देश

प्रधानमन्त्री भ्रमणमा निस्कुन अघिको भेटवार्ता
काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल अमेरिका र चीन भ्रमणमा निस्कनुअघि बिभिन्न भेटघाटलाई जारी राखेका छन् । यसैबीच प्रधानमन्त्री दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच वर्तमान राजनीतिक छलफल गर्न भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच छलफल भएको हो। देउवा र दाहालका बीच अमेरिका भ्रमण र चीन भ्रमणका एजेण्डाका विषयमा छलफल भएको छ। प्रधानमन्त्री दाहालले...
मुलुकमा फेरि हिंसा रहित युद्धको आवश्यकता छ-प्रधानमन्त्री दाहाल
विराटनगर । १० बर्ष लामो युद्ध गरी शान्ति प्रकृया मार्फत मुलधारको राजनीतिमा आएका माओवादी अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो पटक हिंसारहित युद्धको आवश्यकता औंल्याउँदै आएका छन् । पछिल्ला दिनहरुमा पटक पटक उनले फेरी युद्धको आवश्यकता रहेको बताएका छन् । प्रधानमन्त्री दाहालले माजवादी मोर्चाको विराटनगरमा आयोजित कार्यक्रममा लाखौं जनता सडकमा उतार्ने उद्घोष गरेका हुन । उनले हिंसारहित...
कांग्रेस पार्टी कार्यलयमा बिपी महोत्सव जारी
नेपाली कांग्रेस केन्द्रीय समितिले बिपी कोइरालाको ११० औं जन्मजयन्तीका अवसरमा बिपी साहित्य महोत्सव सुरु गरेको छ। तीन दिन सम्म चल्ने महोत्सवको आइतबार सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका छन्। बिपी महोत्सवमा नेपाली कांग्रेसका नेता कार्यकर्ता देशभरबाट उपस्थित भएका छन् । कांग्रेसले यस महोत्सवले बिपीको विचारका बारेमा नयाँ पुस्ताले समेत जान्ने अवसर मिल्ने बताएको छ । आइतवार...
प्रचण्ड अराजक भइसके, अब सरकारको नेतृत्व देउवाले गर्नुपर्छः शेखर कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले काङ्ग्रेस सम्मिलित प्रचण्ड नेतृत्वको सरकार अराजक भएको बताएका छन् । डा.कोइरालाले नेपाल आर्थिक, सामाजिक, राजनीतिक र धार्मिक तथा कूटनीतिक सबै क्षेत्रमा संकटको डिलमा पुगेको भन्दै अब कांग्रेस नेतृत्वमा सरकार बन्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस चितवनको जिल्ला सम्मेलनलाई शनिवार भरतपुरमा सम्बोधन गर्दै डा.कोइरालाले कांग्रेसका ९ जना मन्त्री यो सरकारमा...
पूर्वराष्ट्रपति यादव वीर अस्पताल भर्ना, स्वास्थ्य अवस्था स्थिर
काठमाडौँ : पूर्वराष्ट्रपति रामवरण यादव स्वास्थ्य उपचारका लागि वीर अस्पताल भर्ना भएका छन् । उच्च रक्तचाप, मधुमेह र ढाड दुख्ने समस्या देखिएपछि पूर्वराष्ट्रपति यादव आज वीर अस्पतालको भिआइपी कक्षमा भर्ना भएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्राडा भूपेन्द्रकुमार बस्नेतले जानकारी दिए । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पूर्वराष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे अस्पतालसँग जानकारी लिएका...
मानव तस्करी
अमेरिका बसेर नेपालमा मानव तस्करी गर्ने हस्त पक्राउ
नेपालमा मानव तस्करीको धन्दा चलाउँदै आएका नेपाली मूलका अमेरिकी नागरिक हस्त गौतमलाई  १८ बर्षपछि प्रहरीले समाउन सफल भएको छ । गत बुधबार मानव बेचबिखन अनुसन्धान ब्युरोले भारत हुँदै नेपाल आउने क्रममा उनलाई भैरहवाबाट पक्राउ गरेको हो। रुकुम पूर्वको सिस्ने स्यालापाखाका ५२ वर्षीय गौतम सामान्य तरिकाले हिँडडुल गर्न सक्दैनन् । हिँडडुल गर्न ह्वेलचेयर चाहिने गाैतमले अपराधिक...
