देश

सुरक्षा
गृहमन्त्रीलाई गगन थापाको प्रश्न– काठमाडौंमा एक्लै हिँड्न नपाइने हो ? कोही जलाउने भन्छ, कोही खुकुरी हान्छ
काठमाडौं– प्रतिनिधिसभा सदस्य एवं कांग्रेस महामन्त्री गगनकुमार थापाले पार्टीका सह–महामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमण छानबिन गर्न माग गरेका छन्। बुधबार यादवमाथि काठमाडौंको भृकुटीमण्डमा खुकुरी प्रहार भएको थियो। आजको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद थापाले भने, ‘मैले हिजो चिकित्सकलाई गएर भेटें। चिकित्सकका अनुसार उहाँ भाग्यले बाँच्नुभएको छ, आक्रमण गर्ने मान्छे पक्राउ परेको छ। तर एउटा सन्काहाले...
डेंगु संक्रमणबाट काठमाडौं महानगरका वडाध्यक्ष रिजालको निधन
काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । डेंगु संक्रमणपछि ग्राण्डी अस्पतालमा भर्ना भएका उनको बिहीबार बिहान उपचारका क्रममा निधन भएको वडासचिव प्रकाश खड्काले पुष्टि गरे । रिजाल काठमाडौं कांग्रेस क्षेत्र नम्बर ७ क्षेत्रीय सभापति समेत हुन् । रिजाल गत स्थानीय तह निर्वाचनमा नेकपा एमालेका लक्ष्मीरत्न तुलाधरलाई पराजित गर्दै वडाध्यक्षमा...
कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि रिपोर्टस् क्लबबाट बाहिरिँदै गर्दा खुकुरी प्रहार
काठमाडौं- नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको आईसीयूमा राखेर उपचार भइरहेको राष्ट्रिय ट्रमा सेन्टरले जनाएको छ। ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डा बद्री रिजालले एक विज्ञप्ति जारी गर्दै चिकित्सकको निगरानीमा आईसीयूमा उपचार भइरहेको बताएका छन्। उनको टाउकोको पछिल्लो भाग तथा गर्धनमा धारिलो हतियार प्रयोग भएकाले त्यसका कारण गहिरो घाउ भई रक्तश्राव भएको उनले बताएका छन्। न्युरोसर्जरी/अर्थोपेडिक...
सुन तस्करी प्रकरणमा सीआईबीको सोधपुछ जारी
सुन तस्करी प्रकरणमा प्रहरीले गर्यो, पूर्वउपराष्ट्रपतिका छोरासँग सोधपुछ
काठमाडौ । सुन तस्करी प्रकरणमा संलग्न देखिएकाहरुलाई नेपाल प्रहरीको सीआईबीले सोधपुछ तथा अनुसन्धान जारी राखेको छ । केहीदिन अघि पूर्व सभामुख तथा माओवादी नेता कृष्णबहादुर महराका छोरा राहुल महरालाई अनुसन्धानका लागि सोधपुछ गरेको थियो । यसैक्रममा सुन तस्करी प्रकरणमा संलग्न गिरोहसँग सम्पर्क रहेको देखिएपछि सीआईबीले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनसँग सोधपुछ गरेको छ ।...
एक्लै निर्वाचन लड्ने कांग्रेस बनाउँछौं: महामन्त्री थापा
बागलुङ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आगामी निर्वाचनहरु कांग्रेस एक्लै लड्ने बनाउने बताएका छन् । उनले सबै खालका निर्वाचन हारेपनि कांग्रेस एकलै निर्वाचनमा जानबाट नडराउने समेत बताएका छन् । नेपाली कांग्रेसको बागलुङ क्षेत्र नं. १ को क्षेत्रीय सम्मेलनको मंगलबार उद्घाटन गर्दै थापाले निर्वाचन अघि गरिएको गठबन्धनले कार्यकर्ताको साख गिरेको बताएका छन् । ‘जीवनभर...
प्रचण्डले खोजे ओलीको साथ
 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । भेटवार्तामा संसद्मा विचाराधीन मनी लाउन्डिङ विधेयक र बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (टीआरसी) विधेयकमा प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीसँग सहयोग मागेको बताइएको छ । एमाले सचेतक महेश बर्तौलाका अनुसार अध्यक्ष ओलीले संसद्बाट विधेय पारित हुनुपर्छ भन्नेमा...
सांस्कृतिक सम्पदा संरक्षणका लागि अमेरिकी दूतावासको आर्थिक सहयोग
नेपालस्थित अमेरिकी दूतावासले नेपालका साँस्कृतिक महत्वका स्थानहरुको स्तर उन्नतीका लागि ४.५ मिलियन डलर सहयोग गरेको छ । अमेरिकी दूतावास काठमाण्डौंले सामाजिक संजाल मार्फत नेपालभरका २६ स्थानका साँस्कृतिक महत्वका स्थलहरुको संरक्षणका लागि आर्थिक सहयोग गरेको जानकारी दिएको छ । दूतावासले भनेको छ, विगत २० वर्षमा, अमेरिकी राजदूत सांस्कृतिक कोषले सुरूवाती परियोजनाहरू (हनुमानढोकाको काल भैरव, पाटनको अष्टभुज...
तीन दिन भव्यतापूर्वक संविधान दिवस मनाईने
काठमाडौं । नेपाल सरकारले असोज २, ३ र ४ गते, तीन दिन भब्यता पूर्वक संविधान दिवस मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको संविधान दिवस मूलसमारोह समितिको बैठकले संविधान दिवस भव्यताका साथ मनाउने निर्णय गरेको हो । कार्यक्रमअन्तर्गत असोज २ गते विशेष संवाद, जनचेतनामूलक कार्यक्रम, संविधान दिवस विशेषाङ्क प्रकाशन, अन्तरक्रिया, दीपावली लगायतका...
एमसीसी कार्यान्वयनमा नेपाल अघि बढिरहेको देख्दा खुसी छौं-अमेरिकी सिनेटर क्रिस
काठमाडौं । नेपाल भ्रमणमा रहेका अमेरिकी सिनेटर क्रिस भ्यान होलेनले राजनीतिक भेटघाटलाई तिव्र पारेका छन् । सिनेटर क्रिसले भेटका क्रममा नेपालमा एमसीसी कार्यन्वयमा आएको खुसी समेत व्यक्त गरेका छन । यसैक्रममा उनले आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका छन् । भेटका क्रममा सिनेटर होलेनले नेपालको शान्ति प्रक्रियाका विषयमा चासो व्यक्त गरेका छन्। ओलीसँगको...
रुपान्तरण महाअभियानले माओवादी ट्रयाकमा आउँछः प्रचण्ड
प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘जनतासँग माओवादी बिशेष रुपान्तरण’ महाअभियान पार्टीले बिराएको बाटो ट्रयाकमा ल्याउन सफल हुने विश्वास व्यक्त गरेका छन् । शनिबार चन्द्रगिरिमा जनतासँग माओवादी बिशेष रुपान्तरण महाअभियानलाई सम्बोधन गर्दै उनले बीचमा पार्टीले बाटो बिराएको र जनतासँग सम्बन्ध कमजोर भएको जस्तो मशसुस भएको भन्दै त्यसलाई फेरि ट्रयाकमा ल्याउने उद्देश्यले महाअभियानको...
उत्तरको छिमेकी चीनलाई नेपालले भन्यो हाम्रो नक्साको चुच्चो खोई
काठमाडौं । नेपाल सरकारले छिमेकी देश सहित अन्य देशको नक्साको पूर्ण सम्मान गर्ने बताउँदै आफ्नो मुलुकको नक्साको समेत पूर्ण सम्मान गर्नुपर्ने बताएको छ । उत्तरको छिमेकी देश चीनले हालै जारी गरेको नक्सामा नेपालको चुच्चे नक्सा नसमेटिएपछि नेपाल सरकार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै अरु मुलुकको नक्साको सम्मान गर्न भनेको हो । हाम्रो नक्सालाई हाम्रा छिमेकी...
प्रधानमन्त्रीको चीन भ्रमणमा गण्डकीका ५ एजेण्डा समावेश गर्न पोखरेली अगुवाहरुको माग
पोखरा, १५ भदौ । पोखराका व्यावसायिक तथा सामाजिक संघ–संस्थाहरुले प्रधानमन्त्री प्रचण्डसँग पोखरा एयरपोर्टको लागि चीनले दिएको ऋणलाई अनुदानमा बदल्नको लागि पहल गर्न आग्रह गरेका छन् । सवै संघसंस्थाको तर्फबाट पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले हस्तान्तरण गरिएको ज्ञापनपत्रमा असोज ४ गतेदेखि हुने प्रधानमन्त्रीको चीन भ्रमणमा यो एजेण्डा समावेश गर्न माग गरिएको हो । यस्तै...