको हाे । ६० वर्षीय तामाङकाे स्ट्राेकका कारण निधन भएकाे हुन सक्ने अनुमान छ । रविनको शवलाई अहिले पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । उनको...
असार १४ गते सार्वजनिक बिदा
पोखरा, १३ असार । सरकारले असार १४ गते विहीबार सार्वजनिक बिदा दिएको छ । नेपाल राजपत्रमा २०७९ चैत २ गते प्रकाशित सूचना अनुसार इस्लाम धर्मालम्बीहरुको पर्व बकर ईद (ईद उल अजहा)को अवसरमा सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयको सूचनामा उल्लेख छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय जहाज अवतरण
पोखरा, ६ असार । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक बुधबार अन्तर्राष्ट्रिय जहान अवतरण भएको छ । चीनको छेन्दु–तियान्फु इन्टरनेशनल विमानस्थलबाट उडेको सिचुवान एयरलाइन्सको एयरबस ए ३१९ जहाज चार्टड उडान मार्फत् अवतरण भएको हो । जहाज बिहान ९ः०६ मा विमानस्थलमा अवतरण भएको थियो । विमानस्थल संचालनमा आएको ६ महिनापछि पहिलो पटक अन्तर्राष्ट्रिय जहाज अवतरण भएको हो...
युवा उद्यमशिलता नीतिको सारसंक्षेपमाथि छलफल
पोखरा, ५ असार । नेपाल उद्योग वाणिज्य महासंघले तयार गर्दै गरेको युवा उद्यमशिलता नीतिको सारसंक्षेपमाथि मंगलबार पोखरामा छलफल गरिएको छ । नेपालमा युवा उद्यमशिलताको अवधारणा, अवस्था र प्रवृत्ति एवं उद्यमशिलता प्रवद्र्धनमा रहेको चुनौति, बाधा र असहजता पहिचान गरी समाधानका व्यवहारिक र उपयुक्त रणनीतिक उपाय पहिल्याउने उद्धेश्यले यो नीति तयार गर्न लागिएको हो । यसले सरकारलाई...
नक्कली सुन देखाई ठगी गर्ने दुई जना पक्राउ
पोखरा, १ असार । नक्कली सुन देखाई ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सिन्धुलीको दुधौली नगरपालिका वडा नं. १० कोगटी बस्ने ४४ वर्षीय बिमल तामाङ र मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नं.२ बस्ने ४१ वर्षीय सन्तोष मगरलाई पक्राउ गरेको हो । निजहरुलाई शंकास्पद अवस्थामा हिडिरहेको अवस्थामा पोखरा महानगरपालिका वडा नं.२६ अर्घौचोकबाट पक्राउ...
कास्कीमा नेल्टाको आठौं स्थापना दिवस
पोखरा, २७ जेठ । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ(नेल्टा)ले विविध कार्यक्रम गरी आठ औं स्थापना दिवस मनाएको छ । प्रदेश, जिल्ला र पालिकास्तरमा शुक्रवार विभिन्न रचनात्मक क्रियाकलाप गरी स्थापना दिवस मनाइएको संघका महासचिव सुुरेश श्रेष्ठले जानकारी दिनुभयो । नेल्टा गण्डकी र कास्की कार्यसमितिले संयुक्त रुपमा कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नं ४ लाहाचोकमा कार्यक्रम गरी...
इन्जिनियरका लागि लाइसेन्स तयारी सम्वन्धी कार्यक्रम गर्दै सिडेन गण्डकी
पोखरा, २० जेठ । लोकतान्त्रिक इन्जिनियरको छाता संस्था सिडेन गण्डकी प्रदेशले इन्जिनियरहरुका लागि लाइसेन्स तयारी सम्वन्धी कार्यक्रम गर्ने भएको छ । भर्खर इन्जिनियर पास गरेका वा पास भएर पनि नेपाल इन्जिनियर काउन्सिलबाट विभिन्न बिधामा इन्जिनियरको लाइसेन्स प्राप्त नगरेका इन्जिनियरहरुलाई लक्षित गरी कार्यक्रम गर्न लागिएको हो । कार्यक्रम जेठ २७ गते शनिवार पोखरामा हुनेछ । सो...
वडा प्रहरी कार्यालय वगरमा प्रहरी परिचालन कक्ष
पोखरा, १७ जेठ । वडा प्रहरी कार्यालय वगर हाता भित्र प्रहरी परिचालन कक्ष निर्माण गरिएको छ । वडा प्रहरी कार्यालय वगर निर्माण तथा मर्मत संभार समितिले कार्यालय भित्र प्रहरी परिचालन कक्ष निर्माण सँगै महिला व्यारेकको मर्मत संभार गरेको हो । प्रहरी परिचालन कक्ष र महिला व्यारेकको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले...
रोकामगरलाई आर्थिक सहयोग
पोखरा, ९ जेठ । उपचार खर्चको अभावमा गण्डकी मेडिकल कलेजको सर्जिकल वाडमा छटपटाइरहनु भएकी तमकुमारी रोकामगरलाई पोखरा आध्यात्मिक तथा सिप विकास केन्द्र पोखराले १५ हजार नगद सहयोग स्वरूप हस्तान्तरण गरेको छ । तमकुमारीका पति विकल रोकामगरलाई ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय ओम शान्तिको संरक्षित संस्था पोखरा आध्यात्मिक तथा सिप विकास केन्द्रका अध्यक्ष ब्रह्मकुमार मनिराज पोखरेलले अस्पतालमा पुगेर...
पहुचयुक्त संरचना र संचार सम्वन्धी कार्यक्रम
पोखरा, ३१ वैशाख । स्वाबलम्वन जीवन पद्वती केन्द्र पोखराको आयोजनामा पहुचयुक्त संरचना र संचार सम्वन्धी अभिमुखीकरण र पहुचयुक्त परीक्षण कार्यक्रम गरिएको छ । सामाजिक विकास कार्यालय कास्कीको सहयोगमा वैशाख ३० र ३१ गते कार्यक्रम गरिएको हो । कार्यक्रममा विभिन्न मन्त्रालय र स्थानीय सरकारमा कार्यरत इन्जिनियर, जनप्रतिनिधि, अपाङ्गता क्षेत्रका अगुवा गरी ४१ जनाको सहभागिता रहेको थियो...