देश

‘नागरिकता विधेयक प्रमाणीकरण गर्न पाउँदा खुसी छु’: राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता लिनबाट वञ्चित नेपाली बाबु-आमाका सन्तानलाई सम्मानित नागरिक बनाउने नागरिकता विधेयकको प्रमाणीकरण गर्ने अवसर पाउनु आफ्ना लागि अविस्मरणीय रहेको बताएका छन् । जनकपुरमा सोमबार आयोजित नागरिक अभिनन्दन तथा महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रको भवन उद्घाटन समारोहमा बोल्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन् । ‘देशको कुनै जायज नागरिक नागरिकताविहीन नरहून् र...
शिक्षक राजनीतिमा आउने हो भने पेशाबाट अलग हुनुपर्छ, पार्टी सदस्य बनाउन हुन्न: महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षकलाई पार्टी सदस्य बनाउन नहुने बताएका छन्। यसबारेमा पार्टी र शिक्षकहरू पनि प्रष्ट हुनुपर्ने उनले सोमबारको केन्द्रीय समिति बैठकमा बताएका हुन्। कांग्रेसको महाधिवेशनमा शिक्षक सहभागी भएको विषयमा अदालतबाट पनि प्रश्न उठेकोले यसबारे अब निर्णय लिनुपर्ने बेला आएको थापाले बताएका हुन्। कुनै शिक्षक राजनीतिमा आउने हो भने पेशाबाट अलग हुनुपर्ने थापाको...
कांग्रेस संस्थापनइतर समूहले गरे तरूण भेला
नेपाली कांग्रेसको संस्थापनइतर समूहले तरूण भेला गरेका छन्। काठमाडौंको बत्तिसपुतलीमा सोमबार तरूण भेला भएको हो। भेलामा सहभागी निरन्जन थापाका अनुसार तरूण दलबारे आन्तरिक छलफल र आगामी रणनीतिबारे कुराकानी गरिएको बताए। भेलाले तरूण दल केन्द्रीय कार्यालयमा संस्थापक अध्यक्ष सिंहध्वज खड्काको फोटो राख्न पनि माग गरेको छ। उनीहरूले नेता शेखर कोइराला-महामन्त्री गगन थापा समूह एक भएर अघि बढ्नुपर्नेसमेत...
चिनियाँ व्यवसायीहरूलाई नेपालमा लगानी बढाउन प्रधानमन्त्री दाहालको आग्रह
साताव्यापी चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा लगानी गर्नका लागि त्यहाँका ब्यापारीहरुसँग आग्रह गरेका छन् । नेपाल-चाइना बिजनेस समिटलाई सम्बोधन गर्दै, प्रधानमन्त्री दाहालले लगानी गर्न उपयुक्त मुलुक भएको भन्दै चिनियाँ व्यवसायीहरूलाई नेपालमा लगानी बढाउन आग्रह गरेका हुन्। प्रधानमन्त्री दाहालले जलविद्युत, कृषि, पर्यटन र यातायात क्षेत्रमा लगानी गर्न नेपालमा अपार संभावना भएको बताउँदै उनले...
पूर्वराजा ज्ञानेन्द्र भक्तपुरमा, हजारौंले गरे स्वागत [तस्वीरहरू]
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भक्तपुरस्थित तलेजु भवानीको दर्शन गरेका छन् । आईतवार अपराह्न उनले तलेजु भवानीको दर्शन गर्नुका साथै भक्तपुर दरबार क्षेत्रको अवलोकन गरेका हुन् । भक्तपुरवासीको निमन्त्रणामा दरबार क्षेत्र पुगेका पूर्वराजा शाहलाई भक्तपुरका स्थानीयले भव्य स्वागत गरेका थिए । पूर्व राजा ज्ञानेन्द्रलाई स्थानीयले झाँकीसहित नाराबाजी गर्दै स्वागत र सम्मान गरेका थिए । उनको...
७८ औं महासभा बैठक
राष्ट्रसंघमा प्रधानमन्त्री दाहालको सम्बोधन
७८ औं महासभा बैठकलाई सम्बोधन गर्न अमेरिका आएका प्रधानमन्त्री पुष्पकमल दाहालले उच्च स्तरीय छलफल (हाइलेबल मिटिङ)लाई सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले राष्ट्रसंघले दिएको बिषय भित्र केन्द्रित रहेर नेपालको धारणा अन्तर्राष्ट्रिय फोरममा राखेका हुन् । प्रधानमन्त्री दाहालले जलवायु परिर्वतन र दिगो बिकास लक्ष्यमा केन्द्रित रहेर धारणा राखेका छन् । उनले विश्वभर विश्वव्यापी विश्वासको...
सरकार र शिक्षकबीच सात बुँदे सहमति, आन्दोलन फिर्ता (सहमति बुँदासहित)
सरकार र आन्दोलनरत शिक्षकबीच सहमति भएको छ । शिक्षकहरूले उठाएका मागहरूलाई संसदबाटै पूरा गर्ने गरी सहमति भएपछि शिक्षकहरुले आन्दोलन पनि फिर्ता लिने सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । सहमतिमा राहत शिक्षकहरूले भने असहमति जनाएका छन् । राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले यो सहमति केही महासंघका प्रतिनिधि र सरकारबीच भएको तर...
पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटना प्रतिवेदन सरकारलाई बुझाईयो
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै आठ महिनाअघि भएको यति एयरलायन्सको जहाज दुर्घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले बिहीबार प्रतिवेदन बुझाएको छ । आयोगका सदस्यसचिव बुद्धिसागर लामिछानेका अनुसार, २०७९ माघ १ गते काठमाडौंबाट पोखराका लागि उडेको विमान दुर्घटनाबारे विस्तृत जाँचबुझ गरी बनाइएको अन्तिम प्रतिवेदनको मस्यौदा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई बुझाइएको छ । लामिछानेले जहाज...
सर्लाही सदरमुकाम मलंगवामा अनिश्चितकालीन कर्फ्यू जारी
जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलंगवामा अनिश्चितकालीन कर्फ्यू जारी गरेको छ । गणेशको मूर्ति सेलाउन जाने क्रममा दुई समुदायबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन बिहिवार राती १० बजेदेखी लागु हुनेगरी अनिश्चितकालीन कर्फयु जारी गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन् । साँझ भएको झडपमा आधा दर्जन घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन...
शिक्षक र सरकारबीचको वार्ता निष्कर्षविहीन
काठमाडौं- सरकार र आन्दोलनरत शिक्षक महासंघबीचको वार्ता निष्कर्षविहीन भएको छ। बिहीबार साँझ सिंहदरबारस्थित गृह मन्त्रालय भएको सरकार र महासंघबीचको वार्ता निष्कर्षविहीन भएको हो। नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विष्णुप्रसाद भण्डारीका अनुसार शुक्रबार बिहान ९ बजे औपचारिक रूपमा छलफल गर्ने सहमतिमा आजको बैठक सकिएको हो। वार्तामा सरकारका तर्फबाट उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री डा प्रकाशशरण...
शिक्षक आन्दोलित
शिक्षा विधेयक २०८०, खारेजीको माग
काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालय प्रधानाध्यापकहरूले शिक्षा विधेयक खारेजीको माग गर्दै आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् । काठमाण्डौं महानगरभित्रका प्रधानाध्यापकहरूले बुधबार संयुक्त विज्ञप्ति मार्फत शिक्षा विधेयकको बिरोध गर्दै आन्दोलनमा साथ दिने तर विद्यार्थीलाई पुग्ने शैक्षिक क्षतिको परिपूर्ति गर्ने प्रतिवद्धता जनाएका छन् । विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को खारेजीका लागि...
देउवालाई शेखरको चुनौति ‘सच्चिनुभएन, अब तपाइसँग भेटघाट र संवाद हुँदैन’
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई भेटेर असन्तुष्टि व्यक्त गरेका छन्। मंगलबार इतर समूहका नेताहरूसँग बैठक गरेका कोइरालले  आज सभापति देउवालाई भेटेर देउवालाई सचेत गराएका हुन्। मंगलबार बसेको आफ्नो समूहको बैठकबाट सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुने रणनीति बनाएलगत्तै कोइराला धुम्बाराही पुगेका हुन्। जहाँ उनीसहित उपसभापति धनराज गुरुङ र...