देश

कक्षा ४ र ६ को प्रश्नपत्र एउटै
मोरङको पथरी शनिश्चरे नगरपालिकाले नगरमा सञ्चालन भएको कक्षा ६ को परीक्षा रद्द गरेको छ । कक्षा ४ र ६ को प्रश्नपत्र एउटै भएकाले परीक्षा रद्द गरेको नगरपालिकाले जनाएको छ । नगरभित्रका २८ सामुदायिक विद्यालयले सामूहिक परीक्षा गराउँदै आएका थिए । कक्षा ६ को स्वास्थ्य शारीरिक तथा सिर्जनात्मक कला विषयको प्रश्नपत्र कक्षा ४ को रहेको थियो...
कम्युनिष्ट एकताका लागि एकीकृत समाजवादी बाधक बन्दैन : अध्यक्ष नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी कम्युनिष्ट एकताका लागि बाधक नबन्ने बताएका छन । उपत्यका विशेष प्रदेश कमिटीद्वारा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षणमा अध्यक्ष नेपालले अहिले कम्युनिष्ट एकताका लागि विभिन्न कम्युनिष्ट पार्टीबीच चरणबद्ध छलफल चलिरहेको बताउँदै कम्युनिष्ट सिद्धान्त र आदर्शलाई छोडेर एकता गर्न नहुनेमा आफूहरु प्रतिबद्ध रहेको प्रष्ट पारेका हुन । कम्युनिष्ट शक्तिहरु एकीकृत...
सांसद चौधरीसँग लियो सिआइबीले बयान
बाँसबारीको जग्गा हिनामिना प्रकरणमा सिआइबीले सांसद बिनोद चौधरीसंग जिल्ला सरकारी वकीलको रोहबरमा बयान लिइएको छ । बयान दिएपछि उनले सञ्चारकर्मीसँग कुरा गर्दै यो प्रक्रिया स्टन्टमात्रै भएको जिकिर गरेका छन । पिपिपिको उत्कृष्ट मोडललाई राजनीतिकरण गरिएको भन्दै उनले १० रोपनी जग्गामा कुदृष्टि राख्छ भन्ने विचार नै विकृत मानसिकताको सोच भएको बताए । उनिमाथि अनुसन्धान भइरहेको विषयमा...
उपाध्यक्ष महरासँगको बयान सकियो
सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा प्रहरी नियन्त्रणमा रहेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरासँग बयान लिने काम सकिएको छ । बुधबारदेखि सुरु भएको बयान लिने कार्य सम्पन्न भएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख, सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले जानकारी दिएका छन । बयान सकिएसँगै उनलाई पुनःनर्भिक अस्पतालमै भर्ना गरिएको प्रहरीको केन्दीय अनुसन्धान ब्यूरो सिआइबीले जानकारी...
विश्व खुसी प्रतिवेदनमा नेपाल ९३ औँ स्थानमा
विश्व खुसी प्रतिवेदनले नेपाल संसारको सबैभन्दा खुसी हुने देशको ९३औँ स्थानमा रहेको देखाएको छ । विश्व खुसी प्रतिवेदन, २०२४ अनुसार एक सय ४३ देशहरुमध्ये खुुसीको सूचाङ्कमा नेपालले ९३ औँ स्थान प्राप्त गरेको हो । प्रतिवेदन अनुसार सूचीको पहिलो स्थानमा फिनल्याण्ड छ । फिनल्याण्ड लगातार सात वर्षदेखि शीर्ष स्थानमा रहँदै आएको छ । फिनल्याण्डपछि प्रमुख दशमा...
पार्टीको परीक्षामा उत्तीर्ण हुनेलाई मात्रै टिकट दिइनेछ : अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनता र पार्टीको काममा सक्रिय व्यक्तिलाई मात्र पार्टीले उम्मेदवार बनाउने स्पष्ट पारेका छन । एमाले बागमती प्रदेशले मध्यपुरथिमि बोडेस्थित कृषि विकास बैंकको तालिम हलमा आयोजना गरेको बागमति प्रदेशस्तरीय जनप्रतिनिधिहरुको प्रशिक्षणमा अध्यक्ष ओलीले अब पार्टी सदयताकै आधार बनाएर टिकट नदिइने स्पष्ट पारेका हुन । पार्टी सदस्यता लिएको यति वर्ष भयो...
यो समीकरण मेरो प्रधानमन्त्री पदका कारणले बनेको होइन : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ समीकरण प्रधानमन्त्रीका रूपमा आफ्नो पदका कारणले नबनेको स्पष्ट पारेका छन । सरकारमा सहभागी पाँच राजनीतिक दलको ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’ सार्वजनिक गर्न आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले समृद्धिको यात्रामा जानुपर्छ भन्ने उद्देश्यका साथ नयाँ समीकरण बनेको स्पष्ट पारेका हुन । “जनतामा सुशासन र समृद्धिको आकाङ्क्षालाई तीव्रताका साथ गुणात्मक तवरले सम्बोधन...
लुम्बिनीमा ‘समृद्धिका लागि विश्व शान्ति’ सम्मेलन हुँदै
बुद्ध जन्मस्थल लुम्बिनीमा ‘समृद्धिका लागि विश्व शान्ति’ विषयमा अन्तर्राष्ट्रिय कन्क्लेभ हुने भएको छ । यही चैत ८ र ९ गतेसम्म हुने कार्यक्रममा नेपालमा राजदुतावास नभएका तर नेपाललाई प्रतिनिधित्व गर्ने विभिन्न १८ देशका राजदूत तथा प्रतिनिधि, नेपालका लागि विभिन्न देशका अवैतनिक वाणिज्यदूत, परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, परराष्ट्र तथा सम्पदा विज्ञलगायतको उपस्थिति रहनेछ । सम्मेलन परराष्ट्र मन्त्रालय...
पचहत्तर जना असल बुहारी सम्मानित
सन्धिखर्क नगरपालिकाले ७५ जनालाई असल बुहारीका रुपमा सम्मान गरेको छ । नगरपालिकाका १२ वटै वडामा ९० वर्षभन्दा बढी उमेरका वृद्धवृद्धालाई राम्रोसँग पालनपोषण गरेको भन्दै नगरपालिकालाई ती बुहारीहरुलाई सम्मान गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले जानकारी दिएका छन । उपप्रमुख असल बुहारी सम्मान कार्यक्रम अन्तर्गत उनिहरुलाई सम्मान गरिएको नगर उपप्रमुख मिश्रा आचार्यको भनाइ छ ।...
नर्स हत्या प्रकरण : आरोपित युवा मृत फेला
मोरङको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स २५ वर्षीया चन्द्रिकाकुमारी दासको हत्यामा संलग्न आरोपित युवा मृत फेला परेका छन् । दासको हत्या गरेको आरोप लागेका सिरहाको लहान नगरपालिका–२१ का २३ वर्षीय शिवशङ्कर दास विराटनगर महानगरपालिका–४ स्थित होटल फाइन एण्ड लजमा आइतबार राति मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी...
कांग्रेस अब बलियो प्रतिपक्षः महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांगेस अब संसद्मा बलियो प्रतिपक्षको भूमिकामा रहने बताएका छन । नेपाली कांग्रेस कास्कीका कार्यकर्तालाई पोखरामा सम्बोधन गर्दै नेता थापाले नेकपा माओवादी केन्द्र गठबन्धनबाट बाहिरिए पनि कांग्रेसले दुःख मनाउ नगरेको बताउँदै आगामी २०८४ को निर्वाचन गर्ने जिम्मेवारी कांग्रेसकै काँधमा आउने दाबी गरेका छन ।“जनताप्रति सरकारलाई जवाफदेही बनाउन कांग्रेसले आफ्नो भूमिका संसद्मा...
विवेकशील साझा पार्टीका अध्यक्षसहित नौजना प्रहरी नियन्त्रणमा
विवेकशील साझा पार्टीका अध्यक्ष समीक्षा बाँस्कोटा, महासचिव रञ्जु दर्शनासहित नौजना पक्राउ परेका छन् । माइतीघरमण्डला र आसपासको क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको विरोधमा प्रदर्शन गर्न पुगेका उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीले राससलाई जानकारी दिएका छन । प्रवक्ता अधिकारीले भने, “माइतीघरलाई निषेधित क्षेत्र तोकिएको विरोध प्रदर्शन गर्न पुगेका नौ जनालाई नियन्त्रणमा लिइएको...