दोस्रो अन्तर्राष्ट्रिय उडान
पोखरा आउँदा ३ यात्रु ल्याएको ड्रुक एअरको जहाज ४२ यात्रु लिएर भुटान फर्कियो
पाेखरा । भुटानको पारो विमानस्थलबाट ३ जना यात्रु लिएर उडेको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड भयो । बिहान ५ः५५ बजे उडेको ड्रुक एअरको जहाज ६ः४० मा पोखरामा ल्यान्ड भएको हो । सोही जहाज पोखरा विमानस्थलबाट जहाज ४२ अमेरिकी पर्यटक बोकेर ८ः१५ मा भुटानको थिम्पु फर्किएको विमानस्थल प्रमुख देवेन्द्रलाल कर्णले जानकारी दिए । ‘भुटानबाट आएर पोखरा...
बाँके बस दुर्घटना: मृतकको संख्या ७ पुग्यो
नेपालगन्ज — बाँकेको शमशेरगन्जस्थित जंगलमा रोकिराखेको ट्रकसँग बस ठोक्किँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ । दुर्घटनामा दर्जन बढी सख्त घाइते भएका छन् । बिग्रिएर मर्मतका लागि रोकिराखेको ना ८ ख ६४०५ ट्रकलाई ना ७ ख २३२१ नम्बरको बसले ठक्कर दिन पुग्दा बस सवार ७ जनाको मृत्यु भएको कोहलपुरका डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।...
राष्ट्रसंघको ७८ औं महासभा
राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री दाहाल अमेरिका आउँदै
अमेरिका । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भदौ ३० गते अमेरिका आउँदै छन् । भदौ १९ गतेदेखि सुरू भएको, महासभाको ७८ औं सभालाई सम्बोधन गर्न प्रधानमन्त्री दाहाल अमेरिका आउन लागेका हुन् । प्रधानमन्त्री दाहालले असोज ४ गते नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री दाहालको टोलीमा २४ सदस्य छन् ।...
प्रधानमन्त्रीमा देउवाको विकल्प छैन – कांग्रेस नेता शेखर कोइराला
काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्रीमा सभापति देउवाको विकल्प नभएको बताएका छन् । कांग्रेस नेतृत्वको सरकार बनाउनुपर्ने बताउँदै आएका कोइरालाले शुक्रबार दिउँसो नयाँ बानेश्वरको एउटा रेस्टुरेन्टमा कांग्रेस बिटमा रिपोर्टिङ गर्ने पत्रकारसँगको अन्तर्क्रियामा प्रधानमन्त्री भने देउवा बन्ने जिकिर गरे । ‘नेपाली कांग्रेस लोकतन्त्रमा विश्वास गर्छ । लोकतान्त्रिक पद्धतिबाट अगाडि जान्छ । त्यसमा हाम्रो संसदीय दल...
ढोरपाटनका मेयर देवकुमार नेपालीविरुद्ध ‘रेडकर्नर नोटिस’ जारी
बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली साढे तीन महिनादेखि सम्पर्कविहीन छन् । सहकारीका वचतकर्ताको डेढ अर्ब भन्दा बढी रकम लिई फरार नेपालीविरुद्ध रेडकर्नर नोटिस जारी भएको छ। खोजविन गर्दा पनि उनी पक्राउ नपरेपछि रेडकर्नर नोटिस जारी गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी मदन केसीले वताए । विदेशमा लुकेर वसेको आशंकामा प्रहरी प्रधान कार्यालय इन्टरपोल महाशाखाले...
सैन्य अभ्यासका लागि अमेरिकी सेना नेपालमा
काठमाडौं । अमेरिकी सेनाको एउटा टोली काठमाडौं आइपुगेको छ। अमेरिकी वायु सेवा निगमको विशेष जहाजबाट नेपाली सेना सँगको सैन्य अभ्यासमा सहभागी हुन अमेरिकी सेनाको टोली काठमाडौं आइपुगेको हो । नेपाली सेना र अमेरिकी सेनाबीच भदौ २४ देखि असोज १२ गतेसम्म काठमाडौंमा संयुक्त सैन्य अभ्यास हुँदैछ। संयुक्त सैन्य अभ्यास विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायतालगायतका...